भारतिय अभिनेता ऋषि कपूरको बिहिवार विहान निधन भएको छ । उनको मृत्युको वारेमा अभिनेता अमिताभ बच्चनले ट्विट मार्फत् जानकारी दिएका हुन् ।
६७ बर्षिय ऋषि कपूर विगत केहि बर्ष देखि क्यान्सर रोगवाट ग्रस्त भएका थिए । अमेरिकाको न्यूयोर्कमा उपचार गरिरहेका कपूर गत बर्ष सन्चो भएपछि भारत फर्किएका थिए । मुम्बाईको एचएन रिलायंस अस्पतालमा उपचार भैरहेको बेला उनको मृत्यु भएको जनाइएको छ । चिकित्सकहरुका अनुसार उनको श्वासप्रश्वासमा समस्या देखिएको कारण बिहिवार विहान भारतिय समय अनुसार ५:२० बजे निधन भएको जनाइएको छ ।
बलिउड चलचित्र उद्योगको सम्मानित घरानामा सन् १९५२ मा जन्मिएका ऋषि कपूरले आफ्नै होम प्रडक्सनवाट निर्माण भएको श्री ४२० को गीतवाट चलचित्रमा अभिनय थालेका थिए । सन् १९७० मा आरके ब्यानरवाटै निर्माण भएको मेरा नाम जोक्करवाट भने उनको वास्तविक अभिनय यात्रा शुरु भएको थियो । त्यसपछि निर्माण भएका सैयौं चलचित्रमा कपूरले अभिनय गरेका थिए । ५१ वटा चलचित्रमा उनले एकल नायकको रुपमा अभिनय गरेका थिए भने ४१ वटा चलचित्रमा सह–नायकको रुपमा अभिनय गरेका थिए ।
तत्कालिन अभिनेत्री नितु सिंहसंग विवाह गरेका ऋषी कपूरलाई सन् २०१८ मा क्यान्सर रोग लागेको थियो । न्यूयोर्कमा उपचार गरेर सन्चो भएपछि उनी सन् २०१९ मा भारत आएका थिए । ऋषि र नितु कपूरमा दुई सन्तान रहेका छन् । जसमा रणवीर कपूर चलचित्र क्षेत्रमै रहेका छन् भने रिद्धिमा कपूर फेसन डिजाइरको रुपमा कार्यरत रहेकी छिन् ।