• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
बंगलादेशमा नेपालको उत्साह
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

हिमेशरत्न बज्राचार्य

बंगलादेशमा नेपालको उत्साह
चैत्र ७, २०७०
चिटगोङ
पारसको रवाफिलो व्यक्तित्व

ट्वान्टी-२० विश्वकप २०१४ सुरु हुनु ठीक अघि सहभागी प्रत्येक टिमले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले आयोजना गर्ने प्रिर-टुर्नामेन्ट मिडिया कनफ्रेन्समा भाग लिनुपर्छ। संयोग कस्तो रह्यो भने यस्तो कार्यक्रममा सबैभन्दा पहिले प्रस्तुत हुने पालो थियो नेपालको र नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मिडियासामु प्रस्तुत भए- कप्तान पारस खड्का।

भलै नेपालले पहिलोपल्ट विश्वकपजस्तो ठूलो प्रतियोगितामा भाग लिइरहेको थियो, भलै नेपाल अन्तर्राष्ट्रिय क्रिकेटका लागि ठूलो शक्ति होइन, तर प्रतियोगितामा नेपालको चुनौती कायम रहुन्जेल पारस मिडियाको आकर्षणमा रहे। उनको रवाफिलो व्यक्तित्वले विशेषतः बंगलादेशी मिडिया प्रभावित नभै रहन सकेन।

उनी जुन प्रकारले मिडियासामु आउँथे लाग्थ्यो, उनी जत्तिको आत्मविश्वासी खेलाडी कोही छैन। नेपाल बंगलादेश सम्मिलित प्रतियोगिताको पहिलो चरणको समूह 'ए' मा थियो। त्यसैले स्वाभाविक रूपमा बंगलादेशी मिडियाको रुचि नेपाली टिममाथि थियो। पहिलो खेलमा नेपालले हङकङलाई हराएपछि उक्त रुचि अझ बढेको थियो।

पूरा बंगलादेशी मिडिया यी कप्तान कस्ता खेलाडी हुन्, उनले कहाँ-कहाँबाट खेले, व्यक्तिगत रूपमा कस्ता छन्, त्यही नै खोज्न व्यस्त रह्यो। त्यति मात्र होइन, बंगलादेशी मिडिया नेपाली टिमका सम्बन्धमा जान्न पनि उत्तिकै उत्सुक थियो र, त्यसकै परिणाम हो, पारसमाथि लगातार एकपछि अर्को प्रश्न। प्रिर-म्याच र पोस्ट-म्याच समेत गरेर, पारस कम्तीमा नौपल्ट मिडियाको अगाडि आए।

प्रत्येक अवसरमा बंगलादेशी मिडिया पारसमाथि हाबी हुन चाहथ्यो र प्रत्येकपल्ट पारस उल्टै मिडियामाथि हाबी भए। प्रत्येक अवसरमा स्थानीय मिडियाको प्रतिक्रिया हुन्थ्यो, जसरी पारस आफूलाई प्रस्तुत गर्छन्, त्यो कुनै टेस्ट टिमको कप्तानभन्दा कम थिएन। उनी प्रत्येकपल्ट तौलिएका शब्दका मद्दतले वजनदार उत्तर दिन्थे।

सुरुमै पारसले भने, 'हामी यहाँ नेपाली क्रिकेट कस्तो छ, त्यो देखाउन आएका हौं।' अभ्यासमा दुई खेल गुमाएपछि उनले भने, 'खेलमा जित हात त हुन्छ नै, तर हामी त्यसमै बढी केन्दि्रत हुनु ठीक होइन, सकारात्मक हुनुपर्छ।' हङकङलाई हराएपछि गर्विलो ढंगमा पारसले भने, 'यो जित सबै नेपालीका लागि हो, जसका लागि हामी क्रिकेट खेल्न प्रेरित हुन्छौं।'

अभ्यास खेलमा ब्याटिङको चिन्ता

'हो, हाम्रो टिममा ब्याटिङको समस्या छ,' कप्तान पारस खड्काले पनि माने। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल -आईसीसी) ले ट्वान्टी-२० विश्वकप २०१४ को पहिलो चरण सुरु हुनुअघि प्रत्येक टिमलाई दुई/दुई अभ्यास खेल खेलाएको थियो। नेपालले दुवै खेल गुमायो। दुबईमा भएका अघिल्ला दुई अभ्यास खेलमा राम्रो गरेको नेपालले बंगलादेश ओर्लिएयता राम्रो गर्न सकेन।

एक खेलमा नेपालले बहादुरीपूर्ण चुनौती पेस गर्न सक्यो, दोस्रो खेलमा भने नेपालले आत्मसमर्पण गरेको स्थिति थियो। नेपालले दुवै अभ्यास खेल खेल्ने अवसर पाएको थियो, ढाकाबाट केही टाढा रहेको नारायणगन्जको फतुल्लाहस्थित केएसओएएस क्रिकेट मैदानमा। नेपालको पहिलो प्रतिद्वन्द्वी थियो, टेस्ट मान्यता नपाएका टिममध्ये सर्वाधिक बलियो र शीर्ष स्थानको आयरल्यान्ड।

उक्त टिम वेस्ट इन्डिजका पूर्वखेलाडी फिल सिमोन्सको प्रशिक्षणमा छ। आयरल्यान्डले चाँडै टेस्ट मान्यता पाउने विश्वास छ। सिमोन्सको टिमविरुद्ध नेपालले ५ विकेटको हार सामना गर्‍यो। नेपालले पहिले ब्याटिङ गर्दै ७ विकेटमा १ सय ३७ रन बनायो। प्रत्युत्तरमा आयरल्यान्डले ५ विकेटमा १ सय ४१ रन बनायो। नेपालले आयरल्यान्डलाई खेलको एकाध मोडमा दबाबमा राख्न सफल भएको थियो।

यद्यपि त्यहीरूप युएईविरुद्ध भने देखिएन। नेपालले पहिले ब्याटिङ गरेको थियो र अन्तिम बलमा अलआउट हुनुअघि ९५ रन मात्र बनाउन सक्यो। युएईलाई जितसम्म पुग्न १६ दशमलव ३ ओभरको मात्र आवश्यकता परेको थियो। उक्त खेलमा नेपाल कुनै पनि बेला युएईलाई दबाबमा राख्न सक्ने स्थितिमा देखिएन्।

लगातार दुई हारपछि कप्तान पारस केही निराश देखिए, तर उनी टिमलाई उत्साहित राख्न चाहन्थे। उनको प्रतिक्रिया थियो, 'प्रत्येक खेलपछि हामीले त्यसमा रहेका सकारात्मक पक्ष पनि हेर्नुपर्ने हुन्छ। टिममा सुधार निश्चित रूपमा आवश्यक छ। मलाई पूरा विश्वास छ, हाम्रो टिम आवश्यक परेको बेला ठीक रूपमा प्रस्तुत हुन सक्षम छ।'

अन्त्यसम्म नेपालको सम्भावना

क्रिकेट पारखीहरूलाई डर थियो, कतै ट्वान्टी-२० विश्वकपमा डेब्यु गरिरहेको नेपाली राष्ट्रिय टिमको प्रदर्शन बंगलादेशमा दुर्भाग्यपूर्ण त हुनेछैन, जस्तो न्युजिल्यान्डमा भएको वान डे छनोटमा भएको थियो। कप्तान पारस खड्काले लगातार दाबी गरिरहेका थिए, हाम्रा खेलाडी निणर्ायक मोडमा आफूले सक्दो प्रदर्शन गर्न सक्षम छन्। कम्तीमा नेपालको प्रदर्शन निराशाजनक रहेन, उनले भनेजस्तै।  

सुरुवाती दुई खेलमध्ये एकमा जित र अर्कोमा हार निकालेपछि नेपालको सम्भावना प्रतियोगिताको प्रारम्भिक चरण समूह 'ए' को अन्तिम समयसम्म कायम रह्यो। नेपालले पहिलो खेलमा हङकङलाई हरायो भने दोस्रोमा टेस्ट मान्यता प्राप्त बंगलादेशको हातबाट विकेटको हार बेहोर्‍यो। हङकङविरुद्धको जित प्रभावशाली थियो भने बंगलादेशविरुद्धको हार खरावै भने रहेन।

नेपालका तीन खेल

चिटगोङको जोहर अहमद चौधरी क्रिकेट मैदानमा थियो। नेपालको पहिलो खेल थियो, पुरानो र चिरपरिचित प्रतिद्वन्द्वी हङकङविरुद्ध र नेपाली टिमका लागि सबै अर्थमा सर्वाधिक महत्त्वको पनि। पहिलो खेलमै पराजित हुने हो भने प्रतियोगितामा चुनौती कायम राख्न कठिन हुने तय थियो।

नेपालसँग यो विश्वकपमा छनोट हुन निणर्ायक खेलमा हङकङलाई हराएको सम्झना पनि ताजै थियो। उक्त खेलमा नेपाल भाग्यमानी सावित भयो। खेलकुदमा बहादुरलाई मात्र भाग्यले साथ दिन्छ, नेपालको प्रदर्शन त्यस्तै रह्यो। नेपालले हङकङविरुद्ध अभ्यास खेलमा बेहोरेको लगातार दुई हारलाई बिर्साउने  जित रचेको थियो।

कप्तान पारस खड्कासहित नेपालका चार खेलाडीसँग यसअघि यही मैदानमा खेलेको अनुभव थियो। विश्वकपको उद्घाटन दिनको दोस्रो खेलका रूपमा सम्पन्न प्रतिस्पर्धामा नेपालले हङकङलाई ८० रनले पराजित गर्‍यो। यसको अर्थ विश्वकपमा सहभागी भएर पनि जितहीन रहने धेरै टिमको सूचीमा अब नेपाल रहने छैन। त्यसैले यो समग्र नेपाली खेलकुदमै ऐतिहासिक जित सावित भयो।

नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर १ सय ४९ रन बनायो। प्रत्युत्तर हङकङ १७ ओभरमा ६९ रनमा समेटियो। हङकङलाई पतनको बाटोमा पुर्‍याउन दुई स्पिन शक्ति गौचन र वसन्त रेग्मीले प्रमुख भूमिका खेले। दुवैले तीन/तीन विकेट लिए। शक्ति 'म्यान अफ द म्याच' पनि घोषित भए। नेपालको इनिङ्स पारस र उपकप्तान ज्ञानेन्द्र मल्लको ८० रनको साझेदारीमा आधारित थियो।

पारस ४१ रन बनाउन सफल भए भने ज्ञानेन्द्रले सर्वाधिक ४८ रन बनाए। बंगलादेशविरुद्धको खेल भने नेपालले ८ विकेटले गुमायो। नेपालले पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर १ सय २६ रन बनायो। प्रत्युत्तरमा बंगलादेशले १५ दशमलव ३ ओभर मात्र उपयोग गरेर १ सय ३२ रन जोड्यो। नेपाली बलरले प्रतिद्वन्द्वी ब्याट्सम्यानलाई समयमै पेभेलिएनको बाटो देखाउन सकेनन्।

त्यसको तुलनामा नेपाली ब्याट्सम्यानले राम्रो खेले र बंगलादेशी बलरलाई संयमित रहन बाध्य पारे। नेपालका लागि फेरि एकपल्ट कप्तान पारस खड्काले सर्वाधिक ४१ रन बनाए। उनले शरद भेषवाकरसँग मिलेर चौथो विकेटका लागि ८५ रनको साझेदारी गरे। सुरुवाती दुई खेलमा नेपाली प्रशिक्षक पुबुदु दसानायके खुसी देखिए। उनले भने, 'यी दुई खेलको प्रदर्शनबाट म सन्तुष्ट छु।'

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik