• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
पूर्वभरि फुटबलै फुटबल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

माधव घिमिरे

पूर्वभरि फुटबलै फुटबल
पुस १०, २०७४

 

विभिन्न प्रतिष्ठित फुटबल प्रतियोगिता सञ्चालन भैरहेको पूर्वमा सर्वाधिक पुरस्कार राशिको अर्को एउटा प्रतियोगिता थपिएको छ । सुनसरीको इटहरीस्थित राष्ट्रिय जागृति क्लबको आयोजनामा पुसको दोस्रो सातादेखि अन्तर्राष्ट्रिय आमन्त्रण मदन भण्डारी मेमोरियल गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको उपाधि विजेताले ११ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यो प्रतियोगितामा विभागीय टिमहरू, ए डिभिजन क्लबहरूका साथै भारतका टिमसहित १० वटा टिमले प्रतिस्पर्धा गर्ने आयोजक क्लबले जनाएको छ ।

चर्चित टिमहरूको सहभागितामा सञ्चालन भैरहेका ठूला र प्रतिष्ठित प्रतियोगिताको आयोजनासँगै अहिले प्रदेश नम्बर १ फुटबलमय भैरहेको छ । अहिले यहाँ गाउँ, जिल्ला तथा क्षेत्रीयस्तरका प्रशस्तै प्रतियोगिता सञ्चालनमा छन् । 

सुनसरीको दुहबीमा गत शनिबार दोस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भयो, जसमा मनाङ मस्र्याङ्दी क्लबले विभागीय टिम नेपाल आर्मी क्लबलाई २–१ गोल अन्तरले पछि पार्दै उपाधि हात पार्‍यो । उपाधिसँगै मनाङले ४ लाख रुपैयाँ प्राप्त गर्‍यो । उपबिजेता टिम नेपाल आर्मी क्लबले भने २ लाख रुपैयाँमा चित्त बुझायो ।

झापाको काँकडभिट्टामा मंसिरको दोस्रो साता मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल सम्पन्न भएको छ, जसको उपाधि विभागीय टिम नेपाल आर्मी क्लबले जितेको थियो । आर्मीले मनाङ–मस्र्याङदी क्लबलाई टाइब्रेकरमा ३–२ ले हराएको थियो ।

झापाकै झिलझिलेमा सताक्षी गोल्डकप सञ्चालन हुँदै आएको छ । यसपालिको सताक्षी गोल्डकपमा आर्मी नै च्याम्पियन भयो । यो प्रतियोगितामा पनि आर्मीले मनाङ–मस्र्याङदीलाई २–१ ले निरास पारेको थियो ।

ठूला प्रतियोगिताको तयारी

इलाममा बर्सेनि माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुन्छ । यसपटकको प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा छ । २०५४ मा भूकम्पपीडित स्मृति कपको नामबाट प्रारम्भ भएको यो प्रतियोगिता बीचमा अवरुद्ध भएको थियो । यो प्रतियोगितामा विभागीय टिम तथा ए डिभिजनका सबैजसो टिमका साथै भारतको सिक्किम, भुटान तथा बंगलादेशका टिम समेत सहभागी हुने गरेका छन् ।

वि.सं. १९९० ताका सुरु भएको फुटबल खेल इलामका लागि अचेल पर्वजत्तिकै भएको छ । उतिबेला राणा शासकहरूले यो खेललाई इलाम भित्राएका थिए । इलाममा तत्कालीन बडाहाकिम महावीर शमशेरका नाममा स्थापित महावीर सिल्ड, कमल सिल्ड, ज्ञानीराम सिल्ड हुँदै भूकम्पपीडित कप फुटबल प्रतियोगितासम्म सञ्चालन भएको इतिहास छ । 

विराटनगरमा सञ्चालन हुँदै आएको विराट गोल्डकप भने अन्योलमा छ । २०१८ सालदेखि महेन्द्र गोल्डकपका नाममा आयोजित हुँदै आएको यो प्रतियोगितालाई विराट गोल्डकप ट्रस्टमा परिणत गरेर दुई वर्षअघि देखि पुन: प्रतियोगिता सञ्चालन गर्न थालिएको थियो । यो प्रतियोगिताको विजेतालाई ५ लाख १ हजार रुपैयाँ तथा उपविजेतालाई ३ लाख १ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

पूर्वको अर्को प्रतिष्ठित प्रतियोगिता धरानमा हुने बूढासुब्बा गोल्डकप हो । यो प्रतियोगिता आयोजना गर्न विभिन्न प्रायोजकका साथै विदेशमा बस्ने धरानबासीले सहयोग पुर्‍याउँदै आएका छन् । ताप्लेजुङमा कञ्चनजंघा च्यालेन्ज कप, पाँचथरमा फाल्गुनन्द गोल्डकप, सुनसरीमा भरौल गोल्डकप, उदयपुरमा उदयपुर गोल्डकप सञ्चालन हुने गरेको छ । सुनसरीमै क्षेत्रीयस्तरको भुटाहा गोल्डकप तथा धनकुटामा सहिद भीमनारायण गोल्डकप सञ्चालन हुँदै आएको छ ।

यसैगरी मदन आश्रित गोल्डकप–मोरङ, राराकप–धनकुटा, भलुवा गोल्डकप–सुनसरी, बराह गोल्डकप, सुरुंगा गोल्डकप, दमक गोल्डकप, डुम्राहा गोल्डकप, दुहबी गोल्डकप, नारदमुनि थुलुङ गोल्डकपजस्ता क्षेत्रीय तथा चर्चित प्रतियोगिता नियमित रूपमा आयोजित भैरहेका छन् ।

कसरी हुन्छ आयोजना ?

धरानको बूढासुब्बा, इलामको माई भ्यालीलगायत अन्य कतिपय प्रतियोगितालाई गोर्खा ब्रुअरीले प्रायोजित गर्दै आएको छ । विराटनगरकै उत्पादन रमपम चाउचाउ झापा गोल्डकप, दुहबी गोल्डकप, उदयपुर गोल्डकप लगायत धेरै प्रतियोगितासँग जोडिएको छ । 

आफ्नो जिल्ला/जन्मथलोमा हुने प्रतियोगिताका लागि विदेशमा रहेका नेपालीहरूले पनि रकम संकलन गरेर पठाउने गरेका छन् । मलेसियामा रहेका इलामका बुद्धिमान राईसहितको समूहले गत वर्ष माई भ्याली गोल्डकपका लागि रकम संकलन गरेर पठाएको थियो । यसपटक पनि सहयोग संकलनको तयारी भैरहेको राई बताउँछन् । यसैगरी धरानमा सञ्चालन हुने बूढासुब्बा गोल्डकपका लागि हङकङ, सिंगापुर, बेलायत आदि मुलुकमा रहेका धरानेहरूले सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik