• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
विश्वकपमा रूसी हुल्याहाको डर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

एजेन्सी

विश्वकपमा रूसी हुल्याहाको डर
जेष्ठ २९, २०७५

यसपटकको विश्वकप–२०१८ मा मैदानको प्रतिस्पर्धालाई छाडेर अरू केहीको बढी चर्चा हुनेछ भने त्यो हो, रूसी फुटबल हुल्याहाहरूको । डर छ, कतै फुटबलका यी उपद्रवीहरूले पूरा विश्वकपको मज्जा नै धूलिसात पार्ने त होइनन् ? खासमा यो चिन्ता रूसी सरकारलाई छ । अझ भनौं यो चिन्ता राष्ट्रपति भाल्दिमिर पुटिनलाई बढी छ ।

प्रतियोगिता सुरु हुन एक महिना भन्दा कम समय रहेको स्थितिमा यसको सफलता सबैभन्दा बढी हुल्याहाहरूलाई कसरी नियन्त्रणमा लिइनेछ, भन्ने कुरामा भर पर्नेछ । 

रूसी फुटबल हुल्याहाहरूको चर्चा सन् २०१६ को युरोमा भएको थियो, जति बेला फ्रान्समा प्रतियोगिता चलिरहेको थियो । त्यति बेला मार्से सहरमा केही रूसी हुल्याहाले इंग्लिस समर्थकहरूमाथि घातक हमला गरे । त्यस क्रममा दुई इंग्लिस समर्थक नराम्रोसँग घाइते पनि भए । यस्तोमा पश्चिमेली मिडियाले भन्न थाले, यिनीहरू त भूमिगत फुटबल गिरोहका खास अगुवा हुन्, यिनीहरूलाई फुटबल हिंसाको ‘जार’ भने हुन्छ । 

जति बेला रूसलाई विश्वकप आयोजनाको जिम्मा दिइएको थियो, त्यति बेला उक्त निर्णय निकै विवादास्पद भएको थियो । रूसले विश्वकप आयोजनाको अवसर प्राप्त गर्न घूस दिएको आरोप पनि लागेको थियो । त्यति बेला धेरैको खास चिन्ता थियो, रूसी फुटबलको सबैभन्दा ठूलो समस्या हिंसा हो, जति बेलासम्म यसको ठोस समाधान हुँदैन, रूसलाई विश्वकप आयोजना गर्ने अधिकार दिनु बेकार छ । जति बेला साँच्चै विश्वकप सुरु हुन लागेको छ, यो अझै उत्तिकै चिन्ताको विषय भएको छ । त्यसैले जति पनि विदेशी समर्थक विश्वकपका लागि रूस जान लागेका छन्, उनीहरूलाई भन्न थालिएको छ— रूसी हुल्याहाहरूसँग सतर्क रहनु । यिनीहरू मर्न र मार्नसम्म पछि पर्दैनन् । सन् ७० को दशकमा यस्तै हुल्याहा समर्थकको समस्या इंग्लिस फुटबलमा थियो ।

 अहिले इंग्ल्यान्डमा यो समस्या छैन, तर त्योभन्दा चर्को स्थिति रूसमा छ । यो समस्या सुरु भएको पनि धेरै भैसकेको छ, तर समाधान निकै गाह्रो देखिएको छ । तत्कालीन सोभियत संघको विघटनसँगै रूसमा फुटबल हुल्याहाहरूको समस्या सुरु भएको हो । यो एकाध व्यक्तिले गर्ने हिंसा नभएर धेरै जना मिलेर संगठित रूपमा गर्ने हुँदा ठूलो समस्या भएको हो । सोभियत संघको विघटनपछि रूसमा धेरै युवाहरू बेरोजगार भए । त्यसमाथि अधिकांश युवा गरिब परिवारका छन् । 

साम्यवादी सोभियत संघमा ती युवाले विशेषत: बक्सिङ र कुस्ती जस्ता खेल भने मज्जाले सिक्ने अवसर पाएका थिए । पछि यिनीहरू नै हुल्याहा फुटबल समर्थक भएर निस्किए । उनीहरूको सबैभन्दा ठूलो समस्या हो, आफ्नो स्वेत नश्लप्रति चर्को गर्व । उनीहरू आफू जस्तै श्वेत नश्ल भएका बाहेक अरू कसैलाई राम्रो मान्दैनन् । अश्वेत नश्लविरुद्ध उनीहरू विना कारण आक्रमण गर्छन् । खासमा उनीहरू चर्को रंगभेदी हुन् । 

श्वेत नश्ल भए पनि प्रतिद्वन्द्वी टिमको समर्थक हो भने त्यसमा उनीहरूलाई मतलब हुँदैन । सुरुमा सेन्ट पिटर्सबर्गमा यस्तो समूह देखिएको थियो, पछि पूरा रूसमा फैलियो । यी समर्थक पछिल्लो समय नाजी हिटलरका समर्थकका रूपमा पनि निस्किएका छन् । यिनीहरूको आ–आफ्नो समूह हुन्छ । त्यसका नाइके पनि हुन्छन् । उनीहरू खास–खास समय भुमिगत रूपमा भेटघाट गर्छन् र कसरी उपद्रो मच्चाउने त्यसको योजना तयार पार्छन् । 

यिनीहरूसँग सातातिना हतियार पनि छ र त्यसलाई चलाउन उनीहरूले तालिमसमेत लिएका हुन्छन् । पुटिनले आठ वर्षअघि नै पहिलो पटक यी हुल्याहालाई रोक्ने प्रयास गरेका थिए, तर पछि गएर उनी यसमा गम्भीर भएनन् । केहीले त पुटिन स्वंय यस्ता हुल्याहाप्रति नरम दृष्टिकोण राख्छन् भन्ने आरोपसमेत लगाएका छन् । 

पश्चिमेली विश्लेषकहरूको अनुमान छ, पुटिनले सम्भवत: विश्वकपका क्रममा यी फुटबल हुल्याहाहरूको चर्को दमन गर्नेछन् अथवा यो समस्यालाई शक्ति प्रयोग गरेर जसरी हुन्छ, समाधान गर्ने प्रयास हुनेछ । विश्वकपपछि जे हुन्छ, हुन्छ तर अहिले पुटिन क्षणिक समाधानमै केन्द्रित छन् । यस्तोमा धेरैले अनुमान गरे जस्तो अबको विश्वकपमा खासै हिंसा नहुन पनि सक्छ, तर यो समस्याको दीर्घकालीन समाधान भने होइन ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik