• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
विश्वकपले फेर्‍यो रूसको छवि
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

एकराज सुवेदी

विश्वकपले फेर्‍यो रूसको छवि
श्रावण ४, २०७५

विश्वकै सर्वाधिक ठूलो फुटबल कुम्भ विश्वकप–२०१८ सम्पन्न भएको छ । यस प्रकारको ठूलो उत्सवलाई सफलतापूर्वक सम्पन्न गरेर रूसले विश्वमा आफ्नो देशका बारेमा एक पटक फेरि सकारात्मक सन्देश प्रवाह गरेको छ । 

सन् २०१८ का लागि फिफा विश्वकप आयोजना गर्ने जिम्मेवारी पाएको समयमा रूसका बारेमा विभिन्न नकारात्मक धारणाहरू थिए । त्यतिबेला रूसका सम्बन्धमा सकारात्मक भन्दा आलोचनाका स्वर धेरै सुनिन्थे । रूसमा आलोचक, पत्रकार वा राजनीतिक प्रतिद्वन्दीहरूलाई जेलमा राखिन्छ वा बेपत्ता पारिन्छ भन्ने आम धारणा समेत थियो । विशेष गरी युरोपेली तथा अमेरिकी नागरिकमा रूसी नागरिकहरूले खुलेर बाँच्न पाएका छैनन् भन्ने धारणा थियो, तर उक्त धारणा अब परिवर्तन हुने भएको छ । विश्वकप हेर्न रूस पुगेका विदेशीहरूलाई रसियनहरूले भव्य स्वागत गर्नुका साथै उनीहरूलाई आफ्नो घरमा समेत राखेर स्वागत गरे । अतिथि सत्कारका लागि उनीहरूले कुनै कसर बाँकी राखेनन् । 

फिफा अध्यक्ष गियानी इन्फेनटिनोले त विश्वकपले कुनै पनि व्यक्तिलाई रूसको दिवाना बनाएको बताए । उनले एउटा अवसरमा विश्वकपका कारण रूसका वारेमा धेरै मानिसको विचार परिवर्तन भएको दाबीसमेत गरे । फुटबलले एक अर्कामा स्नेह, माया, पारिवारिक भावना एवं एकताको सन्देश प्रवाहित गर्ने भएकाले पनि यस्तो भएको उनको तर्क थियो । 

यद्यपि कडा सुरक्षा व्यवस्था भएको स्टेडियममा फाइनल खेलको दिन चार जना दर्शक मैदानमा प्रवेश गरे । यसले निकै चर्चासमेत पाएको छ । उनीहरू छिरेको केही समयसम्म त टिभीमा लाइभ समेत देखाइएको थियो । मैदानमा पस्ने मध्ये एक जना महिलाले त फ्रान्सेली खेलाडी एमबाप्पेसित हाइ फाइभ पनि गरिन् । उक्त घटनाको जिम्मा भने पुसी रायट्स नामको एउटा संस्थाले लिएको छ । फेसबुकमा घटनाको जिम्मा लिँदै उक्त संस्थाले सबै राजनीतिक बन्दीहरूलाई मुक्त गरिनुपर्ने लगायत अन्य विभिन्न माग राखेको छ । 

विश्वकप समापनको अवसरमा लुजनिकी स्टेडियममा फुटबल प्रेमी मात्र नभएर अन्य प्रसिद्ध कलाकारहरूको जमघटले पनि चर्चा पायो । समापन समारोहमा विल स्मिथ, निक्की जैम तथा कोसोभियनले आफ्नो गीत तथा विश्वकप एन्थेम ‘लिभ इट अप’ बाट फाइनल समारोहलाई जगाएका थिए । समारोहमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रो पूर्वराष्ट्रपति निकोलस सार्कोजीका साथ रंगशाला पुगेका थिए । क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राभर कितारोभिच आफ्नो पनि टिमको हौसला बढाउन रूस पुगेकी थिइन् ।

 जमैकाका सुपरस्टार स्प्रिन्टर उसेन बोल्टसमेत विश्वकपको फाइनल हेर्न रूसमा थिए । सन् २०१४ मा जर्मनीका लागि विश्वकप ग्रहण गर्ने कप्तान फिलिप लाहम तथा रूसकी सुपर मोडल भेदियानोभा ट्रफीका साथ स्टेडियम पुगेका थिए । त्यही समयमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन फिफा अध्यक्ष गियानी इन्फेन्टिनोका साथ स्टेडियममा थिए । 

विश्वकपको फाइनल फ्रान्सले जित्यो । विश्वकप पनि उसैले पायो, तर मिडियाले भने क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राभर कितारोभिचलाई चर्चामा ल्याए । उनले विजेता फ्रान्सका प्रत्येक खेलाडीलाई अंकमाल गरी बधाई दिनुका साथै क्रोएसियाली खेलाडीका सामु आँसु झार्दै सबैलाई सान्त्वना दिइन् । क्रोएसिया पहिलो पटक फाइनलमा पुग्नु नै ठूलो कुरा थियो । छोटो समयमै उक्त स्थानमा पुग्नु क्रोएसियाका लागि निकै उपलब्धि थियो । फाइनल खेल फ्रान्सले जिते पनि खेल कौशल भने क्रोएसियाको राम्रो भएको प्रतिक्रिया धेरैको रह्यो । क्रोएसियाली खेलाडीहरूले क्रोएसिया फर्किएपछि भव्य स्वागतसमेत पाए ।

विश्वकप विजेता फ्रान्सका खेलाडी स्वदेश पुगेपछि उनीहरूको पनि भव्य स्वागत गरियो । उनीहरूलाई फायर ब्रिगेडले ‘वाटर स्यालुट’ गर्‍यो भने एयर फ्रान्सको जेटले समेत पानी छर्केर टिमको स्वागत गरेको थियो । पेरिस विमानस्थलमा सबैभन्दा पहिले कप्तान ह्युगो लोरिस तथा कोच डिडियर डेसच्याम्प विमानबाट निस्कँदै विश्वकप ट्रफी प्रदर्शन गरेका थिए । 

त्यसपछि खेलाडीहरूले खुला छतयुक्त बसमा सवार भएर पेरिस सहरको परिक्रमा गरे । विश्वकप जितेको खुसीयालीमा लाखौं फ्रान्सेली सडकमा निस्किएर खुसीयाली मनाए ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik