साप्ताहिक संवाददाता
मंसिर २६, २०७५
विश्व प्रसिद्ध मोटर रेस फर्मुला वानका लागि इटालियन कम्पनी पिरेली एक्लो टायर सप्लायर हुनेछ । आगामी सन् २०२०–२०२३ सिजनको च्याम्पियनसिपका लागि रबर उपलब्ध गराउने टेण्डर पिरेलीले जितेसँगै यो घोषणा भएको हो ।
पिरेलीले सन् २०११ देखि नै फर्मुला वानका लागि टायर उपलब्ध गराउँदै आएको छ । हाल नयाँ मूल्यांकनअनुसार कार्यविधि परिवर्तन गरी त्यसको टेण्डर आह्वान गरिएको थियो । टेण्डर प्रक्रियामा अर्को टायर ब्रान्ड हानकुक समेत सामेल थियो ।
भारतीय टायर निर्माता कम्पनी एपोलो टायर्सले प्रसिद्ध क्रिकेट खेलाडी सचिन तेन्दुलकरलाई ५ वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । कुनै टायर निर्माता कम्पनीले सेलिब्रेटीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको यो पहिलो घटना भएको बताइन्छ ।