साप्ताहिक संवाददाता
माघ २७, २०७५
क्रिकेट टुरकै क्रममा आफ्नो जन्मदिन मनाउन पाउनु पनि भाग्यमानी नै हुनु रहेछ । यस्तै भाग्यमानी खेलाडी रहे, सोमपाल कामी । माघ १८ गते सोमपालको जन्मदिन परेको थियो । त्यति बेला नेपाली राष्ट्रिय टिम संयुक्त अरब इमिरेट्स (युएई) मा थियो ।
त्यस क्रममा सोमपालले टिमका सबै साथी खेलाडी, प्रशिक्षक एवं पदाधिकारीहरूका अघि केक काटेर आफ्नो जन्मदिन मनाए । सोमपालले ट्विटरबाट सबैलाई धन्यवाद दिँदै लेखे, ‘जन्मदिनको शुभकामना दिनु हुने सबैलाई धन्यवाद । ब्यस्तताबीच पनि समय निकालेर मलाई शुभकामना दिनुको विशेष अर्थ छ ।’
तस्बिर : क्रिकेटिङ नेपाल