साप्ताहिक संवाददाता
फाल्गुन २, २०७५
विश्व क्रिकेटले देखेका ठूला नाममध्ये एक हुन्, दक्षिण अफ्रिकाका— जोन्टी रोड्स । उनी फिल्डिङका कारण सधैं चर्चामा रहे । तिनै रोड्सलाई नेपाल धेरै मन परेको छ । केही समयअघि मात्र नेपाल आएका रोड्स धनगढी प्रिमियर लिग डीपीएल थ्रीका गुडविल एम्बेसडरसमेत हुन् ।
त्यसको अर्थ उनी पूरा प्रतियोगिताका क्रममा धनगढीमै हुनेछन् । जोन्टी पहिलो पटक नेपाल आउँदा उनलाई यो देश कति मन पर्यो भने उनी तोकिएको समय भन्दा बढी यहाँ बसे ।
त्यसक्रममा उनी शाश्वतधाम पुगे र त्यहाँ पूजासमेत गरे । सम्भवत: यसपटक पनि रोड्सले धनगढी बसाइका क्रममा आफूलाई क्रिकेटमा मात्र सीमित राख्ने छैनन ।