साप्ताहिक संवाददाता
फाल्गुन ४, २०७५
कुनै समय नेपाली फुटबलले धेरै आशा गरेका खेलाडी हुन्— शिव श्रेष्ठ । यी पोखरेली खेलाडी एन्फा एकेडेमीका उत्पादन हुन् । उनले लामो समय घरेलु फुटबलमा सफल मिडफिल्डरका रूपमा मनाङ–मस्र्याङ्दीका लागि खेले । श्रेष्ठले नेपाली राष्ट्रिय टिमबाट पनि खेल्ने अवसर प्राप्त गरे, तर नेपाली फुटबलमा विवाद बढेर प्रतिस्पर्धा हुन छाडेपछि धेरै खेलाडी बेरोजगारजस्तै भए । यस्तै खराब स्थिति अनुभव गर्नेमध्ये शिव पनि एक हुन् ।
त्यसैले उनी आफ्नो भविष्यका लागि कतार पुगे । नेपाली राष्ट्रिय टिमका लागि बलियो उम्मेदवार मानिने खेलाडीसमेत कमाउनका लागि वैदेशिक रोजगारीमा जानुपर्ने त्यो क्षण वास्तवमै दु:खदायी थियो । यद्यपि शिवले हालै एउटा खुसीको क्षण भने आत्मसात् गरेका छन् र त्यो हो— उनको आफ्नै विवाह । श्रेष्ठ हालै विवाह बन्धनका बाँधिएका हुन् ।