साप्ताहिक संवाददाता
असार १०, २०७६
स्टार स्पोर्टसले प्रशारण गरेको भारत र पाकिस्तानबीचको खेलका क्रममा धेरै विज्ञापन बजे । सबैले एउटा तथ्य के पनि याद गरेको हुनुपर्छ भने तीमध्ये अधिकांश विज्ञापन कुनै न कुनै रूपमा भारतीय टिमको समर्थनमा देखिन्थे ।
यतिसम्म त ठीकै थियो, तर एउटा विज्ञापनले पाकिस्तानी टिमप्रति देखाएको हेपाहा व्यवहारमा भने धेरैले चित्त बुझाउन सकेनन् । उक्त विज्ञापनमा भारतीय समर्थकलाई पाकिस्तान समर्थकको बुबा (हिन्दीमा बाप) का रूपमा चित्रण गरिएको छ ।
यसैलाई लिएर फाकिस्तानी क्रिकेट बोर्डले अन्तर्राष्ट्रिय त्रिकेट काउन्सिल (आईसीसी) समक्ष औपचारिक रूपमै गुनासो गरेको छ । यो विषयमा आईसीसीले स्टार स्पोर्टससँग सोधपुछ गर्ने आश्वासन दिएको बताइन्छ ।