साप्ताहिक संवाददाता
आश्विन ११, २०७६
कात्तिक २६ गतेदेखि मंसिर ७ गतेसम्म दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट हुने भएको छ । गत वर्ष आयोजित पहिलो संस्करणको सफलताबाट हौसिएको क्विन्स इभेन्ट्सले प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्न लागेको क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बि लामाले बताए ।
यो प्रतियोगितामा नेपालका ६ शहरका ६ फ्रेन्चाइज टिम सहभागी हुनेछन् । पीपीएलमा प्रतिस्पर्धा गर्ने फ्रेन्चाइज टिममा चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, धनगढी ब्लुज तथा काठमाडौं रोयल्स छन् । प्रतियोगीतामा नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरूसँगै विदेशी खेलाडीहरूसमेत सहभागी हुनेछन् । पहिलो संस्करणको पीपीएल पोखरा पल्टनले जितेको थियो ।