
साप्ताहिक संवाददाता

विश्वकप छनोटमा नेपालले गत साता अष्ट्रेलियासँग उसकै घरेलु मैदानमा खेलेको थियो । क्यानबेरामा भएको त्यस खेलमा नेपाल पराजित भयो, तर समाचार हारजितको मात्र रहेन । विश्व मिडियाले नेपालले अहिलेसम्म खेलेका खेलमध्ये सबैभन्दा बढी महत्त्व दिएको खेल त्यही थियो ।
फेरि विदेशी भूमिमा भएको खेलमा ८ हजारको हाराहारीमा नेपाली समर्थकको उपस्थिति पनि कम्ती ठूलो कुरा थिएन । तर, नेपाली टिमबारे अष्ट्रेलियामा सबैभन्दा चर्चा पाएको विषय रह्यो, नेपालको जर्सी ।
नेपालले त्यो खेल नीलो जर्सी लगाएर खेलेको थियो । जर्सीको अगाडि भागमा सगरमाथाको संकेत अंकित छ । त्यसैले यो जर्सी विदेशीका लागि आकर्षित देखिएको हो । खेलकै क्रममा नेपाली जर्सी कति राम्रो भनेर अस्ट्ेरलियामा एक समय सामाजिक सञ्जालमा ट्रेन्ड नै चल्यो ।