• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
नेपालले कति  पदक जित्नेछ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

नेपालले कति  पदक जित्नेछ ?
कार्तिक ३०, २०७६

सन् १९९९, आठौं दक्षिण एसियाली खेलकुदको अवसर । त्यति बेला नेपालले आफ्नै भूमिमा भएको प्रतियोगिताको फाइदा उठाउँदै ३२ वटा स्वर्ण जितेको थियो, सबै गरेर ६६ पदक । त्यो सागको इतिहासमा नेपालको अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन हो । त्यसभन्दा अघि पनि नेपालले सन् १९८४ मा पहिलो संस्करणको साग आयोजित गरेको थियो र त्यतिबेला नेपालको हातमा परेको थियो, ४ वटा स्वर्ण, कुल २४ पदक । यी त इतिहासका कुरा भए । 

आठौं सागयता पनि नेपाली खेलकुदले केही पुस्ता आएको र गएको देखिसकेको छ । अब वर्तमान, अबको केही दिनमै नेपालमा १३ औं सागको आयोजना हुँदैछ । नेपालमा साग खेलकुद हुन लागेको यो तेस्रो अवसर हो । मंसिर १५ देखि २४ गतेसम्म चल्ने यो प्रतियोगितामा नेपालले कति पदक जित्नेछ त ? यी जित्ने पदकमा स्वर्ण कति हुनेछन् ? यी यस्ता प्रश्न हुन्, जसको सीधा–सीधा उत्तर खेलाडीको प्रदर्शनमै भर पर्नेछ तर अनुमान गर्न सकिन्छ, नेपालले यसपटक आठौं सागको तुलनामा बढी पदक जित्नेछ । 

यसपटकको सागमा २८ खेल हुनेछन् । प्रतियोगिता सुरु हुँदासम्म त्यसमा थपघट हुन सक्छ । नेपालको यसपटकको प्रदर्शन धेरै हदसम्म दुई खेलमा निर्भर हुनेछ र ती हुन्— कराँते र तेक्वान्दो । आठौं साग हुँदा नेपालले धेरै पदक जित्न सक्नुको सबैभन्दा ठूलो कारण यिनै दुई खेल थिए । यसपटकको समीकरण पनि यही छ । नेपालले यसपटक यी दुई खेलमा जति बढी पदक जित्नेछ, नेपालको प्रदर्शन अझ राम्रो हुने निश्चित छ । 

सम्भवत: नेपालले कराँतेमा क्लिन स्विपजस्तै गर्न सक्छ, किनभने यसमा दक्षिण एसियामै बलियो मानिएको भारतको सहभागिता छैन । भारतको अनुपस्थितिमा नेपालले यसमा बढीभन्दा बढी पदक जित्न सक्छ । तेक्वान्दोबाट पनि नेपालले लगभग उस्तै प्रदर्शन गर्ने अपेक्षा राख्न सकिन्छ । त्यसपछि नेपालले बढी पदक भित्र्याउन सक्न खेल मार्सल आर्ट्सकै अर्को विधा उसु हो । आठौं सागमा उसु समावेश थिएन् । त्यसैले उसुबाट प्राप्त हुने पदक बोनसजस्तै सावित हुन सक्नेछ । 

जुडो र बक्सिङजस्ता खेलबाट पनि नेपालले कुनै न कुनै स्वर्ण जित्न सक्ने सम्भावना छ । जुडोमा पनि नेपालले लगातार राम्रो गरिरहेको छ । नेपालमा सर्वाधिक लोकप्रिय खेल फुटबल हो भने त्यसबाट पनि नेपालले पदक हात पार्ने सम्भावना उत्तिकै छ । नेपाल पुरुष फुटबलको डिफेन्डिङ च्याम्पियन हो भने महिला फुटबलको लगातारको उप विजेता । नेपालले फुटबलमा पनि राम्रो होस भन्ने अपेक्षा राख्नेछ । महिला फुटबलमा नेपालको फाइनल यात्रा निश्चित जस्तै छ । 

यस्तोमा नेपालले सबै खालका अपेक्षा पूरा गर्दै स्वर्ण जित्न सक्यो भने त्यो अद्वितीय हुने निश्चित छ । धेरैभन्दा धेरै पदक हुने दुई खेल हुन्— एथलेटिक्स र पौडी । यी दुई खेलमा नेपालको प्रदर्शन मध्यम स्तरकै हुनेछ । पौडीमा नेपालले अहिलेसम्म एक मात्र स्वर्ण जितेको छ र त्यो संयोगले प्राप्त पदक हो । यसपटक भने गौरिका सिंहले स्वर्ण पदकका लागि प्रयास गर्नेछिन् र उनी त्यसमा सफल भइन् भने त्यो ऐतिहासिक प्रदर्शन हुनेछ । 

भारोत्तोलनमा पनि धेरै पदक जित्ने सम्भावना हुन्छ । यो खेलमा नेपालको प्रदर्शन मध्यमस्तरको हुनेछ । टेबल टेनिसमा पनि स्वर्णको सम्भावना नकार्न सकिँदैन । नेपालको प्रदर्शन धेरै हदसम्म प्याराग्लाइडिङमा पनि भर पर्नेछ, तर यो खेल हुने–नहुने निश्चित छैन । अहिलेसम्म सबैले प्याराग्लाइडिङ यो सागमा हुनेछैन भनेर आशा मारिसकेका छन्, तर भाग्यले साथ दिएर यो खेल भयो भने तय छ, यो विधामा नेपालले क्लिन स्विप गर्नेछ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik