• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
यसकारण घट्दैछ सागको रौनक
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रमेश खनाल

यसकारण घट्दैछ सागको रौनक
मंसिर १४, २०७६

 

साग खेलकुदमा सधैं सर्वाधिक पदक जित्ने भारतले दक्षिण एसियाली खेलकुदमा लगभग दोस्रो दर्जाको खेलाडीहरूलाई पठाउने प्रवृत्तिलाई बढाएको छ । यो सोचाइले अरू देशका पहिलो रोजाइमा रहेका खेलाडीहरूलाई हेपेको देखिन्छ ।

काठमाडौंमा सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आयोजना भएको ३५ वर्षपछि १३ औं संस्करणको प्रतियोगिता आइतबारदेखि काठमाडौंलगायत विभिन्न सहरमा आयोजना हुन गइरहेको छ । ३५ वर्षको अन्तरालमा सागले यो क्षेत्रको खेलकुदको स्तरमा कस्तो किसिमको परिवर्तन गर्‍यो, खेलाडीहरूको जीवनशैली, उनीहरूको क्षमता कसरी बढायो र आयोजना सहर भनौं वा राष्ट्रको यो खेल आयोजनाप्रतिको दृष्टिकोणमा कस्तो किसिमको परिवर्तन आएको छ भन्ने कुरा नै सागको समष्टिमा मूल्यांकन हुनुपर्ने देखिन्छ ।

सागको अवधारणा केही एसियाली राष्ट्रले ओलम्पिकमा त के एसियाली खेलमा पनि सोचेअनुसारको प्रदर्शन गर्न नसकेकै कारण आएको देखिन्छ । प्रत्येक चार वर्षको अन्तरालमा आयोजना हुने ओलम्पिक र एसियाडमा धेरै एसियाली राष्ट्रको झिनो सहभागिता र रित्तो हात फर्कनुपर्ने परम्परा नै बसेको थियो । यस्तो अवस्थामा मध्यपूर्वका राष्ट्रहरूले प्यान गेमको अवधारणा सन् १९५३ मा ल्याए । त्यसपछि पूर्वी एसियाका राष्ट्रहरूले दक्षिण–पूर्वी एसियाली खेलकुदको अवधारणा सन् १९५९ मा ल्याएर आफ्नो अलग्गै क्षेत्रको खेलकुद प्रतियोगिता आयोजना गर्न थाले । यस्तो अवस्थामा दक्षिण एसियाली क्षेत्रको भने कुनै किसिमको सामूहिक खेलकुद नभएको र खाँचो देखिएको कारण सन् १९८४ देखि दक्षिण एसियाली खेलकुद प्रतियोगिता प्रारम्भ भयो ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता यो क्षेत्रका लागि खाँचो थियो वा अरू एसियाली राष्ट्रहरूले अलग्गै गर्न थालेका कारण अस्तित्व देखाउन सुरु भएको हो भन्ने कुरा अहिले यो खेलको आयोजना र सहभागी राष्ट्रहरूले देखाउने व्यवहारले यो प्रतियोगिताको रौनकमा कमी आउन थालेको देखिन्छ ।

प्रत्येक एक वर्षको अन्तरालमा आयोजना गर्ने परिकल्पना गरेर जन्माइएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता दुई वर्षको अन्तरालमा आयोजना हुन थाल्यो । आठौं संस्करण आयोजना गर्न काठमाडौंलाई ४ वर्ष लाग्यो । त्यसपछि आयोजना भएका प्रतियोगिता धेरै कम निर्धारित मितिमा आयोजना हुन सक्यो । अहिले पनि सन् २०१८ मा आयोजना हुनुपर्ने साग एक वर्ष ढिलो गरी आयोजना हुँदैछ ।

 

कुनै पनि खेलले निर्धारित मितिमा आयोजना गर्न नसक्नुलाई अन्तर्राष्ट्रिय खेलकुदको क्षेत्रमा एकदमै लज्जाको विषय मानिने गर्छ । तर, सागका सन्दर्भमा कुनै पनि देशले त्यस्तो लज्जा महसुस गरेझैं लाग्दैन । यसबाट पनि देखिन्छ, सरकारहरूले खेलकुदलाई कुन प्राथमिकतामा राखेका छन् । दक्षिण एसियाली राष्ट्रहरूले खेलकुदलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने मानसिकताको विकास भएकै छैन । यो क्षेत्रमा व्याप्त गरिबी, शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता विषयहरूलाई सम्बोधन गर्नु नै पहिलो प्राथमिकता हो । यस्तो अवस्थामा सरकारले खेलकुदलाई अन्तर्राष्ट्रिय ख्याति कमाउने मौका त मान्छन् तर प्राथमिकतामा राख्नै सक्दैनन् ।

दक्षिण एसियामा भारत सबैभन्दा बलियो देखिन्छ । भौतिक पूर्वाधारको दृष्टिकोणले भारतले चाहेको बेलामा सागको आयोजना गर्न सक्छ । बाँकी सबै राष्ट्रको समान हैसियत भएका कारण धेरथोर सबैले यसको आयोजना गर्न पाउनुपर्छ नै । अरू राष्ट्रहरूले आयोजना गर्न चाहनुलाई जति गौरवको विषय माने पनि सम्पन्न गर्नु फलामको चिउरासरह बन्न जान्छ । त्यसैले भुटान, माल्दिभ्सजस्ता राष्ट्रहरूलाई साग आयोजना गर्नु कल्पनाभन्दा बाहिरको विषय बनेको छ भने भारतबाहेक अरू राष्ट्रलाई निकै कठिन बन्दै गएको देखिन्छ ।

साग खेलकुदमा सधैं सर्वाधिक पदक जित्ने भारतले दक्षिण एसियाली खेलकुदमा लगभग दोस्रो दर्जाको खेलाडीहरूलाई पठाउने प्रवृत्तिलाई बढाएको छ । उनीहरूको रणनीति दोस्रो दर्जाका खेलाडीहरूको पनि पदकमा हकदार होऊन्, राम्रा खेलाडीहरूलाई एसियाली, कमनवेल्थ र ओलम्पिकमा अवसर दिऊँ भन्ने पनि हो ।

यो सोचाइ एक किसिमले राम्रो भए पनि अरू देशका पहिलो रोजाइमा रहेका खेलाडीहरूलाई हेपेको देखिन्छ । खेलकुदको परिभाषा व्यापक भए पनि भारतले पछिल्लो पटक देखाउँदै आएको यो किसिमको रबैयाका कारण बाँकी राष्ट्रका खेलाडी र अर्बौं लगानी गरेर आयोजना गर्ने राष्ट्रलाई हीनताबोध गराएको छ । यही साग प्रतियोगितामा समावेश गरेको २६ वटा खेलमा भारतले चाहेमा सबै खेलमा सहभागिता गर्न सक्थ्यो । तर, उसले थोरै खेलमा मात्र सहभागिता गर्ने जनायो । यसले दर्सायो, उसले यो प्रतियोगितालाई प्राथमिकतामा राखेकै छैन ।

पछिल्लो पटक भारत र पाकिस्तानबीच सरकार प्रमुखहरूबीच उठेको विवादले पनि यो खेलकुद प्रतियोगितालाई ओझेलमा पार्न थालेको देखिन्छ । विश्वका धेरै खेलकुद प्रतियोगितले देशहरूको राजनीतिक द्वन्द्व समाप्त गरेका उदाहरणहरू प्रशस्तै छन् । तर, यो क्षेत्रका दुई ठूला राष्ट्रको द्वन्द्वले सागलाई पनि प्रभावित पार्ने गरेको छ । यो प्रभाव सम्भवत: सन् २०२१ मा इस्लामाबादले आयोजना गर्ने १४ औं सागमा अझ बढी देखिने पक्का छ ।

सागको रौनक किन कम हुँदै गइरहेको छ ? ओलम्पिक चार्टरअनुसार गरिने खेलकुद प्रतियोगिताको आयोजना सहरले गर्ने गर्छ । जस्तो मेरो सहरमा म खेलकुद प्रतियोगिता आयोजना गर्छु भनेर उक्त सहरको मेयरले सरकारको नेतृत्व गरेर झन्डा लिएर आउनुपर्छ । तर, हाम्रो परिप्रेक्ष्यमा मन्त्री वा अरू अधिकारीहरूले बोकेर आउँछन् । हाम्रो जस्तो क्षेत्रमा सरकार लगातार परिवर्तन भइरहन्छन् भने राजनीतिक पूर्वाग्रहका कारण असफल बनाउने प्रयास पनि हुने गरेको देखिन्छ ।

जसका कारण प्रतियोगिताको आयोजना सधैं अन्तिम समयमा हुने गरेको छ । भारतको गुवाहटीमा सन् २०१६ मा भएको सागमा नेपालले सन् २०१८ मा आयोजना गर्छु भनेर झन्डा बोकेर आएको हो नि । यसरी झन्डा बोकेपछि दुई वर्षमा आयोजना गर्छु भनेर पहिल्यै खाका बनाउनुपर्छ । तर, तेस्रो वर्षको पनि अन्तिम समयसम्म पनि निर्माण जारी छ । यसले के पनि देखाउँछ भने झन्डा बोकेर आयोजना गर्छु भन्ने सहर वा राष्ट्र नै यो खेललाई बेवास्ता गर्छन् र अन्तिम समयमा झारा टार्ने किसिमले प्रतियोगिता आयोजना गर्छन् भन्ने देखिएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतियोगिता आयोजना हुनुभन्दा धेरै अगाडि सबै निर्माण सम्पन्न भएर, मैत्रीपूर्ण खेलकुद प्रतियोगिता आयोजना गरेर आयोजना स्थलको सुरक्षा परीक्षण गरिन्छ । १ सय दिनको काउन्टडाउनमा जनलहर ल्याउने प्रयास गरिन्छ । अहिले हाम्रै परिप्रेक्ष्यमा हेर्ने हो भने प्रतियोगिता हुने दिनमा पनि मापदण्डअनुसारको निर्माण सम्पन्न हुने देखिँदैन भने सुरक्षाजस्ता विषयलाई त ख्याल नै राखिएको छैन । जसका कारण आममानिसमा साग खेलकुद प्रतियोगिताप्रति उत्साह नै जाग्न सकेको छैन ।

(कुराकानीमा आधारित)

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik