• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
आठ खेल पोखरामा हुने
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राजाराम पौडेल

आठ खेल पोखरामा हुने
मंसिर १६, २०७६

मंसिर १५ गतेबाट सुरु भएको १३ औँ  दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा ८ वटा खेल हुदैछ । साग अन्र्तगत पोखरामा महिला फुटवल र क्रिकेट, बिच भलिवल, ह्याण्डवल, भारतोलन, व्याडमिन्टन, आर्चरी र ट्रायाथलन हुने भएको हो ।  पोखरामा हुने यि ८ खेलमा एक सय ५१ पदकको लागि प्रतिष्प्रर्धा हुनेछ ।

४८ स्वर्ण पदक, ४८ रजत र ५५ वटा कास्य पदक सहित १ सय ५१ पदकको लागि एकल तथा सामुहिक तर्फ प्रतिष्प्रर्धा हुने भएको १३ औं साग प्राविधिक समिति पोखराका अध्यक्ष बिद्या मर्सानीले बताए ।

पोखरामा हुने साग अन्र्तगत सवै भन्दा धेरै भारतोलन तर्फ २० स्वर्ण पदकको लागि प्रतिष्प्रर्धा हुनेछ । सामुहिक खेल महिला क्रिकेट, महिला फुटवल तर्फ एक/एक स्वर्ण, बिच भलिवल र ह्याण्डवल तर्फ महिला पुरुष गरी २/२ स्वर्ण पदकको लागि प्रतिष्प्रर्धा हुने भएको छ । आर्चरी तर्फ १० स्वर्ण, व्याडमिन्टन तर्फ ७ स्वर्ण, ट्रायाथलन तर्फ ५ स्वर्ण पदकको लागि प्रतिष्प्रर्धा हुने भएको अध्यक्ष मर्सानीले बताए । व्याण्डमिन्टन तर्फ रजत पनि ७ र कास्य पदक भने १४ वटा प्रदान गरिने भएको छ भने अन्य खेलमा स्वर्ण, रजत र कास्य पदकमा समान रुपमा प्रदान गरिने भएको उनले जनाए ।

४ सय १ जना महिला सहित ७ सय २२ जना खेलाडीहरु पोखरामा हुने ८ खेलमा सहभागि हुनेछन्। यही मंसिर १५ देखि २४ गतेसम्म पोखरामा पनि संचालन हुने १३ औं सागमा पुरुष भन्दा महिला खेलाडीको सहभागीता बढी हुनेछ ।

१३ औं साग प्राविधिक समिति पोखराले दिएको तथ्याङकको आधारमा पोखरामा हुने सागमा ३ सय २१ जना पुरुष खेलाडीहरु सहभागि हुने भएका हुन् । पोखरामा हुने सागका खेलमा ४ सय १ जना महिला खेलाडी सहभागि हुनेछन्  । उक्त खेलमा खेलाडी, अिफसियल सहितको संख्या भने  ९ सय ८ जना हुनेसमितिले जनाएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीका अनुसार पोखरामा साग लक्षित सम्पूर्ण भौतिक संरचनाको काम पुरा भएको छ । पोखरामा हुने ८ खेलबाट १८ स्वर्ण पदक ल्याउने आस समेत गरिएको प्रमुख योगीले बताए । उनका अनुसार भारतोलनबाट ५ स्वर्ण, आर्चरी र ट्इयथलनबाट ३/३, ह्याण्डवल र बिच भलिवलबाट २/२ स्वर्ण, व्याडमिन्टन, फुटवल, क्रिकेटबाट एक/एक स्वर्ण पदक आउने आशा गरिएको छ । पोखरा रंगशालामा हाल साग लक्षित गरी भौतिक पूर्वाधार निर्माणको अन्तिम चरणमा पुगेसागै पोखरा रंगशालाको सौन्दर्यको काम तिव्र पारिएको राखेप सदस्य राजेश गुरुङले बताए ।

पोखरा महानगर भित्र विभिन्न संघ संस्थाहरुले ७ वटा ठाउामा स्वागत गेट राख्दैछन् । पोखरा महानगरपालिकाले मुस्ताङचोकमा, पोखराको तालचोकमा लेखनाथ उद्योग बाणिज्य संघले, वडा प्रहरी कार्यालय बैदाम नजिकको सडकमा पोखरा पर्यटन परिषदले, पोखराको हल्लनचोकमा नेपाल पर्यटन वोर्डले, पोखराको छोरेपाटनमा पोखरा उद्योग बाणिज्य संघले, पोखराको ३२ केभी अम्मरसिंहचोकमा प्याव्सन तथा एनव्याव्सनले, पोखराको सिमपानीमा बस्तुगत संघको सहयोगमा शुक्रबारसम्मा स्वागत गेट राखिनेछ ।

साग खेल अवलोकन गर्न शुल्क लाग्ने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत पोखरामा हुने ८ खेल अवलोकन गर्दा सहभागि दर्शकले शुल्क तिनुपर्ने भएको छ । पोखरा हुने खेललाई ब्यबस्थित पार्न पनि दर्शकलाई शुल्क लिने भएको १३ औं साग पोखरा श्रोतसाधन परिचालन समितिका संयोजक संजिव बहादुर कोइरालाले बताए । उनका अनुसार सिजनल टिकट दश दिनको लागि ५ सय रुपैया तोकिएको छ । एक दिनको मात्र प्रति दर्शक टिकटको एक सय रुपैयाको शुल्क लाग्नेछ । पोखरामा साग लक्षित करिब २० हजार दर्शकले प्रत्यक्ष रुपमा खेल अवलोकन गर्ने आफुहरुले अपेक्षा गरेको संयोजक कोइरालाले बताए । उनका अनुसार ५ हजार जसो सिजनल टिकट उपलब्ध गराइनेछ । महिला फुटवल खेलको फाइनल खेलको भने प्रति व्यक्ति दुई सय रुपैया निर्धारण गरिएको संयोजक कोइरालाले बताए ।

 

तयार हुँदै पोखरा फुटबल स्टेडिएमको प्यारापिट

सागलाई लक्षित  गरी हाल पोखरा फुटबल स्टेडिएम तयार हुँदैछ । महिला फुटवल खेलका लागि करिब १० हजार सिट जडान गरीने प्यारापिटमा सिट जडान कार्य सम्पन्न गरिएको निर्माण कम्पनीका ई.प्रोजेक्ट म्यानेजर दिपक बरालले बताए । फ्रान्सबाट आयात गरिएको प्यारापिटको सामानबाट १० हजार सिट क्षमताको प्यारापिट निर्माण हुने भएको उनले जनाए । पोखरा फुटवल स्टेडिएमा सेन्थेथिक ट्याक समेत निर्माण गरिएको छ । ट्याकको मार्कीङ गर्न वेलायतबाट अन्तराष्ट्रिय (आइ.ए.एफ.) टोली आएको छ । पोखरामा महिला फुटवल हुने हो की हैन, पोखरा फुटवल स्टेडिएम समयमै बन्छ की बन्दैन भन्ने चिन्त्ता अब नरहेको कम्पनीका म्यानेजर हरिबाबु न्यौपानेले बताए । भारतको कोलकोक्ताबाट ल्याईएको दुवो पोखरा फुटवल मैदानमा रोपे पनि केही भागमा मर्न थालेसंगै पुन: दुवो रोपिएको छ ।

एन्फाको प्राविधिक टोलीले मैदानको ७० प्रतिशत भाग हरियो दुवो हुादा खेल्न मिल्ने सुझाव दिने गरेको न्यौपानेले जनाए । आफुहरुले हाल पोखरा फुटवल मैदानमा भने ८० प्रतिशत भन्दा बढी हरियो मैदान बनाएको म्यानेजर न्यौपानेले बताए । स्टिल मोडुलर ग्राण्डस्ट्यान्ड (प्यारपिट) को सामान भने फ्रान्सबाट ल्याइएको हो । पोखरा रंगशालामा जडित सिट रातो र निलो रंगको रहेको छ । उक्त सिट नेपालको झण्डा संग मिल्ने गरी उक्त रंगको राखिएको हो ।

महिला फुटबल प्रतियोगिता पोखरा रंगशाला फुटबल मैदानमा हुने छ भने अभ्यास स्थलको लागि दोबिल्लामा रहेको सहारा एकेडेमीको खेलमैदान, हेम्जामा रहेको  गौरीशंकर  खेलमैदान, प्रहरी गण तालिम केन्द्र र पश्चिम पृतना विजयपुरको खेल मैदान तोकिएको छ ।

महिला फुटबल मंसीर १७ गते देखि २४ गते सम्म हुने छ । प्रतियोगितामा ४ राष्ट्रको सहभागीता रहने छ । आयोजक नेपाल सहित भारत, माल्दिभस् र श्रीलंकाले खेलमा सहभागीता जनाएका छन भने बंगलादेश, भुटान र पाकिस्तानले भने सहभागीता जनाएको छैन ।

मैदानको काम लगभग अन्तिम अवस्थामा रहेको भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जावलाखेल ललितपुर (जे.भी. ) ले जनाएको छ । उक्त कम्पनीले १८ हजार ५ सय सिट क्षमताको प्यारापिट सहितको फुटवल स्टेडिएम एक अर्ब २८ करोडको लागतमा निर्माण गर्दै गरेको हो । पहिलो चरणमा ७ वटा शौचालय समेत कम्पनीले निर्माण गरेको छ । खेलाडी चेन्जीङ रुम अस्थायी रुपमा निर्माण गरिने भएको छ ।

 नेपाल र श्रीलंका ८ खेलमै सहभागि हुने

नेपाल र श्रीलंका पोखरामा हुने साग अन्र्तगत ८ वटै खेलमा सहभागि हुनेछन् । भारत आर्चरी र महिला क्रिकेट खेलमा सहभागि नहुने भएको छ । पाकिस्तानले फुटवल, ट्याथलन, र महिला क्रिकेटमा सहभागि नहुने भएको छ भने मल्दिप्सले आर्चरी, भारतोलन र ट्रायाथलनमा सहभागि नहुने भएको हो । त्यस्तै बंगलादेशले महिला फुटवल र ट्रायाथलनमा सहभागि नहुने भएको छ भने भुटानले आर्चरी, महिला फुटवल, बिच भलिवल, ट्रायाथलनमा सहभागि नहुने भएको हो । १३ औं सागमा आयोजक नेपालले १ सय ५४ जना सवै भन्दा धेरै खेललाडीहरु सहभागि हुादा सवै भन्दा कम भुटानले जम्मा ३५ जना खेलाडीहरु सहभागि हुने भएको प्राविधिक समितिका सचिव बलराम लामाले बताए ।

भारतबाट १ सय २ जना खेलाडी, पाकिस्तानबाट ७३ जना, माल्दिभ्सबाट ६१ जना, बंगलादेशबाट १ सय १४ जना र श्रीलंकाबाट १ सय ४२ जना खेलाडीहरु सहभागि हुने भएकाछन् । १३ औं सागमा २७ खेल मध्य पोखरामा ८ खेल, जनकपुरमा कुस्ती र बााकी काठमाडौंमा हुदैछन् ।

प्याराग्लाइडिङ भने नहुने

सागमा पदकको आशा गरीएको एक खेल थियो प्याराग्लाइडिङ । तर यसपालीको सागमा प्लाराग्लाइडिङ खेल नहुने भएको छ । पोखरा हुने भनिएको प्याराग्लाइडिङ न्यूनतम तीन टिम नहुादा सागमा सहभागि नहुने भएको हो ।

 

४ सय ९१ जना प्राविधिक अफिसियल पोखरा आउन

सागको लागि ४ सय ९१ जना प्राविधिक तथा अफिसियल पोखरा आउने भएका छन् । पोखरामा हुने खेलहरुको लागि टेक्निकल प्रतिनिधी ८ जना, टुर्नामेन्ट डाइरेक्टर २४ जना, सहायक टुर्नामेन्ट डाइरेक्टर र जुरी कमिटिका ४४ जना, रेफ्रि तथा जज ८५ जना, राष्ट्रिय रेफ्रि एक सय ३६ जना, टेक्निकल सहायक एक सय ९४ जना गरी ४ सय ९१ जना खेल संचालनको लागि टेक्निकल टोली पोखरा आउने भएका हुन । पोखरामा हुने महिला क्रिकेटको लागि ६२ जनाको प्रविधिक अफिसियल, महिला फुटबलको लागि ५० जना, आर्चरीको लागि ५३, ब्याडमिन्टनको लागि ९४, ह्याण्बलको लागि ५९, विच भलिबलको लागि ६५, भारोत्तोलनको लागि ६८ र  ट्राइयाथोलनको लागि ४० जनाको टेक्निकल अफिसियल आउने भएका हुन । सागको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय टेक्निकल टोली समेत पोखरामा खेल संचानलका लागि आउादैछन ।

 

सजिदै रंगशाला

पोखरामा हु्ने प्रतियोगिताको लागि पोखरा रंगशालालाई सजाउने काम समेत अघि बढेको छ । रंगशालाको मुख्य प्रवेशद्घार देखिनै सजावटको काम अघिब ढीरहेको बेला सजावटको कामलाई प्राथमिकतामा राखेर कामहरु अघि बढाएको राखेप सदस्य राजेश गुरुङले बताए । पोखरामा मंसीर १६ गते विदेशी खेलाडी तथा पाहुानालाई भव्य स्वागतको कार्यक्रम समेत रहेको छ । सो कार्यक्रममा गण्डकी प्रदेश भित्र रहेका विभिन्न जातजातीहरुको जातीय पोशाक सहित झााकी सहितको प्रदर्शन गरि भव्य रुपमा खेलाडी तथा पाहुानालाई स्वागत गर्ने कार्यक्रम रहेको उक्त समितिका संयोजक निरज थापाले जनाए ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik