• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
ऐतिहासिक जितले थपेको जिम्मेवारी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

मुकुन्द बोगटी

हिमेश बज्राचार्य

ऐतिहासिक जितले थपेको जिम्मेवारी
मंसिर २७, २०७६

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले उल्लेखनीय सफलता हात पारेको छ । लामो समयदेखि आयोजना हुने कि नहुने भन्ने द्विविधालाई चिर्दै भएको यो खेल प्रतियोगितामा नेपाली खेलाडीले पदकहरू जितेर देशकै गौरव बढाए । देशलाई चिनाउने अभूतपूर्व अवसरलाई नेपाली खेलाडीले राम्रैसंग सदुपयोग गरे, यसपटक ।

साग खेलकुद प्रतियोगितामा नेपाली खेलाडीहरूले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यसहित कुल २ सय ६ पदक जितेर नेपाललाई पदक तालिकामा दोस्रो स्थानमा राखे । नेपालभन्दा अगाडि भारतले १ सय ७४ स्वर्ण, ९३ रजत, ४५ कांस्यसहित कुल ३ सय १२ पदक जितेर पदक तालिकामा शीर्ष स्थानमा उभ्याउन सफल भयो । यो प्रतियोगिताको पदक तालिकामा श्रीलंकाले तेस्रो स्थान हात पारे ( हेर्नुहोस् पदक तालिका) ।

दक्षिण एसियाली क्षेत्रको ओलम्पिक प्रतियोगिता मानिने साग खेलकुद प्रतियोगितामा नेपालले धेरै खेलमा सफलता हात पार्‍यो । यो सफलतामा कतिपय सफलता ऐतिहासिक समेत रहे । रजत पदक जितेर सुरु भएको नेपालको पदक तालिका समापन समारोह अगाडि भएको फुटबलको फाइनलमा भूटानलाई पराजित गर्दै स्वर्ण जितेर समाप्त भएको थियो । यो सागलाई नेपाली खेलकुदको क्षेत्रले आयोजनाको दृष्टिकोणले भन्दा पनि सफलताको क्षणले सम्झने देखिन्छ ।

पौडी खेलाडी गौरिका सिंहले यही साग खेलमा ४ स्वर्ण पदक जितेर ऐतिहासिक सफलता हात पारिन् । सागमा सर्वाधिक ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले राखेको कीर्तिमानलाई गौरिकाले एउटै सागबाट बराबरीमा ल्याइन् । सिंहले यही सागको पौडी खेलमा २ रजत र ३ कांस्य पदक जितेर नेपाली खेलकुदको क्षेत्रलाई अविस्मरणीय बनाइन् भने आफूलाई सर्वाधिक सफल खेलाडीका रूपमा समेत प्रस्तुत गरिन् ।

यो साग खेलकुद प्रतियोगितामा कराँते खेलबाटै नेपालले पदकको खाता खोलेको थियो । मार्सल आर्टका खेलहरूमा नेपालले बर्चश्व नै देखायो । कराँते, तेक्वान्दोजस्ता खेलमा नेपाली खेलाडीहरू हावी नै भए । जसमा कराँतेका मण्डेकाजी श्रेष्ठले पहिलो दोहोरो स्वर्ण पदक जित्न सफल भए । दुई सन्तानकी आमा तेक्वान्दो खेलाडी आयशा शाक्यले पनि दुई स्वर्ण पदक जितेर सनसनी मच्चाइन् । दोहोरो स्वर्णको सफलता गल्फ खेलाडी सुभाष तामाङले पनि दिलाए । क्याडी ब्वायबाट गल्फ खेलमा प्रवेश गरेका तामाङको सफलता धेरै खेलाडीहरूलाई अनुकरणीयसमेत हुने देखिन्छ । 

नेपालले यो सागमा धेरै खेलमा ऐतिहासिक पदक समेत जित्न सफल भयो । नेपालले अन्तर्राष्ट्रिय खेलमा प्रवेश गरेको दशकौं बिते पनि महिला खेलाडीमार्फत एथलेटिक्समा अहिलेसम्म पदक जित्न सकेको थिएन । यसपटक सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमार्फत नेपाललाई पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक नेपाललाई दिलाइन् ।

नेपालको तराई क्षेत्रमा कुस्ती खेल लोकप्रिय भए पनि कुनै पनि खेलाडीले सागमा नेपाललाई यो खेलमार्फत स्वर्णको स्वाद चखाउन सकेका थिएनन् । यसपटक संगीता धामीले नेपाललाई कुस्ती खेलमा ऐतिहासिक स्वर्ण पदक दिलाइन् । यस्तैगरी साइक्लिङ विधामा पनि नेपालले सागमा यसअघि स्वर्ण पदक जित्न सकेको थिएन । यसपटक नेपालका साइकिलिस्टहरूले ४ स्वर्ण पदक जितेर देखाए । 

टिम इभेन्टका खेलहरूमा पनि नेपालले स्वर्ण पदकको सफलता हात पार्न नसके पनि धेरै खेलले सम्मानजनक सफलता हात पारे । नेपालले आयोजना गरेको २६ खेलमा नेपाल सुटिङ खेलवाहेक अरु कुनै खेलमा पदक विमुख हुनु परेन ।

नेपालका सुटिङ खेलाडीहरूमा बन्दुक नपड्किने समस्या आएपछि यो खेलका खेलाडीहरू हतास भएकाले पनि पदक विमुख भएको देखियो । मार्सल आर्टका खेलहरू कराँतेमा १० स्वर्ण, तेक्वान्दोमा १२ स्वर्ण, उसुमा ५ स्वर्ण र जुडोमा २ स्वर्ण पदक जित्न सफल भयो । बक्सिङ खेलले पनि यसपटक ऐतिहासिक सफलता नै हात पार्‍यो । २० बर्षपछि नेपाली बक्सरहरूले ३ स्वर्ण पदक नेपाल भित्राउन सफल भए । 

साग प्रतियोगितामा सफलता पाउने खेलाडीहरूलाई सरकारले हालै नगद पुरस्कारमा वृद्धि गरेर घोषणा गर्‍यो । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत सरकारले स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख रुपैंयाँ, रजत पदक जित्नेलाई ६ लाख र कांस्य पदक जित्नेलाई ३ लाख रुपैंयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।

यस्तै दुई वा दुई भन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीलाई ११ लाख रुपैंयाँ तथा टिम गेममा स्वर्ण जित्ने खेलाडीलाई ५–६ लाख रुपैंयाँ र प्रशिक्षकलाई ५ लाख रुपैंयाँ पुरस्कार दिने घोषणा गरेको छ । 

१३ औं सागको आयोजना जति भव्य भयो नेपाली खेलाडीहरूले जुन किसिमले नेपाललाई ऐतिहासिक पदक दिलाए यसले नेपाललाई थप चुनौती पनि दिएको छ । स्वर्ण पदकको सफलता सागमा मात्र पाएको नेपालले इस्लामावादमा आयोजना हुने १४ औं साग र एसियाली खेलकुद प्रतियोगितामा कुन स्तरको चुनौती र सफलता हात पार्न सक्ने हो त्यो कुरा अहिले महत्वपूर्ण देखिन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik