• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
गृहमैदानको फाइदा के ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

गृहमैदानको फाइदा के ?
मंसिर २९, २०७६

विकसित राष्ट्रहरू विश्वकप, ओलम्पिक, युरो आदिजस्ता ठूला प्रकृतिका खेलकुद प्रतियोगिता आयोजना गर्न किन प्रतिस्पर्धा गर्छन् ? यो प्रश्नको उत्तर विभिन्न कोणबाट दिन सकिन्छ । राजनीतिक दृष्टिकोण राखेर उत्तर दिँदा यस्ता प्रतियोगिताको आयोजनाले देशको समृद्धिलाई विश्वभर फैलाउन मद्दत गर्छ भन्ने हुन्छ । आर्थिक दृष्टिकोणले उत्तर दिँदा यस्ता किसिमका प्रतियोगिता आयोजना गर्दा देशले ठूलो लगानी गर्छ, व्यापारीहरूले नाफा कमाउन प्रशस्त खर्च गर्छन् भन्ने हुन्छ । स्थानीय स्तरमा यही प्रश्न सोध्ने हो भने ठूला प्रतियोगिताको आयोजनाले उक्त क्षेत्रमा खेलकुदका पूर्वाधारहरू तयार हुन्छ भन्ने हुन्छ । यही प्रश्न खेलाडीहरूलाई सोध्ने हो भने उनीहरू आफ्नो गृहमैदानमा खेल्दा सफलता हात पार्ने सम्भावना धेरै गुणा बढ्छ भन्छन् ।

यी सबै कारणहरू आ–आफ्नो तर्कमा जति बलिया भए पनि धेरै देशको ध्याउन्न कुनै न कुनै खेलकुद प्रतियोगिता आफ्नो देशमा आयोजना गर्ने भन्ने नै हुन्छ । विश्वकप फुटबल जसलाई विश्वको सर्वाधिक हेरिने खेलकुद प्रतियोगिताका रूपमा हेरिन्छ । यो खेलकुद प्रतियोगिताको २१ औं संस्करण आयोजना भइसकेको छ । विश्वकप फुटबल प्रतियोगिताको विगत हेर्ने हो भने यो प्रतियोगिता आयोजना गर्दा आयोजकले ६ पटक विश्वकप जितेका छन् भने दुई पटक उपविजेता रहेको 

इतिहास देखिन्छ ।

विश्वकप फुटबललाई आधार मान्ने हो भने अरू खेलकुद प्रतियोगिताहरूमा पनि आयोजक राष्ट्रले उल्लेख्य सफलता आफ्नो देशमा प्रतियोगिता आयोजना गर्दा पाउने गर्छन् । हालै सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागलाई नै हेर्ने हो भने नेपालले यसपटक सर्वाधिक ५१ स्वर्ण पदक जित्न सफल भयो । यसअघि सन् १९९९ मा आयोजना भएको आठौं साग प्रतियोगिता नेपालमै आयोजना हुँदा नेपालले ३१ स्वर्णको सफलता हात पारेको थियो । आठौंदेखि १३ औं सागको तुलना गर्दा नेपालले यो प्रतियोगिता अन्य राष्ट्रमा आयोजना हुँदा आफ्नो सफलतालाई बढाउँदै लैजान सक्नुपर्ने थियो । तर, त्यो हुन सकेको छैन, जसका कारण नेपाललाई साग प्रतियोगितामा उल्लेख्य सफलता हात पार्न आफ्नो गृहमैदानकै प्रतीक्षा गर्नुपर्ने भएको छ ।

यही साग प्रतियोगितामा नेपालका खेलाडीले जितेका स्वर्ण पदक दर्शककै समर्थनले गर्दा भएको धेरैले अभिव्यक्ति दिए । सबैभन्दा रोचक पक्ष उसुको सेमिफाइनलमा देखियो । ६० किलोग्राम तौलसमूहमा बंगलादेशका खेलाडीसँग भिडन्त गरिरहेका मंगल थारुको दोस्रो राउन्डमा खेल्दा खुट्टा भाँचियो ।

‘खेल्दाखेल्दै खुट्टा चसक्क गर्‍यो, कतै भाँचियो कि भन्ठानें, तर दर्शकको हौसला मतर्फ भएका कारण मैले त्यो पीडा बिर्सेर अन्तिम राउन्ड खेलेर जित निकालें । स्वर्ण पदक जित्ने मेरो योजना सेमिफाइनल जितेपछि नै तुहियो, नभन्दै मेरो खुट्टा भाँचिएको रहेछ । दर्शकको हौसलाले गर्दा नै रजत पदक जित्न सके,’ मंगल भन्छन् । यही सागमा सर्वाधिक पदक जित्ने खेलाडी बनेकी गौरिका सिंहले आफूले जितेको पहिलो स्वर्ण नेपाली दर्शकप्रति समर्पित गरिन् । म्याराथनमा स्वर्ण पदक जितेका किरणसिंह बोगटी सागको मार्चपासमा नेपाली दर्शकहरूले गरेको स्वागतबाट आफू ऋणी बनेको र त्यसकै गुण तिर्नका लागि पनि स्वर्ण पदक जित्ने हौसला प्राप्त भएको बताउँछन् । 

सागकै एक फुटबल खेलमा नेपाली खेलाडी माल्दिभ्ससँग १–० ले पछि परेका थिए । नेपाली दर्शकको हौसलाका कारण नेपाली खेलाडीले अन्तिम नतिजा २–१ को जितमा परिणत गरे । टिमका गोलकिपर विकास कोथुले आफ्नो गृहमैदानमा यति धेरै दर्शकको अगाडि धेरै वर्षपछि खेल्न पाएका कारण हौसला धेरै नै बढेको प्रतिक्रिया दिए । यस्ता किसिमका उदाहरण यस सागमा धेरै नै देखियो । आखिर एउटा प्रश्नको उत्तर भने अझै अनुत्तरित नै छ, के दर्शकको समर्थनले सफलता हात पर्छ त ?

यो विषयमा खेलअनुसार विभिन्न खेलको सर्वेक्षण भएका छन्, जसमा दर्शकहरूको पूर्ण साथ हुँदा खेलाडीहरूको खेल्ने शैलीमा भन्दा उनीहरूको क्षमतामा ५० प्रतिशत वृद्धि हुन्छ भनेका छन् । कुनै पनि रंगशाला जसको क्षमता ५० हजारभन्दा बढी हुँदा र त्यहाँ रहेका ८० प्रतिशत दर्शकले पूर्ण समर्थन गर्दा खेलाडीहरूको क्षमतामा उक्त वृद्धि भएको जनाइएको छ । कतिपय खेलाडीलाई गृहमैदानमा हुने दर्शकको चिच्याहटले हतास गर्ने गरेको पनि सर्वेक्षणमा पाइयो । यस्ता चिच्याहटले उनीहरूको उत्साह बढ्नु भन्दा आफूमा भएको कौशलले पनि सही समयमा काम गर्न नसकेको देखाएको छ । 

गृहमैदानको दर्शकको चिच्याहट वा आफ्नो टिममा गरेको अत्यधिक समर्थनले रेफ्रीहरूलाई पनि हतास गर्ने गरेको पाइयो । कतिपय अवस्थामा गृह टिमको सपोर्ट गर्ने दर्शकको अत्यधिक चिच्याहटका कारण रेफ्रीहरूले गृह टिमको विपक्षमा गर्नैपर्ने निर्णयहरू पनि लिन नसकेको देखिन्छ भने कतिपय अवस्थामा विपक्षीलाई दिनै नपर्ने निर्णय पनि दिनुपर्ने बाध्यतामा हुन्छन् । त्यसैले विश्वको खेलकुद क्षेत्रमा फुटबलमा दर्शकलाई सधैं १२ औं खेलाडीका रूपमा हेरिन्छ । किनकि उनीहरूको उपस्थिति र समर्थनले खेलको परिभाषा पनि कहिलेकाहीं परिवर्तन गर्न सक्ने देखिन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik