• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
लिग चम्काउने चुनौती
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

हिमेशरत्न बज्राचार्य

लिग चम्काउने चुनौती
पुस १४, २०७६

लिग यस्तो फुटबलको प्रतियोगिता हो, जसको आयोजना नगरेर सुखै छैन । लिगबिना कुनै पनि देशको फुटबल विकास नै हुन सक्दैन, यो सिद्धान्त र नियमजस्तै छ । यो त सबैलाई छर्लङ्ग थाहा भएको तथ्य पनि हो, तर यसको आयोजना उत्तिकै जटिल पनि छ, त्यसैले सजिलो छैन लिग गर्न । केही दिन मात्र होइन, केही सातामा पनि सकिने हुन्न, लिग । नकआउट प्रतियोगिता भएको भए, आयोजना सुरु भएको भर्खरजस्तो लाग्न सक्छ, तर तुरुन्तै सकिन्छ । 

तर लिग एकपल्ट सुरु भएपछि कहिले पो सकिने हो, व्यग्र प्रतीक्षा गर्नुपर्ने हुन्छ । त्यत्तिको लामो हुन्छ, यो । अहिले सहिद स्मारक लिगको ‘ए’ डिभिजन चलिरहेको छ । यसको दोस्रो चरण सकेर अहिले तेस्रो चरणका खेल भइरहेका छन् । प्रतियोगितामा सहभागी कुल १४ टिमको आधारमा एकले अर्कोसँग एक एक खेल खेल्ने आधारमा यसपल्टका लिग १३ चरण चल्नेछ । त्यसको अर्थ नियमित खेल हुँदा पनि प्रतियोगिता अझै कम्तीमा दुई महिना मज्जाले चल्नेछ, अझ त्योभन्दा पनि बढी समय लाग्न सक्नेछ । 

अनि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले ठ्याक्कै यस्तै महसुस गर्दाे हो, लिग गर्न कति धेरै गाह्रो पो रहेछ । एन्फाले दुई चरणका खेल सकिँदा अझ धेरै गुनासो सहनुपरेको छ, विशेषत: व्यवस्थापन पक्षलाई लिएर । टालटुले पाराले काम गर्ने एन्फाको शैलीका कारण धेरैलाई चित्त बुझ्दैन । त्यसमाथि पूरा नेपाली फुटबललाई लिएर दुई ठूला आरोप लागेको छ । पहिलो, नेपाली फुटबलको स्तर खस्केको छ, यो स्तरले नेपाली फुटबल माथि जान सक्दैन । 

दोस्रो, लिग हेर्न दर्शक नै आएनन् । खालि खालि दशरथ रंगशालामा फुटबल खेल्नु–खेलाउनुको मज्जा नै के र ? भर्खरै सकिएको १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले पुरुष फुटबलमा स्वर्ण जित्न पनि सफल रह्यो । यसक्रममा नेपालले पस्केको फुटबल केही हदसम्म स्वादिलो पनि थियो । नेपालले खेलेका लगभग सबै खेलमा दर्शकको कमी थिएन । लगभग पूरा भरिएको रंगशालामै नेपालले आफ्ना खेल खेलेको थियो । त्यति बेला गज्ज्बको माहौल तयार भएको थियो । 

तर यस्तै माहौलको सानो अंश पनि साग सकिएर तुरुन्तै आयोजना भएको लिगमा किन देखिएन त ? फेरि पनि त्यसको उत्तर हो, लिग फुटबल सर्वथा फरक छ । लिग फुटबल मज्जाले चल्न त्यसका लागि इतिहास र परम्परादेखि संस्कृति पनि चाहिन्छ । आजको आजै लिग गरेर त्यसले तुरुन्तै सफलता र लोकप्रियता पाउने होइन । भूकम्पपछि पाँच वर्ष लिग हुन सकेन । पोहोर लिगको सुरुवात त भयो, तर त्यसमा पनि रेलिगेसन नै थिएन् । 

त्यो त लिगको मर्ममाथि नै प्रहार थियो । अझ भनौं, त्यो कलंकको लिग थियो । त्यसै कारणले यसपल्टको लिगले त्यसको कुनै स्वामित्व ग्रहण गर्न सकेन । नेपालमै पनि ०६० सालयता लिग खुबै लोकप्रिय भएको थियो । लिगका खेल हेर्ने भनेपछि मरिमेट्ने दर्शक तयार भइसकेका थिए । मनाङ–मस्र्याङ्दी, थ्री स्टार र पुलिसजस्ता टिम मैदानमा उत्रनुपथ्र्यो, आयोजकको सबैभन्दा ठूलो तनाव हुन्थ्यो, दर्शकको व्यवस्थापन कसरी गर्ने हो भनेर । 

तर ती सबै स्थिति भूकम्पपछि हराए । थ्री स्टारको अहिलेका प्रशिक्षक मेघराज केसीले भनेजस्तै नेपालमा अहिले ३० जना खेलाडीको हाराहारीमा एकखाले स्तरीय खेलाडीको समूह छ । ती खेलाडीले एकै टिमबाट खेल्दा त ठिक्कको फुटबल पस्कने सक्ने हुन सक्छ । तर ती सबै खेलाडी छरिएको स्थितिमा कुनै एक खास टिम राम्रो भन्ने अवस्था नै हुन्न । जति बेलासम्म उत्तिकै राम्रो स्तरमा फुटबल खेल्ने ठूलो जमातको खेलाडी तयार हुन्न, देशको फुटबल उँभो लाग्दैन । 

त्यसैले यसपल्ट लिगमा जति पनि खेल भए, ती सबैले पस्केको फुटबल तल्लो स्तरको छ । न त कुनै टिमले आहा भन्न लायक आक्रमण बुनेको छ, न त कुनै टिमले ओहो कति राम्रो छ भन्ने रणनीति पस्कन सकेको छ । तर एउटा तथ्यमा सबै के सहमत हुनु पर्छ भने एन्फाले कडा मेहनत गर्ने हो र लगातार लिगको आयोजना गर्ने हो भने त्यो माहौल नेपाली फुटबलमा फेरि फर्कनेछ, जति बेला लिग फुटबल नै सबैभन्दा बढी लोकप्रिय हुनेछ । चुनौती नै हो, लिग फुटबल चम्काउने । 

करोडौंको लगानी

लिग फुटबलको अर्को विशेषता हो, यो उत्तिकै खर्चालु पनि छ । अहिलेको लिगलाई मात्र भनेर प्रत्येक एउटा क्लबले ७० लाखदेखि एक करोड रुपैंयासम्म खर्च गर्नेछन् । आयोजक एन्फाले मात्र प्रतियोगिता सञ्चालनमा ६ करोड रुपैयाँको हाराहारीमा खर्च गर्नेछ । यस्तोमा यो लिगका सबै बजेट जोड्ने हो भने पनि २० करोड रुपैयाँभन्दा बढी हुनेछ । धेरैलाई लाग्न सक्छ, यति धेरै रकमको खर्च गरेर लिग चलाउनु कतै अनुत्पादक त हुन्न ? 

यसको उत्तर हो— हुन्न । यसको पहिलो उत्तर त के हो भने लिगबिना कुनै पनि देशको फुटबल अगाडि नै बढ्न सक्दैन । दोस्रो उत्तर के भने लिगको व्यवस्थापन चुस्त र दुरुस्त हुनुपर्छ, यो लगानी पनि मज्जाले उठ्छ । यसका स्रोत हुन्, प्रायोजकदेखि दर्शकबाट उठ्ने रकम । अनि टेलिभिजन प्रसारणको बिक्री पनि । अझ लिगलाई राम्रो व्यवस्थापन मात्र दिन सक्नुपर्छ, यसले नाफा खान सक्छ । विश्व फुटबलका ठूला लिगले सिकाएको पाठ यही हो । 

लिगको मुख्य प्रायोजकका रूपमा एन्फाले कतार एयरवेजसँग १ लाख ५० हजार अमेरिकी डलरको अनुबन्ध गरेको छ । लिगमा सहभागी सबै क्लबको अलग–अलग आफ्नै प्रायोजक छ । यी प्रायोजक २० लाख रुपैयाँदेखि माथिका छन् । थ्रीस्टारको मुख्य प्रायोजक रुस्लान रहेको छ अनि सहायक प्रायोजक एडिडास । मुख्य प्रायोजक नरहेर पनि एडिडासले थ्रीस्टारसँग २५ लाख रुपैयाँको अनुबन्ध गरेको छ । तय छ, थ्रीस्टारले प्रायोजकबाट राम्रै साथ पाएको छ । 

फेरि एन्फाले पनि प्रत्येक क्लबलाई तयारीकै लागि भनेर २० लाख रुपैयाँ अलगै दिएको पनि छ । यस्तोमा चुनौती हो, क्लबमै पनि उत्तिकै राम्रो व्यवस्थापनको आवश्यकता । के नेपालमा क्लबका व्यावसायिक व्यवस्थापनले प्रवेश पाइसकेको छ त ? छैन । यो अर्को चुनौती भयो । लिगले दर्शकलाई तान्न सक्यो भने उत्तिकै आम्दानी हुन्छ । एउटा ‘सेल आउट’ खेलबाट नै कम्तीमा पनि ५० लाखभन्दा माथि कमाउन सकिन्छ । उपयुक्त समय हुन्छ, फ्लडलाइटमा खेल हुन्छ भने यो सर्वथा सम्भव उपाय हो । 

खेलाडी कति महँगा ?

लिग राम्रो हुन सबैभन्दा उत्तिकै महत्त्वपूर्ण पक्ष हो, व्यावसायिक अब्बल दर्जाका खेलाडी । खेलाडीले खेलेरै राम्रो कमाउन सक्छ भने किन अरू थोककै बढी ध्यान दिन्छ र ? जति बेला नेपालमा लिग फुटबल लोकप्रिय थियो, त्यति बेला खेलाडीले मज्जाले कमाउन थालेका थिए । केही खास खेलाडी ६० सालतिरै महिनामा १ लाख रुपैयाँका हाराहारीमा कमाउन थालेका थिए । त्यति बेला यतिसम्म भन्न थालिएको थियो, सीधा बल प्रहार गर्न सक्नेको भाउ पनि महिनाको ३० हजार । 

तर यी सबै भूकम्पपछि कता हो कता हुने गरेर हराए । एक समय कस्तोसम्म स्थिति भयो भने फुटबल खेलाडीहरू बेरोजगार हुन थाले, पलायनको स्थिति आयो । केही राष्ट्रिय स्तरकै खेलाडी पनि अरबतिर लागे । लिग भएन भने हुने स्थिति यस्तै हो । त्यो अर्थमा यसपल्टको लिगमा पनि खेलाडीले राम्रो भाउ पाएका छैनन् । नेपाली फुटबलमा खेलाडी र क्लबबीचको अनुबन्ध पारदर्शी हुने गर्दैन । एन्फाले ध्यान दिनुपर्ने यो अर्को विषय भयो । 

तर यही कारणले खेलाडीले कति कमाउने गरेका छन्, त्यसको ठ्याक्कै विवरण छैन । राष्ट्रिय टिमबाट खेलेकै खेलाडीको अनुबन्ध पनि २५–३० हजारको हाराहारीमा छ । कम्तीमा कागजले यस्तै देखाउने गर्छ । त्यसलाई छाडेर टेबलमुनिबाट खेलाडीले कति पाउने गर्छन्, त्यो तिनै क्लब र खेलाडीलाई मात्र थाहा छ । लिग लगातार हुनुपर्छ, सबै पक्षको व्यवस्थापन पनि राम्रो हुनुपर्छ, त्यो दिन पनि फेरि टाढा छैन, जति बेला खेलाडीले फुटबल खेलेरै फेरि महिनामै राम्रै कमाउने छन् । 

विदेशी खेलाडीको प्रभाव

नेपालको लिगमा उपाधिको होड हुँदा निर्णायक एउटा तत्त्व विदेशी खेलाडीको प्रभाव हो । सबैलाई थाहा छ, यसपल्टको लिग त्यही क्लबले जित्नेछ, जसका लागि उसका विदेशी खेलाडीले राम्रो खेल्छन् । पुलिस क्लबका प्रशिक्षक हुन्, पुराना खेलाडी अनन्त थापा । उनले प्रस्ट भनेका छन्, विदेशी खेलाडीको खेल नै लगभग निर्णायक पक्ष हो भनेर । दु:ख के भन्दा पुलिस मात्र होइन, आर्मी र एपीएफले विदेशी खेलाडी उतार्न सक्दैन, त्यसैले यी तीन विभागीय टिम लिगमा कमजोर हुने गर्छन् । 

मनाङले आर्मीविरुद्धको दोस्रो चरणको खेलमा चार विदेशी खेलाडी उतारेको थियो । बढीमा चार विदेशी खेलाडी नै उतार्ने अनुमति छ । त्यो खेल मनाङले जित्यो पनि । उपाधिको होडमा रहेको थ्री स्टारसँग विदेशी खेलाडीको कमी छैन । यस्तो अधिकांश खेलाडी अफ्रिकी मुलका हुने गर्छन्, विशेषत: क्यामरुन, नाइजेरिया, घाना, आइभरिकोस्टतिरका । यी कति राम्रा खेलाडी हुन् र किन नेपाल आएर खेल्छन्, त्यो पनि प्रश्न छ । कतै नबिकेर नेपालमा खेल्न आएका त होइनन् ? 

अथवा फुटबलभन्दा पनि उनीहरूको रुचि अन्यत्र नै त छैन ? ठूलो डर लुकेको छ, यसमा । तर एउटा तथ्य यो पनि निश्चित छ, यी खेलाडी हाम्रा नेपाली खेलाडीमाथि हाबी भने हुने गर्छन् । विदेशी खेलाडीमै टिकेर प्रत्येक क्लबको प्रदर्शन आधारित हुने गरेको छ । यसपल्ट उपाधिको महत्त्वाकांक्षी देखाएको च्यासलमा जापानी खेलाडी छ, फ्रेन्ड्समा भने ब्राजिली खेलाडी । यी खेलाडीले कति कमाउने गर्छन्, त्यो पनि पारदर्शी छैन । 

खालि एउटा न्यूनतम सर्त हो, यी खेलाडीले वर्क परमिट भने लिनैपर्छ । फेरि त्यही ०६० सालतिर फर्कने हो भने नेपालमै खेल्न भनेर केही राम्रा विदेशी खेलाडी आइसकेका थिए । सायद यसपल्ट त्यत्तिको दर्जाका खेलाडीले लिग खेल्न छैनन्, तर यो पनि सर्वमान्य तथ्य हो, कुनै पनि देशको लिग राम्रो हुन विदेशी खेलाडी चाहिन्छ नै । लिग खेल्न उत्तिकै राम्रा विदेशी खेलाडी आउने छन् भने त्यसको फाइदा नेपाली फुटबललाई नै हुने हो, नेपाली खेलाडीले नै सिक्ने अवसर 

पाउने हो । 

अन्त्यमा के हो भने एन्फाले स्तरीय लिगका लागि लगातार प्रयास गर्नुपर्छ र यसले ढिलो–चाँडो रंग देखाउने नै छ । लिग राम्रो हुन्छ त समग्र नेपाली फुटबल पनि राम्रो हुन्छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बारम्बार भन्ने गरेका छन्, जति बेलासम्म क्लब बलियो हुन्न, त्यति बेलासम्म नेपाली फुटबल पनि बलियो हुन्न । उनी आफैं हिमालयन शेर्पाका अध्यक्ष हुन् । नेपाली क्लब बलियो हुनु भन्नुको अर्थ फेरि लिग बलियो हुनु भन्न नै त हो ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik