• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
मिसन ‘वान डे विश्वकप’
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

हिमेशरत्न बज्राचार्य

मिसन ‘वान डे विश्वकप’
माघ १९, २०७६

 

टीयू मैदानको सबैभन्दा ठूलो विशेषता हो, यहाँ दर्शकको कहिल्यै अभाव नहुनु । त्यसको अर्थ के भन्दा टीयू मैदानमा माथिल्लो दर्जाको क्रिकेट हुनुपर्छ, दर्शक हजारौं संख्यामा पुग्ने गर्छन् र मैदान आफैं आइकोनिक हुनेछ, नेपाली खेलकुदमै । 

अबको साता दिन नेपाली खेलकुद इतिहासकै एउटा ठूलो कोसेढुंगा उपलब्धिका रूपमा सम्झिइनेछ, किनभने यो समय नेपालले आफ्नो घरेलु मैदानमा पहिलोपल्ट खेल्दैछ— आधिकारिक वान डे क्रिकेट । नेपाली क्रिकेटको इतिहास निकै लामो छ, यसलाई खोज्न थाल्ने हो भने हामी राणाशासनसम्मै पुग्नुपर्ने हुन्छ । तर, उपलब्धिका आधारमा नेपाली क्रिकेटको इतिहास उत्तिकै छोटो पनि छ, दुई दशकभन्दा केही बढी समयको । यसै क्रममा एउटा ठूलो उपलब्धि थपिन लागेको हो, यसपल्ट । 

औपचारिक रूपमा नेपालले वान डे टिमको मान्यता पाएयता आफ्नै घरेलु मैदानमा खेल्न लागेको यो पहिलोपल्ट हो । र, प्रतियोगिता रहेको छ, त्रिकोणात्मक सिरिजका रूपमा । नेपालसँगै सहभागी टिम रहेका छन्, ओमान र अमेरिका । एउटा टिमले अर्को टिमसँग दुईपल्ट खेल्नेछन् । त्यो अर्थमा कुल ६ खेल हुनेछ, प्रत्येक टिमले चार–चार खेल खेल्नेछन् । माघ २२ मा नेपाल र ओमानबीचको खेलसँगै सिरिज सुरु हुनेछ भने माघ २९ मा नेपाल र अमेरिकाबीचको खेलसँगै सिरिज टुंगिनेछ । 

त्यो अर्थमा अबको केही दिन नेपाल फेरि एकपल्ट क्रिकेटमय हुनेछ । सिरिज कुल आठ दिन चल्नेछ र त्यति बेला सबैको ध्यान केन्द्रित हुनेछ, टीयू मैदानमा । नेपाली क्रिकेट समर्थकका लागि त यो पर्वकै रूपमा रहने निश्चित छ । नेपालले यसअघि खेलेका केही प्रतियोगिताका क्रममा नेपालमा क्रिकेटको ज्वरो अकासिएको थियो, विशेषत: ट्वान्टी–२० विश्वकपका बेला । तय छ, यसपल्ट पनि नेपालमा फेरि एकपल्ट क्रिकेटको चर्चा व्यापक ढंगले चुलिनेछ । 

नेपालले अहिलेसम्म ६ वान डे खेलेको छ र यो दुई सिरिजबाट सम्भव भएको हो । नेपालले पहिलो वान डे सिरिज नेदरल्यान्ड्सविरुद्ध सन् २०१९ मा खेलेको थियो । त्यसमा दुई खेल भएका थिए, त्यसमध्ये एक नेदरल्यान्ड्सले जित्यो भने अर्को नेपालले । सन् २०१९ मा नेपालले दोस्रो सिरिज खेलेको थियो, युएईविरुद्ध । त्यसमा समावेश चार खेलमध्ये दुई युएईले जित्यो भने दुई नेपालले । यी दुवै नेपालले आफ्नो घरबाहिर खेलेको सिरिज रहे, अब भने आफ्नै भूमिमा खेल्न लागेको हो । 

नेपाली टिमको नेतृत्व गरिरहेका छन्, ज्ञानेन्द्र मल्लले । उनी आफैं पनि नेपाली भूमिमा पहिलोपल्ट वान डे हुन लागेकोमा खुसी छन् र गर्व महसुस गरिरहेका छन् । यसअघिका कप्तान पारस खड्काले नेतृत्व छाडेपछि ज्ञानेन्द्रले यो ऐतिहासिक अवसर पाएका हुन् र यसलाई अविस्मरणीय बनाउन चाहन्छन् । उनले मिडियासँगको कुराकानीमा भनेका छन्, ‘सिरिज ठूलो अवसरका रूपमा आएको छ र यो नेपाली क्रिकेट अगाडि बढ्ने मौका पनि हो ।’

सिरिजकै लागि भनेर टीयू मैदानमा स्तरोन्नतिका लागि काम भइरहेको हुनाले नेपाली टिमले केही दिन पोखरामा अभ्यास गरेको थियो । साता दिनअगाडि मात्र नेपाली टिम काठमाडौं फर्केको हो र टीयूमा अभ्यासको मौका पाएको हो । नेपाली टिमका प्रशिक्षक हुन्, उमेश पटवाल । उनी पनि सिरिजलाई निकै महत्त्वको मान्छन् र धारणा राख्छन्, ‘नेपाली क्रिकेटसामु ठूलो अवसर प्राप्त भएको छ र यो सिरिज विश्वकपको अन्तिम छनोटमा सीधै प्रवेशको अवसर पनि हो ।’

अवसर र चुनौती दुवै

प्रशिक्षक पटवालले भनेजस्तै यो सिरिज तीन टिमबीचको खेल मात्र होइन, यो त हो— ‘वान डे विश्वकप’ छनोटको यात्रा । यो सिरिज वल्र्डकप क्रिकेट लिग टुअन्तर्गत हुन लागेको हो । यो चार वर्षको कार्यक्रम हो, जुन् २०१९ देखि २०२२ सम्म चल्नेछ । नेपालले भने यसमा पहिलोपल्ट खेल्न लागेको हो, बाँकी सबै टिमले यसअघि नै यसअन्तर्गतको सिरिज खेलिसकेका छन् । नेपालका लागि यो सिरिज अवसर र चुनौती दुवैका रूपमा रहेको छ र यो नै हो, वान डे विश्वकपमा छनोट हुने बाटो पनि ।

वल्र्डकप क्रिकेट लिग टुमा कुल सात टिम छन् । त्यसमध्ये यसअघि नै वान डे मान्यता प्राप्त टिम हुन्, नेपालसँगै स्कटल्यान्ड र युएई । अरू टिम भने डिभिजन टु बाट माथि उक्लेका हुन् र तिनलाई पनि वान डे टिमको मान्यता प्राप्त छ । यी हुन्— नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका । प्रतियोगितामा अहिलेसम्म भइसकेका सिरिजपछि अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ भने ओमान आठ अंकसहित चौथो स्थानमा रहेको छ । 

त्यसबीच स्कटल्यान्ड ९ अंकमा दोस्रो र नामिबिया ८ अंकमा तेस्रो स्थानमा छ । कुनै खेल नखेलेको नेपाल छैटौंमा छ । पाँचौंमा रहेको युएईको ७ अंक छ । पपुवा न्युगिनीले आठ खेल खेलेर कुनैमा पनि जित निकाल्न सकेको छैन र अंकविहीन स्थितिमा पुछारमा रहेको छ । वल्र्डकप क्रिकेट लिग टुका सबै खेल सकिएपछि त्यसको शीर्ष तीन टिमले सन् २०२२ को क्रिकेट वल्र्डकप क्वालिफायर खेल्नेछन् । अरू टिम भने रेलिगेसनमा पर्नेछन् र तिनले खेल्नेछन्, सन् २०२२ मै आईसीसी क्रिकेट वल्र्डकप प्ले अफ । 

पछिल्लो समय अमेरिका र नामिबिया निकै बलिया टिमका रूपमा अगाडि आएका छन् र यही कारणले उनीहरू बलियो स्थितिमा छन्, विशेषत: अमेरिका । अमेरिका आफूले खेलेका ८ खेलमा ६ मा विजयी भएको छ । यी दुवै टिम बलियो हुनुपछाडिको एउटै कारण हो, उनीहरूको टिमबाट अन्य देशबाट आएका खेलाडीले खेल्नु । अमेरिका र ओमान दुवै टिममा आप्रवासी खेलाडीको प्रभुत्व रहेको छ, भारत र पाकिस्तानदेखि दक्षिण अफ्रिकी खेलाडीसम्म । 

आइकोनिक हुँदै टीयू मैदान

विश्व क्रिकेटको नक्सा तयार पार्ने हो भने अब त्यसमा कीर्तिपुरको टीयू मैदान पनि उल्लेख हुनेछ, किनभने यही मैदानले नेपाली भूमिमा पहिलोपल्ट आयोजना गर्दैछ, वाने डे अन्तर्राष्ट्रिय क्रिकेट । नेपाली खेलकुद भनेपछि त्यससँग ठ्याक्कै जोडिएर आउने गर्छ, दशरथ रंगशाला । त्रिपुरेश्वरको यो मैदानमा तीनपल्ट दक्षिण एसियाली खेलकुद आयोजना भइसकेको छ । त्यसमध्ये १३ औं संस्करणको साग त भर्खर मात्रै आयोजना भएको हो । 

यही दशरथ रंगशालाले फुटबलको सबै ठूला–साना प्रतियोगिता आयोजना गर्दै आएको छ, त्यसमा फुटबलका विश्वकप, एसियाकप, ओलम्पिक छनोटसम्म पनि पर्छन् । अब टीयू मैदानका पनि उत्तिकै महत्त्व हुनेछ, जति दशरथ रंगशालामा हुनेछ । जसरी दशरथ रंगशालासँग फुटबल जोडिने गर्छ, त्यसै गरेर टीयू मैदानसँग क्रिकेट जोडिन्छ । टीयू मैदानको इतिहास भने लामो छैन, क्रिकेट मैदानका रूपमा खालि दुई दशकभन्दा केही बढी समय मात्रै हो । 

तर यही मैदान धेरै अगाडिदेखि विभिन्न खेलकुदका लागि भने प्रयोग हुन्थ्यो । सन् १९८३ मा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना हुँदा पनि यो मैदान प्रयोग भएको थियो । यसपल्टको सागका क्रममा पनि यो मैदान प्रयोगमा आयो, पुरुष क्रिकेटका लागि । सन् १९९८ मा पहिलोपल्ट नेपालमा एसीसी ट्रफी भएको थियो र त्यसै बेलादेखि यसले अहिलेको विशिष्ट रूप लिन थाल्यो । त्यसको एक वर्षपछि नै यहाँ टेम्पो लेजेन्ड कप भएको थियो ।

यो टीयू मैदानको सबैभन्दा ठूलो विशेषता हो, यहाँ दर्शकको कहिल्यै अभाव नहुनु । त्यसको अर्थ के भन्दा टीयू मैदानमा माथिल्लो दर्जाको क्रिकेट हुनुपर्छ, दर्शक हजारौं संख्यामा पुग्ने गर्छन् र मैदान आफैं आइकोनिक हुनेछ, नेपाली खेलकुदमै । जति बेला टीयूले वान डे क्रिकेटको आयोजना गर्नेछ, त्यति बेला पनि दर्शकको कमी हुनेछैन । खासमा यो नै नेपाली क्रिकेटको एउटा ठूलो गर्विलो विशेषता हो । यही कारणले त हो, टेस्ट क्रिकेट खेल्ने केही देशको तुलनामा नेपालमा क्रिकेट बढी लोकप्रिय छ भन्ने प्रमाण । 

सिरिजमा सहभागी हुने नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, मोहम्मद आरिफ सेख, विनोद भण्डारी, अभिनास बोहरा, सुशान्त भारी, रोहितकुमार पौडेल, शरद भेषवाकर, ललितनारायण राजवंशी, कुशल मल्ल र कमलसिंह एैरी ।

अमेरिकी टिम

शौरभ नेट्रावाल्कर (कप्तान), स्टेभेन टेलर, करिमा गोरे, इयान होल्यान्ड, अक्षय होमराज, एलमोरे हटिचनसन, आरोन जोन्स, नोस्थुस केन्जिगे, जेभिएर मार्सल, मोनांक पटेल, तिमिल पटेल, निसराग पटेल, क्यामरोन स्टेभेन्स र रस्टी थेरन । 

ओमानी टिम

सिंजसान मक्सुद (कप्तान), अक्युब इलियास, जतिन्दर सिंह, खवार अली, सनुथ इब्राहिम, सुरज कुमार, महुम्मद नसिम, सन्दीप गौद, मुहम्मद नदिम, जय ओडेडा, बादल सिंह, अहमद फैज बट, कलिमुल्लाह र बिलाल खान ।

नजर पारसमाथि

पारस खड्काले लामै समय नेपाली क्रिकेट टिमको नेतृत्व सम्हाले । एक प्रकारले उनले समग्र नेपाली क्रिकेट नै हाँके भन्दा हुन्छ । निकै विस्तृत भूमिकामा थिए, पारस । महत्त्वपूर्ण खेलाडी र कप्तान त भयो नै । छनोटकर्तादेखि प्रतियोगिताका आयोजकसम्म पनि । नेपाल क्रिकेट संघ (क्यान) को अस्तित्व प्रतिबन्धबाट गुज्रिरहेको स्थितिमा उनी धेरै फरक–फरक भूमिकामा देखिनु स्वाभाविक पनि थियो, अझ समयको माग थियो भन्दा हुन्छ । 

तर अझ परिस्थिति फेरिएको छ । र, फेरिएका छन्, पारस पनि । केही समयअगाडि मात्र हो, उनले कप्तानी छाडेको । जुन दिन क्यानले आकार पाउने तय भएको थियो, त्यही दिन उनले नेतृत्वबाट राजीनामा दिए । त्यो धेरै अर्थमा अपेक्षित थियो । प्रश्न थियो, पारसले कहिलेसम्म नेपाली टिमबाट खेलिरहनेछन् ? डर थियो, कतै उनले खेल्न छाड्ने त होइन ? तय छ, नेपाली क्रिकेट टिमलाई अझै उनको उत्तिकै आवश्यकता छ ।

धन्न, उनले खेल्न छाडेका छैनन् र टिममा अझ बढी योगदान दिन तयार छन् । उनी कप्तान छैनन्, त्यसैले उनीमाथि जिम्मेवारी पनि धेरै घटेको छ । उनले आफूले आफैंलाई हल्का महसुस गरिरहेका छन् । त्यसो भनेको उनी क्रिकेटमा मस्त रमाइरहेका पनि छन् । त्यसको अर्थ उनी पूर्णत: आफ्नो खेलमा केन्द्रित हुन सक्छन् । त्यसको अर्थ के पनि हो भने उनले एक खेलाडीका रूपमा अझ राम्रा प्रदर्शन गर्न सक्छन् । अपेक्षा त यही हो । 

औपचारिक रूपमै उनले भनिसकेका छन्, टिमका लागि सबै खाले भूमिकाका लागि उनी तयार छन्, त्यसो भनेको उनी प्रारम्भिक ब्याट्सम्यानका रूपमा देखिन सक्छन् । अलराउन्डर भएको आधारमा उनको बलिङबाट पनि अपेक्षा हुने नै छ । उनी पनि मान्छन्, नेपाली भूमिमा वान डे अन्तर्राष्ट्रिय क्रिकेट हुनु आफैंमा ठूलो हो । यो त सुरुवात हो, अझ यसले विकसित रूप लेओस, उनी यही चाहन्छन् । पारसमाथि सबैको नजर हुनेछ, अनि शुभकामना पनि । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik