• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
गेल हंगामा नेपाल आएर खेल्ने विदेशी खेलाडी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

हिमेशरत्न बज्राचार्य

गेल हंगामा नेपाल आएर खेल्ने विदेशी खेलाडी
माघ २६, २०७६

अहिलेको विश्व फुटबलका सबैभन्दा ठूलो दुई स्टार हुन्— अर्जेन्टिनी लियोनल मेसी र पोर्चुगाली क्रिस्टियानो रोनाल्डो । उनीहरूमध्ये कसैले नेपाली घरेलु फुटबल खेल्यो भने कस्तो होला ? मेसी र रोनाल्डो जत्तिकै चर्चित अन्य केही खेलाडी इजिप्टका मोहम्मद सलाहदेखि ब्राजिलका नेयमारले नेपालमा खेल्ने कुनै सम्भावना छ त ? यसको स्पष्ट उत्तर हो— छैन ।

नेपाली फुटबलले यस्तो हुन्छ भनेर त सोच्न पनि सक्दैन । फुटबल र क्रिकेटको तुलना हुन्न । यी दुई फरक खेल हुन् । यी दुई खेलको समानता के भने फुटबल र क्रिकेट नेपालमा सर्वाधिक लोकप्रिय खेल हुन् । केही समय अगाडिसम्म पनि कसैले वेस्ट इन्डिजका क्रिस गेलले नेपाली घरेलु क्रिकेटमा खेल्नेछन् भन्दा त्यसलाई पनि विश्वास गर्न सकिन्नथ्यो । भनिन्थ्यो होला, जसरी मेसी र रोनाल्डोले नेपाली घरेलु फुटबलमा खेल्ने सम्भावना छैन, त्यसरी नै गेल पनि नेपालमा आउनेछैनन्, क्रिकेट खेल्न ।

तर नेपाली क्रिकेटले अविश्वसनीय रूपमा यति बेला कोल्टे फेरेको छ । गेलले एभरेस्ट प्रिमियर लिगमा पोखरा राइनोजका लागि खेल्ने भएका छन् । आधुनिक विश्व क्रिकेटका सबैभन्दा ठूला नाम हुन्, क्रिस गेल । अचेलको क्रिकेट ट्वान्टी–२० क्रिकेटको हो, अझ भन्दा फ्रेन्चाइज ट्वान्टी–२० क्रिकेटको । यी गेल यही ट्वान्टी–२० क्रिकेटमा राज गरिरहेका छन् । उनले नेपालमा खेल्नु मेसी अथवा रोनाल्डोले नेपालमा फुटबल खेल्नुजत्तिकै हो ।

यही वर्षको मार्च १४ मा एभरेस्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण सुरु हुनेछ र गेल उद्घाटन खेलमा पोखराका लागि मैदानमा उत्रनेछन् । त्यति बेला नेपाली क्रिकेटमा एउटा उपलब्धि थपिनेछ । नेपाली क्रिकेटले नयाँ कोसेढुंगासहित परिचय पाउनेछ । विश्वमै पनि अब नेपालको क्रिकेटबारे चर्चा हुनेछ । एकपल्ट गेलले नेपाली क्रिकेटलाई आफ्नो गन्तव्य बनाएपछि उनी जत्तिकै राम्रा अन्य खेलाडीका लागि ढोका खुल्नेछ ।

जुन दिन गेलले पोखराबाट खेल्ने भए भनेर सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा घोषणा भयो, त्यसको भोलिपल्ट नेपाली सञ्चारमाध्यममा ठूलो कभरेज भयो । विदेशी समाचार संस्थाले समाचार लेखे, विशेषत: फ्रान्सेली समाचार संस्था एएफपीले । क्रिकेट लोकप्रिय रहेका देशका अधिकांश मिडियाले यो समाचारलाई कुनै न कुनै रूपमा स्थान दिए । 

त्यसो त, नेपालकै लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिगमा खेलेर तहल्का मच्चाएका थिए । त्यसयता उनले ठूला फ्रेन्चाइज क्रिकेट लिग खेले । पारस खड्काले पनि यस्तै फ्रेन्चाइज क्रिकेट अबुधाबीमा खेले । तर यति बेला गेलजस्ता खेलाडी नेपालमै आएर खेल्ने प्रसंगले हंगामा मच्चाएको छ । 

अविश्वसनीय कदम

केही दिनअगाडि मात्र हो, ईपीएलका आयोजकले एउटा नयाँ नियम ल्याएको । यसलाई लिएर धेरै खाले विवाद निस्के । नयाँ नियम थियो, यसपल्टको प्रतियोगितामा कुनै पनि विदेशी खेलाडीले खेल्न पाउनेछैन । जसले यसअघि भएका धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग खेलेका थिए । धेरैको आरोप थियो, यो ईपीएलले आफूजस्तै अरू दुई प्रतियोगितालाई कम स्तरको हो भनेर देखाउन खोजेको हो । तर, यसले गेलजस्ता खेलाडी आउने ढोका खोलिदियो । 

पोखरा टिमका मालिक हुन्, दीपा अग्रवाल । उनी पनि मान्छिन्– जे भयो, त्यो अहिलेसम्म पनि विश्वास गर्न गाह्रो छ । उनी भन्छिन्, ‘ट्वान्टी–२० क्रिकेटको पर्याय रहेका गेलले हाम्रो टिमबाट खेल्ने भएका छन् । यसले जति चर्चा पाउनेछ, त्यो हाम्रै टिममा मात्र सीमित हुनेछैन । यसले नेपाली क्रिकेट र समग्रमा देशकै लागि फाइदा हुनेछ । उनी जत्तिको लेजेन्डरी खेलाडीसँग खेल्न पाउँदा सबैले धेरै सिक्न सक्छन् ।’

ईपीएलका कार्यकारी निर्देशक आमिर अख्तर पनि उत्तिकै मक्ख छन् । एक प्रकारले पूरा घटनाक्रममा उनको सबैभन्दा निर्णायक भूमिका छ । उनकै भाषामा गेललाई नेपालमा खेल्न तयार पार्न पनि एक महिनाभन्दा बढीको समय चाहिएको थियो । गेल जत्तिको खेलाडीको कुरा क्रिकेटमै मात्र सीमित राखेर हेरिनु हुन्न । यो त क्रिकेट भन्दा पनि परको कुरा हो । उनी भन्छन्, ‘गेलको आगमनले सबैभन्दा फाइदा हुने भनेको नेपाली क्रिकेटलाई नै हो ।’

यसपल्टको ईपीएलसँगै नेपालमा आएर खेल्ने अरू खेलाडी को–को हुन् त ? अहिलेसम्म अगाडि आएका सबैभन्दा ठूला नाम हुन्, असिम अमला । उनले कुन टिमबाट खेल्ने हो, त्यो भने टुंगो लागेको छैन । उनको सम्भावना पोखराकै टिमबाट हो । बरु, ड्वायन स्मिथले भैरहवा ग्लाडियटर्सबाट खेल्ने निश्चित भइसकेको छ । यस्तै मोहम्मद सहजादले चितवन टाइगर्स र उपुल थरंगाले ललितपुर प्याट्रियसबाट खेल्दैछन् । काठमाडौं किंग्स इलेभेनमा पुरानै खेलाडी केभिन ओ’ब्राइन छँदैछन् ।

क्रिस गेल

एक प्रकारले भन्ने हो भने विश्व क्रिकेटलाई टाढैबाट पछ्याइरहेका लागि पनि क्रिस गेल उत्तिकै परिचित नाम हो । उनको आगमनबारे आयोजित पत्रकार सम्मेलनमा उनले बोलेको रेकर्डेड क्लिप पनि देखाइएको थियो । त्यसमा उनी आफ्नो स्वभावअनुसार रंगीन र बिन्दास देखिएका थिए । उनलाई विश्व क्रिकेटमा ‘बोस’ नामले पनि चिनिन्छ । उनले आफैंलाई पनि विश्व ट्वान्टी–२० क्रिकेटका बोस भनेका छन् ।

उनले क्लिपमा भनेका छन्, ‘गेलको विस्फोटक ब्याटिङका लागि तयार रहनु । यो वास्तवमै निकै उत्साहजनक हुनेछ । नेपालमा सबैसँग चाँडै भेटांैला ।’ जमैकामा जन्मेका गेलले वेस्ट इन्डिज टिमको नेतृत्व पनि सम्हाले । उनले अहिलेसम्म क्यारेबियन टिमका लागि १ सय ३ टेस्ट खेलेका छन् । यस्तै ३ सय १ वान डे र ५८ ट्वान्टी–२० पनि । वास्तवमै उनी क्रिकेटको कान्छो शैलीमा महारथ प्राप्त खेलाडी हुन् । उनको खेलको विशेषता नै हो, विस्फोटक ब्याटिङ ।

उनको ब्याटले बोल्ने भाषा भनेकै छक्का र चौका हो । उनले धेरै देशका फ्रेन्चाइज क्रिकेटमा खेलेका छन् । त्यसमध्ये सबैभन्दा ठूलो इन्डियन प्रिमियर लिगमा भने उनले कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बेंगलोर र किंग्स इलेभेन पञ्जाबका लागि खेलिसकेका छन् । उनी उत्तिकै महँगा खेलाडी पनि हुन्, अनि लोकप्रिय पनि । उनी ४० वर्षका भइसके, तर माग उत्तिकै छ । बेंगलोरका लागि उनले बनाएको १ सय ७५ रनको प्रदर्शन कसले पो बिर्सन सक्छ र ?

हसिम अमला

कोही पनि क्रिकेट खेलाडीले सय टेस्ट खेलेको छ भने उसका लागि अर्को परिचयको आवश्यकता नै छैन । हसिम अमला यस्तै खेलाडी हुन् । उनले दक्षिण अफ्रिकाका लागि १ सय २४ टेस्ट खेलेका छन् । त्यति मात्र होइन, उनले १ सय ८१ वान डे र ४४ ट्वान्टी–२० पनि खेलेका छन्, दक्षिण अफ्रिकाका लागि । उनले टेस्टमा ९ हजार र वान डेमा ८ हजारभन्दा बढी रन बनाएका छन् । यो तथ्यांकले नै देखाउँछ, उनी कत्तिको खेलाडी हुन् भनेर ।

रंगभेदका कारण दक्षिण अफ्रिका लामो समय विश्व खेलकुदबाट टाढा रह्यो । सन् ९० तिर यसले फेरि अन्तर्राष्ट्रिय खेलकुदमा प्रवेश गरेको हो । त्यसयता दक्षिण अफ्रिकी क्रिकेटले पाएका सबैभन्दा राम्रा माथिल्लो क्रमका ब्याट्सम्यानमा उनको नाम पनि आउने गर्छ । त्यसैले त उनले त्यति धेरै अवसरमा आफ्नो देशको प्रतिनिधित्व गर्ने अवसर पाए । दक्षिण अफ्रिकी टिमको नेतृत्व पनि गरेका ३६ वर्षीय अमलाले सन् २०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए ।

त्यसयता उनले आफूलाई फ्रेन्चाइज क्रिकेटमा केन्द्रित गर्ने प्रयास गरेका छन् । सन् २०१६ मा इन्डियन प्रिमियर लिगमा किङ्स इलेभेन पञ्जाबबाट खेलेका अमलाले क्यारेबियन प्रिमियर लिगमा ट्रिनिडाड नाइट राइडर्सबाट पनि खेले । यस्तै उनले सन् २०१८ मा दक्षिण अफ्रिकी माजन्सी सुपर लिगमा डरबन हिट्सको प्रतिनिधित्व गरे । भर्खरै मात्र उनले पाकिस्तानी सुपर लिगमा पेसावर जाल्मीको मेन्टरका रूपमा अनुबन्ध गरेका छन् ।

ड्वायन स्मिथ

उनी त्यो जमानाका वेस्ट इन्डिज खेलाडी हुन्, जति बेला त्यहाँको टेस्ट क्रिकेट ओरालो लाग्दै थियो, त्यतिबेला यिनै वेस्ट इन्डिजका खेलाडीले ट्वान्टी–२० क्रिकेटमा तहल्का मच्चाइरहेका थिए । भलै वेस्ट इन्डिज विश्व क्रिकेटमा पहिलेको जस्तो शक्तिशाली रहेन । तर जति बेला छोटो संस्करणको क्रिकेट आउने गर्छ, त्यति बेला सबैभन्दा पहिले सम्झिने भनेको वेस्ट इन्डिजकै खेलाडी हुन् । यही पुस्ताका खेलाडी हुन्, ड्वायन स्मिथ ।

शारीरिक रूपमा निकै शक्तिशाली देखिने ३६ वर्षीय स्मिथले खालि १० टेस्ट मात्र खेल्न पाए । बरु यसको तुलनामा उनले वान डे बढि खेले, १ सय ५ । यस्तै उनले वेस्ट इन्डिजका लागि ३३ ट्वान्टी–२० मा प्रतिनिधित्व गरे । बारबाडोजका यी खेलाडीको सबैभन्दा ठूलो विशेषता हो, अलराउन्ड प्रदर्शन । उनको ब्याट जति चल्ने गर्छ, बलिङ पनि उत्तिकै घातक हुने गर्छ । त्यसैले पनि फ्रेन्चाइज क्रिकेटमा उनको माग बढेको हो ।

स्मिथले इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्स, डेकन चाजर्स, चेन्नाइ सुपर किङ्सका लागि खेले । सन् २०१२ मा उनले मुम्बइका लागि चेन्नाईविरुद्धको खेलमा अन्तिम तीन बलमा एक छक्का र तीन चौका प्रहार गरे र खुबै चर्चित बने । त्यति बेला मुम्बईलाई जितका लागि अन्तिम तीन बलमा १४ रन चाहिएको थियो । उनले पाकिस्तानी सुपर लिगमा पनि खेलेका छन्, इस्लामाबाद युनाइटेडका लागि । यस्तै उनले क्यानाडामा पनि खेलिसकेका छन् ।

मोहम्मद साहजाद

विश्व क्रिकेटमा अफगानिस्तानको प्रवेश भएको धेरै भएको छैन । लामो समय आन्तरिक कलह र युद्धमा रुमलिएको अफगानिस्तानले गम्भीर रूपमा क्रिकेट खेल्न थालेको हिजैजस्तो लाग्छ । तर, छोटो समयमै अफगान क्रिकेटले लामो यात्रा तय गरिसकेको छ र उसका केही खेलाडी फ्रेन्चाइज क्रिकेटमा खुबै चम्किएका छन् । यस्तै एक खेलाडी हुन्, मोहम्मद साहनाज । उनी प्रारम्भिक ब्याट्सम्यान त हुन नै, त्यसमाथि विकेट किपर पनि ।

शारीरिक रूपमा उनी केही मोटो देखिन्छन् । तर, उनको फुर्तिलो खेलमा कुनै शंका छैन् । त्यो अर्थमा उनी निकै उपयोगी खेलाडी हुन् । उनले अफगानिस्तानका लागि २ टेस्ट, ८४ वान डे र ६५ ट्वान्टी–२० खेलेका छन् । उनले सन् २०१६ मा बंगलादेश प्रिमियर लिगमा रंगपुर राइडर्सका लागि खेले । सन् २०१८ यता भने उनी चिटगाउँ भिकिङ्समा आबद्ध छन् । उनी अफगानिस्तान प्रिमियर लिगमा भने पाकिस्तानका लागि खेल्छन् ।

उपुल थरंगा

श्रीलंकाली क्रिकेटले पछिल्लो समय पाएका सबैभन्दा राम्रा खेलाडीमध्ये एक हुन्, उपुल थरंगा । उनी अब्बल दर्जाका खेलाडी थिएनन् भने उनले श्रीलंकाली टिमको नेतृत्व पनि गर्ने थिएनन् । उनले श्रीलंकाका लागि ३१ टेस्ट खेलेका छन् । यस्तै उनको नाममा २ सय ३५ वान डे र २६ ट्वान्टी–२० क्रिकेट पनि रहेको छ । उनको सबैभन्दा ठूलो विशेषता हो, सीमित ओभरको क्रिकेटका लागि उपयुक्त खेलाडी । यसमा उनले आफ्नो परिचय पनि बनाएका छन् ।

थरंगा सात अवसरमा वान डे क्रिकेटको दोहारो शतकीय साझेदारीमा सहभागी भइसकेका छन्, जुन आफैंमा कीर्तिमान हो । उनलाई अहिलेसम्म पनि श्रीलंकाली क्रिकेट टिमकै एक सदस्यका रूपमा लिए पनि हुन्छ । यी बायाँहाते प्रारम्भिक ब्याट्सम्यान आक्रामक सुरुवातका लागि पनि परिचित छन् । उनले सन् २०१८ मा श्रीलंकाको एसएलसी ट्वान्टी–२० क्रिकेटमा कोलम्बोबाट खेलेका थिए । उनी त्यस टिमको उपकप्तान पनि थिए ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik