• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
शुसन र कुशलको उदय
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

हिमेशरत्न बज्राचार्य

शुसन र कुशलको उदय
फाल्गुन ४, २०७६

नेपाली क्रिकेटका ‘लेजेन्ड’ हुन्, शक्ति गौचन । उनको धेरै इच्छामध्ये एउटा थियो, नेपालका लागि वान डे क्रिकेट खेल्ने । उनले त्यो इच्छा पूरा पनि गरे, नेदरल्यान्ड्सविरुद्धको सिरिजमा । लगत्तै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास पनि लिए । यो त विश्व क्रिकेटका लागि आफैंमा एउटा अनौठो संयोग हो । डेब्युलगत्तै सन्यासको । 

जति बेलादेखि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय मञ्चमा तहल्का मच्चाउन सुरु गरेको थियो, त्यो समयका खेलाडी हुन्, बायाँहाते स्पिनर गौचन । उनकै दुई चेलाले नेपालका लागि वान डे क्रिकेटमा डेब्यु गरेपछि उनी फेरि चर्चा आएका छन् । आईसीसी क्रिकेट वल्र्ड कप लिग–टुअन्तर्गतको त्रिकोणात्मक सिरिज भर्खरै सकिएको छ । त्यस सिरिजमा सबैको नजरमा पर्न सफल युवा खेलाडी हुन्– स्पिनर शुसन भारी, अनि अलराउन्डर कुशल मल्ल । शक्तिले खेलेको एक वर्षभन्दा बढी समयपछि उनकै चेला वान डे क्रिकेट खेल्ने भए । र, यो हो– नेपाली क्रिकेटमा सुरु भएको पुस्ता हस्तान्तरणको संकेत । 

शक्तिले लगभग डेढ दशक सक्रिय खेलाडीका रूपमा नेपाली क्रिकेटमा बिताए । जति बेला खेलाडीका रूपमा सक्रिय थिए, उनको प्रशिक्षकको जीवन पनि सुरु भइसकेको थियो, समानान्तर रूपमा । उनले आफ्नै घर भैरहवामा एकेडेमी स्थापना गरेको पनि लामै समय भइसकेको छ । अब त यस एकेडेमीबाट राम्रा खेलाडी निस्कने दिन पनि सुरु भइसकेको छ र यसको सबैभन्दा बलियो प्रमाण शुसन र कुशल हुन् । यी दुई युवा खेलाडीको बाक्लो चर्चा चल्दा शक्ति कसरी पो छुट्न सक्छन् र ? 

आफ्नो डेब्यु र अन्तिम दुवै खेलपछि उनले भनेका थिए, अब पालो नयाँ पुस्ताकै हो । हुन पनि अबको केही समयमा नेपाली क्रिकेट पूर्णत: नयाँ पुस्तामा जानेछ । उनीहरूको भूमिका तथा जिम्मेवारी उत्तिकै महत्त्वपूर्ण हुनेछ, नेपालको वान डे क्रिकेट टिमको मान्यतालाई टिकाइरहने । त्यसकै एउटा पाइलाका रूपमा रहेको छ, यो सिरिज । त्यसको पहिलो खेलमा नेपाल र ओमान भिडेका थिए र त्यसमा डेब्युको अवसर पाए शुसनले, अनि यसक्रममा उनले सबैको मन पनि जिते । 

त्यो खेलमा नेपाल पराजित रह्यो, तर शुसनको खेलले धेरैको मन जित्यो । त्यस खेलमा ओमानले पहिले ब्याटिङ गरेको थियो र उनले पूरा १० ओभरमा १४ रन मात्र खर्चे र एक ओभर मेडन पनि राखे । यसक्रममा उनले तीन विकेट लिए । नेपाली बलमध्ये सबैभन्दा प्रभावशाली उनकै प्रदर्शन रह्यो । जहाँ करणले चार विकेट त लिए तर महँगा सावित भए, त्यहीं शुसनले निकै कन्जुस्याइँपूर्ण बलिङ प्रदर्शन गरे । 

नेपालले प्रयोग गरेका छ बलरमध्ये उनी नै सबैभन्दा बढी किफायती रहे । पछि उनले ब्याटबाट नेपालका लागि ८ रनको योगदान दिए । यो उनका लागि स्वप्निल डेब्यु नै रह्यो । उनको यो प्रदर्शन कुनै अर्थमा संयोग मात्र थिएन । अमेरिकाविरुद्ध प्राप्त दोस्रो खेलको जितमा पनि शुसन बलबाट उत्तिकै चम्के । उनले १० ओभरमा फेरि एकपल्ट एक मेडन राखे र ४३ रन खर्चे । यसबीच उनी फेरि एकपल्ट आफ्नो स्लो लेफ्ट आर्म अर्थोडक्स बलिङको मद्दतले तीन विकेट लिन सफल रहे । 

यही खेलमा कुशलले पनि डेब्युको अवसर पाए र पक्का अलराउन्डरको छवि प्रस्तुत गर्न सक्षम रहे । सुरुमा उनले ब्याटबाट ५० रन बनाए, त्यो पनि खालि ५१ रनमै । यसक्रममा उनी बने, नेपालका लागि सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने ब्याट्सम्यान । त्यसमाथि उनी नेपालका लागि वान डे क्रिकेटमा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बने, १५ वर्ष ३ सय ४० दिनमा । यसअघि यो कीर्तिमान रोहितकुमार पौडेलको नाममा थियो । 

कुशलले बनाएको त्यो अर्धशतक विशेष पनि रह्यो, किनभने जति बेला उनी क्रिकेटमा उत्रेका थिए, नेपालको स्थिति राम्रो थिएन । अझ दयनीय भन्दा हुन्छ । नेपालले ४९ रन मात्र बनाउँदा ५ विकेट गुमाइसकेको थियो । लागिरहेको थियो, नेपाल निकै कमजोर स्कोरमा सीमित हुनेछ, तर उनले अनुभवी विनोद भण्डारीसँग मिलेर ८४ रनको ठोस साझेदारी गरे । यसैको मद्दतले नेपालले १ सय ९० रनको स्कोर खडा गर्न सक्यो र यो नै अमेरिकामाथि नेपालको जितको आधार बन्यो । 

पछि उनले अमेरिकाविरुद्ध बलिङ गर्दा पनि आफूलाई उत्तिकै प्रभावशाली सावित गरे । उनले पूरा १० ओभरको बलिङ अवसर पाए र त्यसमा एक विकेट पनि लिए । उनको डेब्यु पनि उत्तिकै स्वप्निल रह्यो । आफ्नो प्रदर्शनलाई लिएर कुशल खुसी भने उत्तिकै थिए, तर त्यसलाई शब्दमा बयान गर्ने बानी भने उनले बनाइसकेका रहनेछन् । मिडियाको सामना गर्दा अधिकांश समय उनी हाँसेर नै बसे । खासमा यो हाँसोमा उनको उमेर पनि लुकेको थियो ।

बल्लतल्ल उनले भने, नेपालका लागि खेल्ने सपना थियो, अब त्यो पूरा भएको छ । अब भनिरहनु पर्दैन, यी दुई खेलाडीको प्रदर्शनमा सबैभन्दा खुसी कोही थिए भने ती उनै गुरु शक्ति थिए । नहुन् पनि किन र ? यसबारे मिडियामा आएको उनको प्रतिक्रिया भने गज्जबले परिपक्व थियो । शक्तिका अनुसार शुसन र कुशलले प्राप्त गरेको यो अवसर केही दिन र वर्षको मेहनतले सम्भव भएको होइन । यसका लागि उनीहरूले लामो समय परिश्रम गरेका छन् । शुसनले त खेल्न थालेको पनि १२ वर्ष भयो, कुशलले क्रिकेटमा बिताएको समय भने त्यसको आधा ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik