• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
क्रिकेटको  खस्कँदो स्तर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

हिमेशरत्न बज्राचार्य

क्रिकेटको  खस्कँदो स्तर
चैत्र १, २०७६

 

विश्व क्रिकेटमा कुनै टिमको प्रदर्शन नाटकीय ढंगले खस्कियो भने प्राय: केन्याको उदाहरण दिने गरिन्छ । भन्ने गरिन्छ, ‘केन्याली क्रिकेटको जस्तो हालत कसैको नहोस् ।’ कुनै समय केन्यालाई विश्व क्रिकेटमा उदाउँदो देश मानिएको थियो । बंगलादेश अहिलेको स्थितिमा नभएका बेला केन्याकै दबदबा चल्थ्यो । यसैक्रममा उसले सन् १९९६ को वान डे विश्वकपको सेमिफाइनल यात्रा पनि तय गरेको थियो । 

तर, चर्को क्रिकेट राजनीतिक र कमजोर घरेलु ढाँचाका कारण केन्याली क्रिकेट यति नराम्रोसँग खस्कन थाल्यो कि केही वर्षमा यसको विश्व क्रिकेटमा लगभग अस्तित्व नै रहेन । अहिले क्रिकेटमा बंगलादेशले चमत्कारी प्रगति गरिरहँदा केन्या भने बल्लतल्ल फेरि माथि उठ्ने प्रयास गर्दैछ । भर्खरै भएको इस्टर्न रिजन प्रतियोगितामा नेपालको अत्यन्त खराब प्रदर्शनपछि नेपाली क्रिकेट समर्थकले भन्न थालेका छन्, ‘हाम्रो स्थिति केन्याको जस्तो नहोस् ।’

 नेपाली क्रिकेटको राजनीति अझै उस्तै खराब छ । नेपाली टिमभित्र पनि फुट र टकरावको स्थिति तयार भइसकेको छ । नेपाली क्रिकेटमा आएको खराब स्थितिलाई थाइल्यान्डमा भएको उक्त प्रतियोगिताले प्रमाणित गरिदिएको छ । एसियाकप छनोटका रुपमा रहेको उक्त प्रतियोगिता सुरु हुनुअघि नेपाल नै उपाधिका लागि सबैभन्दा बलियो प्रत्यासी थियो । हङकङ, सिंगापुर, मलेसिया र थाइल्यान्ड सम्मिलित प्रतियोगिता नेपालले नै जित्नु पर्ने हो, तर त्यस्तो भएन । 

प्रतियोगिताका क्रममा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ट्वान्टी–२० क्रिकेटमा आफ्नो सय विकेटको व्यक्तिगत उपलब्धि त हात पारे, तर टिमको प्रदर्शन भने ‘हातमा लाग्यो शून्य’ भयो । आफ्नो अन्तिम लिग खेल अगाडि नै नेपाल प्रतियोगिताबाट बाहिरिसकेको थियो । यसरी फेरि एकपल्ट एसियाकप खेल्ने नेपालको सपना टुटेको छ । यो पीडाले नेपाली क्रिकेटलाई लामो समय सताउने निश्चित छ ।

नेपालको प्रशिक्षक रहेका उमेश पटवालले राजीनामा दिएपछि बैंककमा टिमको जिम्मा पाएका थिए, जगत टमाटाले । आप््mनो पारिश्रमिकमा चर्को कर लागेपछि चित्त बुझाउन नसकेका पटवालको प्रदर्शनलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) समेत खुसी थिएन भनिन्छ । उनकै कारण नेपाली क्रिकेटको स्तर खस्केको समेत आरोप लागेको छ । 

उनी बिना नेपालको टिम जिम्मा लिने निर्विकल्प उम्मेदार रहेका टमाटाले प्रतियोगिताको अन्त्यमा कडा प्रतिक्रिया दिए । उनको दाबी थियो, ‘नेपाली खेलाडी टिमको जर्सी लगाउनसमेत योग्य देखिएनन् ।’ आफ्नो देशका लागि खेलिरहँदा नेपाली खेलाडीले गर्वानुभूत गर्न नसकेको उनको आरोप थियो । उनले हाकाहाकी भने, ‘आफ्नो देशका लागि खेलिरहेका खेलाडीले जिम्मेवारी महसुस गर्नै पर्छ ।’

प्रतियोगिताको पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भयो । दशकभन्दा बढी समयपछि मलेसियाविरुद्ध कुनै पनि स्तरको क्रिकेटमा नेपाल पराजित भएको थिएन । लगत्तै भएको हङकङविरुद्धको खेलमा पनि नेपालको प्रदर्शन उत्तिकै नाजुक रह्यो । जहाँ नेपाल ४३ रनले पराजित भयो । प्रतियोगिताकै कमजोर थाइल्यान्डविरुद्ध नेपाल नौ विकेटले विजयी त भयो, तर त्यसको कुनै पनि अर्थ रहेन । सिंगापुरविरुद्धको नेपालको अन्तिम खेल वास आउट नै भयो ।

एक्कासी नेपाली क्रिकेटको स्तर यसरी खस्किएको होइन । नेपाली टिमको प्रदर्शन ओरालो लाग्न थालेको धेरै भयो । ट्वान्टी–२० विश्वकपको छनोटमा पटवालले सबैभन्दा पहिले नेपाली टिमको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्दै गर्दा भनेका थिए, ‘आफ्नो पहिलो उद्देश्य नेपाललाई विश्वकपमा छनोट गराउनु हो ।’ तर, नेपाल सफल भएन । त्यसपछि उनको अर्को प्रतिक्रिया आयो, ‘सायद नेपाली क्रिकेटको स्तर नै विश्वकप छनोट हुने खालको थिएन ।

 

अहिले नेपाली टिमका कप्तान हुन्, ज्ञानेन्द्र मल्ल । क्यानमा चुनावबाट नयाँ नेतृत्व आएपछि कप्तान पारस खड्काले राजीनामा दिएका थिए । अहिले उनी खेलाडीको भूमिकामा भने कायम छन् । खड्काले नेतृत्व छाडेयता नेपाली टिमको प्रदर्शनमा नाटकीय रुपमा कमजोरी देखा पर्न थालेको हो । थाइल्यान्डबाट फर्केपछि उनले नेपाली क्रिकेट समर्थकसामु माफी पनि मागे । उनी पनि मान्छन्, ‘अहिले नेपाली क्रिकेटमा नैराश्यताको स्थिति छ ।’

उनले भनेका छन्, ‘कहाँनिर के गलत भइरहेको छ, त्यसको उत्तर मसँग पनि छैन । कसैलाई दोष दिने ठाउँ पनि छैन ।’ घरेलु क्रिकेटमा बढीभन्दा बढी ट्वान्टी–२० क्रिकेट भएका कारण वान डे क्रिकेटमा नेपालको प्रदर्शन खराब भएको आरोप थियो । अहिले त ट्वान्टी–२० क्रिकेटमै पनि नेपालको प्रदर्शन निकै खराव हुन थालेको छ । थाइल्यान्डमा नेपालले ६ वर्षयता सबैभन्दा खराब खेलेको थियो, क्रिकेटको कान्छो स्वरूपमा । 

अहिलेका कप्तान ज्ञानेन्द्र र उनको समूहसँग सन्दीपको सम्बन्ध राम्रो नभएका कारण पनि क्रिकेटमा समस्या बढिरहेको छ । थाइल्यान्डमा खराब प्रदर्शनपछि सन्दीपले पनि ‘नेपाली क्रिकटमा राम्रो हुन नसकेको’ बताएका थिए । उनको तर्क थियो, ‘अब सबै एकै स्थानमा बसेर समाधान निकाल्नु पर्छ ।’ पछि उनले आफ्नो भनाइको गलत अर्थ लगाइएको बताएका थिए ।

अब क्यानले गम्भीर निर्णय गर्नुपर्ने स्थिति आएको छ । पारसकै शब्दमा ‘अब क्यानले के गर्नेछ, त्यो हेर्नुपर्ने छ ।’ त्यसमाथि यसै साताबाट सुरु हुने एभरेस्ट प्रिमियर लिग पनि रद्द भइसकेको छ, कोरोना भाइरसको डरले । यसले पनि नेपाली क्रिकेटलाई अझ ठूलो धक्का दिएको छ । सायद यो प्रतियोगिता भएको भए नेपाली क्रिकेटबाट केही राम्रो सन्देश जाने थियो । तर जे नहुनु थियो, भइसक्यो । अब नेपाली क्रिकेटको स्तरोन्नतिका लागि गम्भीर चिन्तनको खाँचो छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik