• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
ओलम्पिकमा ओझेल परेका खेलहरू
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

ओलम्पिकमा ओझेल परेका खेलहरू
चैत्र १०, २०७६

ओलम्पिक यस्तो साझा खेलकुद प्रतियोगिता हो, जहाँ विश्वका सबै देशका खेलाडी समान हैसियतमा सहभागी हुन पाउँछन्, तर प्रतियोगिता सुरु भएको १ सय २४ वर्षमा केही खेललाई भने जति प्रयास गरे पनि सहभागी गराउन सकिएको छैन । केही खेलले प्रतियोगितामा सहभागी हुने अवसर पाए पनि निरन्तरता पाउन सकेनन् भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यताप्राप्त केही खेल पनि प्रतियोगितामा सहभागी हुन पाएका छैनन् । विभिन्न कारण ओलम्पिक प्रतियोगितामा ओझेल परेका वा पारिएका खेलहरू :

क्रिकेट

१ सय २० वर्षअघि फ्रान्सको पेरिसमा भएको ओलम्पिक प्रतियोगितामा क्रिकेट खेललाई पहिलो पटक समावेश गरिएको थियो । उक्त प्रतियोगितामा ब्रिटेन र फ्रान्सले मात्र सहभागिता जनाएका थिए । त्यसपछि अहिलेसम्म क्रिकेटले ओलम्पिकमा स्थान पाएको छैन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सन् २०२४ मा हुने ओलम्पिकमा क्रिकेटलाई सहभागी गराउन प्रयास गरिरहेको छ । तर, बीसीसीआईसँगको मतभेदका कारण टुंगिएको छैन ।

फुटसल

इन्डोर फुटबलका रूपमा चिनिने फुटसललाई पनि ओलम्पिकमा सहभागी गराउन धेरै प्रयास भयो । सन् १९८९ मा पहिलो पटक फुटसलको पुरुष विश्वकप आयोजना भएको थियो भने सन् २०१० देखि महिलाको विश्वकप फुटसल हुन थाल्यो । तर, यो खेलले अझै ओलम्पिक प्रतियोगितामा प्रवेश पाएको छैन । फिफाले सन् २०१६ मा रियो डि जेनेरियोले आयोजना गरेको ओलम्पिक प्रतियोगितामा यो खेललाई समावेश गर्न धेरै दबाब दिएको थियो, तर सफल भए । सन् २०२४ मा हुने ओलम्पिकमा फुटसललाई सहभागी गराउन थप दबाब दिने तयारी भएको जनाइएको छ ।

ब्रिज

तासको पत्तीमार्फत खेलिने ब्रिज खेलले पनि ओलम्पिकमा स्थान पाउन निकै प्रयास गर्‍यो । सन् १९९५ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमार्फत खेलकुदको मान्यता पाएपछि ब्रिजलाई यस वर्ष जापानमा हुने ओलम्पिक प्रतियोगितामा सहभागी गराउन निकै प्रयास भयो, तर सफल भएन ।

मोटरस्पोर्ट्स 

मोटरस्पोर्ट्स विश्वको लोकप्रिय खेलको सूचीमा पर्छ । सन् १९०० मा पेरिसमा आयोजना भएको ओलम्पिक प्रतियोगितामा मोटरस्पोर्ट्सलाई प्रदर्शन खेलका रूपमा राखिएको थियो । पछि यो खेल फर्मुला वान स्पोर्ट्सका रूपमा विश्वमा सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा देखा पर्न थाल्यो । अहिले पनि विश्वमा मोटरस्पोटर््सका धेरै प्रतियोगिता आयोजना हुने गरेका छन् । मोटरस्पोटर््सले ओलम्पिक प्रतियोगितामा सहभागी हुने धेरै पटक प्रयास गरेको थियो । तर, ओलम्पिक कमिटीका तत्कालीन अध्यक्ष ज्याकुस रोग्सले ‘ओलम्पिक खेलकुद भनेको खेलाडीहरूको क्षमता र कुशलता मापन गर्ने प्रतियोगिता हो, वस्तुहरूको क्षमता नाप्ने होइन’ भन्दै अस्वीकार गरेका थिए । 

चेस

सन् १९२० मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले खेलका रूपमा मान्यता दिएपछि सन् १९२४ मा पेरिसमा भएको ओलम्पिक प्रतियोगितामा चेसलाई सहभागी गराउने योजना बनाइएको थियो । त्यतिबेला खेलाडी छनोटको मापदण्ड बनाउने विषयमा विवाद भएपछि चेस ओलम्पिक प्रतियोगितामा सहभागी हुन पाएन । अहिले विश्वका १ सय ४० देशमा विभिन्न किसिमका प्रतियोगिता भइरहेको यो खेललाई विश्व चेस फेडेरेसनले ओलम्पिकको मान्यताअनुसार पनि प्रतियोगिता गरिरहेको छ । तर, चेसले अझै ओलम्पिकमा समावेश हुने मौका भने पाएको छैन ।

फुटबल 

अमेरिकन फुटबलको नामले चर्चामा रहेको यो खेलले सन् १९०४ मा अमेरिकाको सेन्ट लुइस र सन् १९३२ मा लस एन्जल्सले आयोजना गरेको ओलम्पिक प्रतियोगितामा प्रदर्शन खेलका रूपमा सहभागी हुने मौका पाएको थियो । अमेरिकामा अत्यधिक लोकप्रिय यो खेललाई अहिले आईएफएफले वल्र्ड च्याम्पियनसिपको पनि आयोजना गर्दै आएको छ । यसपटक टोकियोमा आयोजना हुन लागेको ओलम्पिक प्रतियोगितामा समावेश गरिने नयाँ खेलहरूमा यो खेललाई पनि समावेश गर्नुपर्छ भनेर आवेदन परेको थियो, तर पनि यसपटकको ओलम्पिक प्रतियोगितामा यो खेल छनोटमा पर्न सकेन ।

बीच सकर 

ओलम्पिक प्रतियोगितामा बीच भलिबलले मान्यता पाएपछि बीच सकरले पनि मान्यता पाउनुपर्ने आवाज उठ्यो । सन् २०११ मा फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरले सन् २०१६ मा ब्राजिलको रियो सहरमा भएको ओलम्पिकमा बीच सकरलाई समावेश गर्न अनुरोध गरेका थिए । तर, उनको अनुरोधलाई ओलम्पिक कमिटीले अहिलेसम्म सुनवाइ गरेको छैन ।

उसु 

चीनको मूल खेलका रूपमा रहेको उसुले पनि अझैसम्म ओलम्पिक खेलकुद प्रतियोगितामा समावेश हुन पाएको छैन । ओलम्पिक प्रतियोगितामा उसु खेलले प्रदर्शन खेलका रूपमा समावेश हुने मौका भने सन् १९३६ मा बर्लिनामा आयोजना भएको प्रतियोगितामै पाएको थियो । तत्कालीन जर्मनीका चान्सलर हिटलरको अनुरोधमा उसुलाई उक्त खेलमा समावेश गरिएको थियो । त्यसपछि सन् २००८ मा चीनको बेइजिङमा भएको ओलम्पिक प्रतियोगितामा यो खेललाई समावेश गर्ने भरमग्दुर प्रयास भएको थियो । आईओसीको बैठकले उसुलाई समावेश नगरे पनि चीनको संस्कृतिका रूपमा मानिने यो खेललाई समानान्तर रूपमा पहिलो पटक आयोजना गरिएको थियो, तर उक्त प्रतियोगितालाई आईओसीले भने ओलम्पिक पदकका रूपमा मान्यता दिएन । 

डान्सस्पोस्पोर्ट 

डान्सस्पोर्टसँग सम्बन्धित केही खेल : रिदमिक जिम्न्यास्टिक, आर्टिस्टिक स्विमिङले ओलम्पिक प्रतियोगितामा सहभागिता गर्न पाएको धेरै वर्ष भइसक्यो । सन् १९९७ मा महासंघ गठन भएपछि डान्सस्पोर्टले ओलम्पिकमा सहभागी हुन व्यापक प्रयास गर्‍यो, तर यो खेलका लागि अझै ओलम्पिकको ढोका खुलेको छैन ।

बोलिङ 

सन् १९८८ मा दक्षिण कोरियाको सिओल सहरमा आयोजना भएको ओलम्पिक प्रतियोगितामा बोलिङलाई पहिलो पटक प्रदर्शन खेलका रूपमा समावेश गरिएको थियो । प्रदर्शन खेलमा समावेश गरेपछि पछिल्लो पटक आयोजना हुने ओलम्पिक प्रतियोगितामा निरन्तरता पाउने सम्भावना बढी हुने देखिन्छ, तर बोलिङको हकमा त्यो भएन । सन् २०१६ को ओलम्पिक प्रतियोगितामा पनि समावेश गराउन वल्र्ड बोलिङले प्रयास गरेको थियो । यसमा सफल हुन नसकेपछि आगामी ओलम्पिकमा प्रवेश पाउन फेरि प्रयास गर्‍यो । आगामी ओलम्पिकमा समावेश गरिने ५ खेलको सूचीमा बोलिङ पर्न सकेन । जसका कारण बोलिङको ओलम्पिक अभियान अझै सुरु हुन सकेको छैन ।

कबड्डी 

दक्षिण एसियाली क्षेत्रमा लोकप्रिय कबड्डी खेलले ओलम्पिक प्रतियोगितामा अझै सहभागिता जनाउन पाएको छैन । सन् १९३६ मा बर्लिनमा आयोजना भएको १० औं ओलम्पिक प्रतियोगितामा कबड्डीले प्रदर्शन खेलका रूपमा सहभागी हुने मौका पाएको थियो । अहिले कबड्डीको विश्वकप प्रतियोगिता आयोजना भएपनि ओलम्पिकमा स्थान पाउन सकेको छैन । 

स्केटबोर्डिङ 

युवाहरूको अत्यधिक आकर्षण रहेको स्केटबोर्डिङले पनि अहिलेसम्म ओलम्पिक प्रतियोगितामा समावेश हुने मौका पाएको छैन । सन् २०२० मा टोकियोले आयोजना गर्ने ओलम्पिक प्रतियोगितामा समावेश गरिने ५ नयाँ खेलमा स्केटबोर्डिङले पहिलो पटक स्थान पक्का गर्न सफल भएको छ । यो खेलले समावेश हुने मौका पाएपछि ओलम्पिक प्रतियोगितातर्फ अर्को युवा वर्गको आकर्षण हुने अनुमान गरिएको छ । 

कराँते 

एक अनुमानअनुसार अहिले विश्वमा कराँते खेल्नेको संख्या १० करोड छ भने १ करोड प्रतियोगी खेलाडी छन् । यो खेलको विश्वमा १ सय ८५ वटा महासंघ र प्रत्येक महिनाजसो २ हजारभन्दा बढी प्रतियोगिता हुने गर्छ । यो खेलले पनि अहिलेसम्म ओलम्पिक प्रतियोगितामा सहभागिता जनाउन पाएको छैन । यसपटक जापानको टोकियो सहरमा आयोजना हुन लागेको ओलम्पिक प्रतियोगितामा समावेश गरिएका ५ खेलमा यसले स्थान पाउन सफल भएको छ । यो ओलम्पिकमा कराँतेको काता र कुमुतेमा ८ स्पर्धा हुने भएको छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik