साप्ताहिक संवाददाता
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गरेको वरियताक्रममा नेपाल यथास्थानमै रहन सफल भएको छ ।
फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १ सय ७०औँ स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो । गत महिना पनि नेपाल १ सय ७०औँ स्थानमै रहेको थियो । दक्षिण एशियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ८औँ स्थानमा रहँदा माल्दिभ्स १ सय ५५औँ स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेका छन् । भुटान १ सय ८९औँ स्थानमा छ भने बङ्गलादेश १ सय ८७औँ स्थानमा छ ।
त्यसैगरी पाकिस्तान २००औँ स्थानमा रहँदा श्रीलङ्का २ सय ६औँ स्थानमा रहेको छ । नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो स्थानमा छ । त्यसैगरी ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा उरुग्वे पाँचौँ स्थानमा रहेको छ ।