• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
फेरिएको खेल दैनिकी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

फेरिएको खेल दैनिकी
वैशाख १, २०७७

 

खेल र खेलाडी भनिएपछि ठ्याक्कै जोडिएर आउने गर्छ, प्रतियोगिता । खेलाडी कस्ता छन् भनेर नाप्ने एउटै औजार प्रतियोगिता न हो । प्रतियोगिताका लागि अभ्यास त चाहिने नै भयो । त्यसैले खेलाडीको दैनिकीको सबैभन्दा ठूलो विशेषता र महत्त्वपूर्ण पक्ष भनेकै अभ्यास हो । निरन्तर कडा अभ्यासले नै खेलाडीलाई निखार्ने गर्छ र त्यही अभ्यासका बेला बटुलेको अनुभव तथा कौशलताले नै त हो, प्रतियोगिता गर्ने प्रदर्शनको आधार । 

कोरोना भाइरस संक्रमणका कारण हाम्रा नेपाली खेलाडीको दैनिकी पनि फेरिएको छ, यसअघि कहिले पनि नचिताउने गरेर । देशमा लागू रहेको लकडाउनका कारण खेलाडी पनि घरमै सीमित भएका छन् । उनीहरूको नियमित रूपमा रंगशाला अथवा अन्य कुनै खेल स्थलमा जाने र अभ्यास गर्ने दैनिक अहिले छैन, त्यो त सम्भव नै रहेन् । त्यो अर्थमा नेपाली खेलाडी नियमित अभ्यास गर्न नपाएको पनि एक महिना छुन लागेको छ । 

खेलाडीलाई चिन्ता यसैमा हो । अभ्यास भएन भने फेरि पुरानै लयमा आउन खेलाडीलाई निकै लामो समय लाग्छ । अभ्यास भएन् भने खेलाडीले आफ्नै कौशलता पनि गुमाउने हुन्छ । यही डर हो, नेपाली खेलाडीको । तर, यस्तो विषम परिस्थितिमा पनि नेपाली खेलाडीले एउटा नागरिक हुनुको अर्थ बिर्सेनन् र घरमै रहे, सामाजिक दूरी कामय राखे । त्यति मात्र होइन, उनीहरूले सामाजिक सञ्जालको मदतबाट समाजलाई जाकरुक गर्न पनि बिर्सेनन् । 

नेपाली एथलेटिक्सकी सदाबहार खेलाडी हुन्, कान्छीमाया कोजु । लक डाउन सुरु भएलगत्तै उनी फेसबुकमा कोरोना भाइरस संक्रमणबारे जनचेतना जगाउन प्रस्तुत भइन्, त्यो पनि परम्परागत हाकुपटासीमा । उनी भक्तपुरकी हुन् र त्यो वेशभूषा भक्तपुरकै मौलिक थियो । उनले प्रयोग गरेको भाषा थियो, नेपाल भाषा । आफ्नो मातृभाषाको मदतले उनले विशेषत: भक्तपुर केन्द्रित भएर छरेको सन्देशलाई धेरैले मन पराए । त्यसको प्रभाव पनि राम्रै रह्यो । 

कान्छी आफैंका लागि पनि अभ्यासका लागि बाहिर जाने स्थिति थिएन्, त्यसैले उनी घरमै रहिन् र घरमै सम्भवत: सामान्य अभ्यासमा व्यस्त रहिन् । खासमा यो काम गर्ने उनी एक्ला खेलाडी पनि होइनन । पूरा विश्वमै खेलाडीले लकडाउन र सामाजिक दूरीको स्थितिमा आफूलाई घरमै सीमित राखे र घरमै अभ्यासको क्रमलाई आफू अनुकूल कायम राखे । धेरैले यसको भिडियो सामाजिक सञ्जालमा सेयर पनि गरे । नेपाली खेलाडी पनि यसमा पछाडि परेनन् । 

पछिल्लो १३ औं दक्षिण एसियाली खेलकुदमा सबैभन्दा सफल दुई खेलाडी हुन्, कराँतेका अनु अधिकारी र मनडे श्रेष्ठ । अनु त लकडाउन सुरु हुन अगाडि ओलम्पिक्स छनोटको तयारीमा थिइन् । त्यसैले खुबै व्यस्त थिइन्, मन लगाएर अभ्यास गरिरहेकी थिइन् । तर, यो सबै रोकिएको छ । अब छनोट पनि कहिले हुने हो, त्यो टुंगो छैन । तर, पनि उनको मुख्य उद्देश्य भनेको आफ्नो फिट्नेसलाई गुमाउन नदिने हो, त्यसैले उनी त्यसमै केन्द्रित रहिन् । 

उनी स्नातकोत्तर परीक्षाको तयारीमा पनि थिइन् । त्यसैले उनले आफ्नो अध्ययनलाई निरन्तरता दिइन । त्योभन्दा पनि ठूले उनी आफ्नो परिवारसँग खुबै रमाइलो मानेर बिताइरहेकी छिन् । नेपाली खेलकुदकै सबैभन्दा भलाद्मी र मिलनसार अनुका लागि परिवारलाई पर्याप्त समय दिन सक्नु पनि ठूलै उपलब्धि भएको छ । अझ भान्छाघरमा सहयोग गर्न पाएकोमा पनि उनी दंग छिन् । उनी भन्छिन्, ‘आफूलाई फिट राख्न मैले मेडिटेसनको पनि सहयोग लिइरहेकी छु ।’

मनडेले पनि सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तक सबैलाई कोरोना भाइरसको संक्रमणबाट बच्न सचेत हुन अनुरोध गरे । आफूलाई भने लकडाउनको यो समयमा फिट राख्न नै व्यस्त राखे । एक प्रकारले भन्ने हो भने उनी सेल्फ ट्ेरनिङमा केन्द्रित रहे, अर्थात् उनको रोजाइ रह्यो, स्व: अभ्यास । खासमा खेलाडीले गर्ने नै त्यही त हो । उनले पनि लकडाउनको पूर्ण पालनामा खुसी व्यक्त गरे र परिवारसँग धेरैभन्दा धेरै समय दिन पाएकोमा खुसी रहे । 

उनी जस्तै पछिल्लो दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण जित्ने खेलाडी हुन्, तेक्वान्दोकी आयषा शाक्य । दीपक विष्ट र उनको जोडी त नेपाली खेलकुदमै दुर्लभ छ । उनीहरूले पनि लकडाउनको पूर्ण पालना गर्ने काम मात्र गरेनन्, सामाजिक सञ्जालको माध्यमबाट कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने भनेर सन्दे पनि दिए । उनीहरूले संयुक्त रूपमा दिएको सन्देशको सार थियो, घरमै रह्यौं, सचेत रह्यौं, अनि स्वथ्य पनि रहौं । 

त्यही दक्षिण एसियाली खेलकुदमा नेपालका लागि पदक जितेर उत्कृष्ट प्रदर्शन गर्ने धेरै खेलाडीले आम नेपालीलाई सचेत हुने सन्देश दिनमा पटक्कै कन्ज्युसाइँ गरेनन् । चाहे, त्यसमा नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल होस, अथवा बास्केटलको राष्ट्रिय टिमका कप्तानद्वय सदीश श्रेष्ठ र सदीना श्रेष्ठ । उनीहरू सबैले केही न केही घरायसी काम गरेर आफूलाई व्यस्त राखे । यसले एकातर्फ कहिल्यै पर्याप्त समय दिएन भनेर गुनासो गर्ने परिवार पनि खुसी थियो । 

लकडाउन अगाडि सबैभन्दा बढी ब्यस्त हुने खेलाडीमा एक थिए, लिग विजेता मछिन्द्र क्लबका कप्तान विराज महर्जन । उनी लगातार चार/पाँच महिनादेखि मैदानमा ब्यस्त थिए । लकडाउनका कारण उनकै भाषामा उनी एकाएक फुर्सदिला बने । यो समयमा उनले के गरे त ? उनी खासमा आराम गरिरहेका छन् । लगातार फुटबल खेलेर एक प्रकारले उनी थाकेका थिए, त्यसैले आरामका लागि उनले निकै उपयोगी समय पाएका छन् । 

नेपाली खेलकुदका सबैभन्दा ठूला स्टार पारस खड्काले पनि कोरोना भाइरसको संक्रमण रोक्नका लागि सन्देश दिनबाट आफूलाई रोक्न सकेनन् । उनको सन्देश पनि उही थियो, घरमै रह्यौं, सचेत रहौं । उनी जस्तै नेपाली क्रिकेटका धेरै खेलाडी घरमै रहे र सक्दो आफूलाई शारीरिक रूपमा कुनै न कुनै रूपमा सक्रिय राख्न व्यस्त रहे । सबैको चिन्ता आफ्नो लय गुम्ला भन्नेमै थियो । तर, सबैले के कामना गर्न बिर्सेनन् भने नेपाली खेलकुदलाई मन पराउनेदेखि आम नेपाली सबै यो विषम परिस्थितिमा सकुशल र स्वस्थ्य रहौं, यो नै सबथोक हो । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik