साप्ताहिक संवाददाता
कोभिड–१९ का कारण ओलम्पिक एक वर्षपछि सरेपछि शक्तिबद्र्धक औषधि सेवनमा दोषी प्रमाणित भएर २०२० सम्म प्रतिबन्धमा परेका खेलाडीले खेल्न पाउने कि नपाउने भन्ने विषयमा बहस हुन थालेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को महामारी नफैलिएको भए यो वर्षको जूलाई महिनामा ओलम्पिकको ३२ औं संस्करण आयोजना हुने थियो । कोरोना भाइरसको महामारीको कारण सन् २०२० मा आयोजना हुने भनिएको टोकियो ओलम्पिक एक वर्ष सरेर सन् २०२१ को जुलाई महिनामा आयोजना हुने घोषणा भइसकेको छ ।
ओलम्पिक प्रतियोगिताको इतिहासमा ओलम्पिक प्रतियोगिता सरेको मात्र नभएर आयोजना नै नभएका धेरै घटनाहरू ओलम्पिकमा यसअघि पनि नभएको होइन । दोस्रो विश्वयुद्ध र शीतयुद्धबाट ओलम्पिक प्रतियोगिता बेला–बेलामा प्रभावित भए पनि रोगकै महामारीका कारण प्रभावित भएको भने यसपटक नै हो ।
पछिल्ला केही संस्करणदेखि ओलम्पिक प्रतियोगिता निर्धारित मितिमै आयोजना हुन थालेपछि धेरै नियमहरू ओलम्पिक प्रतियोगितालाई मध्यनजर गरेर बनाइने गथ्र्यो । यसरी नियम बनाउँदा विभिन्न महादेशको खेल तालिकादेखि खेलाडीहरूको अनुशासनसम्मका विषयहरू हेर्ने गरिन्थ्यो । कोरोना महामारीका कारण अरू देशमा पनि खेलकुद प्रतियोगिताहरू आयोजना हुन नसकेको कारण ओलम्पिक प्रतियोगिता थप केही नभएमा अहिले तोकिएकै मितिमै आयोजना हुने देखिन्छ ।
यो क्रममा अहिले ओलम्पिक एक वर्ष सरेपछि अर्को विवाद देखिएको छ । खेलाडीहरूले शक्तिबद्र्धक औषधि सेवन गरेको परीक्षण गर्ने निकायले दोषी पाएका खेलाडीहरूलाई सेवनको प्रकृतिअनुसार ओलम्पिकलाई मध्यनजर गरेर सजाय तोक्ने गरेको थियो । तर, सन् २०२० को ओलम्पिकसम्ममा प्रतिबन्धमा परेका खेलाडीहरूले अब ओलम्पिक प्रतियोगिता सन् २०२१ मा सरेपछि खेल्न पाउँछन् वा पाउँदैछन् ? यो निक्र्योल भएको छैन ।
टर्किका धावक गाम्जे बुलुटले शक्तिबद्र्धक औषधि सेवन गरेको प्रमाणित भएपछि सन् २०२० को ओलम्पिक प्रतियोगितासम्म अन्तर्राष्ट्रिय डोपिङ एजेन्सीले प्रतिबन्ध लगाएको थियो । अब ओलम्पिक प्रतियोगिता सन् २०२१ मा आयोजना हुने भएपछि उनी सहभागी हुन पाउने सम्भावना बढेको छ । तर, यो विषयमा आयरल्यान्डका रेस वाकर भन्छन्, ‘उनीहरूलाई यो ओलम्पिक प्रतियोगितासम्म खेल्न नदिन भनेर प्रतिबन्ध लगाइएको हो । यदि उनीहरूले ओलम्पिक प्रतियोगितामा सहभागी गराउने हो भन सजायको के मतलब रह्यो र ?’
लण्डन ओलम्पिकमा १५ सय मिटरमा रजत पदक जितेका बुलोटको रगत परीक्षण गर्दा दोषी पाइएको थियो । सन् २०१६ मा प्रमाणित भएपछि उनलाई ओलम्पिक प्रतियोगिताको खेल तालिकाअनुसार आगामी चार वर्षलाई भनेर प्रतिबन्ध लगाइएको थियो । जुन प्रतिबन्ध अहिले सन् २०२० को टोकियो ओलम्पिक प्रतियोगिताको समयसम्मलाई मिलाएर राखिएको थियो ।
टोकियो ओलम्पिक प्रतियोगिताको मिति सरेपछि २७ वर्षीया बुलोटलाई ओलम्पिक प्रतियोगितामा सहभागी गराउन सकिन्छ कि भनेर उनका शुभचिन्तकमा भने आशाको सञ्चार भएको छ । अहिले एक अनुमानअनुसार डोपिङ एजेन्सीले प्रतिबन्धमा राखेका २ सय खेलाडीमध्ये ४० जना जतिले यो ओलम्पिक प्रतियोगिताको मिति सरेपछि सहभागी हुन पाउने देखिएको छ । टोकियो ओलम्पिकमा समावेश भएका ३३ खेलमा ११ हजार खेलाडी सहभागी हुने अनुमान गरिएको छ ।
‘यसरी ओलम्पिक प्रतियोगिताको मिति सरेर डोपिङमा परेर प्रतिबन्ध लागेका खेलाडीहरूले सफाइ पाउने हो भने हामी जस्तो स्वच्छ छवि भएका खेलाडीहरूले कहिल्यै सफलताको मौका पाउँदैनौं’ आइरिस धावक ब्राण्डेन बोयसी भन्छन् । अहिले ब्राण्डेन यो विषयमा सामाजिक सञ्जालबाट स्वच्छ छवि भएका खेलाडीहरूको पक्षमा वकालत गरिरहेका छन् । जसमा अरू खेलका खेलाडीहरू पनि जोडिदै गएका छन् ।
डोपिङ परीक्षणमा असफल भएका खेलाडीहरूले ओलम्पिकको मिति सरेको हिसावले सहभागी हुन पाउने अन्तर्राष्ट्रिय डोपिङ एजेन्सीको पनि अहिले ध्यान खिचिएको छ । एजेन्सी प्रमुख विटोल बांकाका अनुसार डोपिङ परीक्षणमा असफल भएर सजाय पाएका खेलाडीले प्रतिबन्धको पालना गर्नैपर्छ । डोपिङमा परेका खेलाडी ओलम्पिक प्रतियोगितामा सहभागी हुन पाउने कि नपाउने भन्ने विषयमा एजेन्सीले नै निर्णय गर्ने हो ।
टोकियो ओलम्पिक प्रतियोगितामा सहभागी हुने धेरै खेलका खेलाडीहरूको छनोट भइसकेको कारण यसैलाई आधार मानेर प्रतियोगिता हुने सम्भावना पनि उत्तिकै छ । यो महामारीको अन्त भएपछि र ओलम्पिक प्रतियोगिताको आयोजना तयारीको बेला भने यो विषय प्रमुख रूपमा उठ्ने देखिएको छ ।
एजेन्सीहरूको सहयोगमा