• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. थिएटर
थिएटर
आज ‘राजेन्द्रलक्ष्मी’, भोलि दयाहाङको ‘जालिनी’
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कला अनुरागी

आज ‘राजेन्द्रलक्ष्मी’, भोलि दयाहाङको ‘जालिनी’
चैत्र १५, २०७६


पहिलो दिनको उत्साहजनक दर्शक प्रतिक्रियापछि ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’मा प्रदर्शन गरिने थप नाटक घोषणा भएको छ । जसअनुसार आज शनिबार साँझ पाँच बजे नम्रता केसी निर्देशित नाटक ‘राजेन्द्रलक्ष्मी’को भिडियो लाइभ स्ट्रिमिङ हुने छ । 

कोरोना भाइरसको संक्रमणबाट जोगिन क्वारेन्टाइन अभियानलाई जोड दिँदै विश्व रङ्गमञ्च दिवसको सन्दर्भ पारेर शुक्रबार उत्सव सुरु गरिएको थियो । पाकिस्तानी नाटककार शाहिद नदीमले लेखेको रङ्गमञ्च बर्ष सन्देशको सारांश अनुवाद वाचनबाट सुरु गरिएको उत्सवको पहिलो दिन केदार श्रेष्ठ लिखित तथा निर्देशित नाटक ‘मान भर्सेस मती’ देखाइएको थियो । थिएटर मलको फेसबुक फेसबुक पेजबाट स्ट्रिमिङ गरिएको नाटक करिब २ सय ५० दर्शकले नियमित लाइभ हेरेको र करिव १४ हजार रिच भएको फेस्टिभल निर्देशकसमेत रहेका श्रेष्ठले बताए ।

‘रङ्गमञ्चमै उपस्थित भएर हेरेजस्तो अनुभूति नभए पनि दर्शकले भिडियो स्वरूप पनि मन पराउनु भएको पायौं’, श्रेष्ठले भने, ‘हेरिसकेको र हेर्न छुटाएका दुवैथरि दर्शकले नाटक हेर्न पाउँदा खुशी भएको प्रतिक्रिया दिनुभएको छ ।’

आज प्रस्तुत हुने नाटक ‘राजेन्द्रलक्ष्मी’ नेपालकी पहिलो महिला शासनकर्ता राजेन्द्र राज्यलक्ष्मी देवी शाहको जीवनकथामा आधारित छ । एस्थेटिक डान्स सेन्टरको प्रस्तुति रहेको नाटकमा राजेन्द्र राज्य लक्ष्मीको जीवन संघर्षलाई उनी र समकालीन महिलाको दृष्टिकोणबाट प्रस्तुत गरिएको छ । 

त्यस्तै, आइतबारको तालिकामा परेको नाटक ‘जालिनी’ ध्रुवसत्य परियारको कथासंग्रह ‘कैरन’मा संग्रहित कथामा आधारित छ । मण्डला थिएटरको प्रस्तुति रहेको नाटकको परिकल्पना र निर्देशन दयाहाङ राईले गरेका हुन् । 

लोककथा शैलीमा तयार पारिएको नाटकमा स्त्रीका नैसर्गिक अधिकार, स्वतन्त्रता, सपना र विवेकलाई घर वा पर्खालभित्र कैद गरी शासकहरूले कसरी कुसंस्कार निर्माण गर्छन् भन्ने कथा बुनिएको छ । त्यसले वर्तमान समाजमा पारेको प्रभाव र  त्यसमाथि गरिनु पर्ने चिन्तनलाई रोचक कथाशैलीमार्फत व्यक्त गरिएको छ । 

त्यसैगरी सोमबार कथाघेरा, कौशी थिएटरको प्रस्तुति रहेको नाटक ‘पाँच’ देखाइने छ । शब्द प्रयोग नगरीकन शारीरिक भाषामात्रै प्रयोग गरी तयार पारिएको यो नाटक सुदाम सिकेले निर्देशन गरेका छन् । 
निर्देशक श्रेष्ठका अनुसार उत्सवमा सिजन दाहालको लेखन र प्रविण खतिवडाको निर्देशन रहेको लोक कथामा आधारित नाटक ‘एक बोली एक दाम’ पनि प्रदर्शन हुनेछ । त्यस्तै कथाघेरा, कौशी थिएटरको प्रस्तुति रहेको आकांक्षा कार्की निर्देशित ‘दयालु रूख’ पनि उत्सवमा सहभागी छ । संगीत सापकोटा र आशिष घिमिरेको निर्देशनमा भरतेन्दु हरिश्चन्द्र लिखित नाटक ‘अन्धेर नगरी चौपट राजा’ र एक्टर्स स्टुडियोको प्रस्तुति रहेको सुरज मल्ल निर्देशित सुरेन्द्र बर्मा लिखित नाटक ‘शकुन्तलाको औंठी’ पनि उत्सवमा सहभागी हुँदैछ ।  विदेशबाट पनि नाटकहरू उत्सवमा सहभागी हुँदैछन् । यसै क्रममा डेनमार्कबाट ‘पपेट प्ले’ सहभागी हुँदैछ भने भारतबाट नाटक शब्दविहीन नाटक ‘नोथिङ टु से’ प्रदर्शन हुँदैछ । यसैगरी केदार श्रेष्ठ निर्देशित नाटक ‘उपियाँको निबन्ध’ र बालकृष्ण समलिखित तथा चे शंकर निर्देशित नाटक ‘ऊ मरेकी छैन’ पनि उत्सवमा देखाइने निश्चित भइसकेको छ । 

थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले संयुक्त रूपमा आयोजना गरेको भर्चुअल महोत्सव हरेक साँझ ठिक ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मल (www.facebook.com/theatremall) बाट हेर्न सकिनेछ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
थिएटर
रङ्गमञ्चमा कहिले फर्केलान् दर्शक ?

समर्पण श्री

वैशाख ८, २०७७

थिएटर
समापन हुँदै भर्चुअल थिएटर फेस्टिभल

कला अनुरागी

वैशाख ८, २०७७

थिएटर
‘लकडाउन’सँगै लम्बियो भर्चुअल थिएटर फेस्टिभल

कला अनुरागी

वैशाख ८, २०७७

थिएटर
भर्चुअल थिएटर फेस्टिभलमा भारतीय नाटक

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik