फाल्गुन २७, २०७२
भुकम्पले भत्किएको चेपाङ संग्रहालयको पुनर्निर्माण सम्पन्न भएको छ । मकवानपुरको राक्सिराङ गाविस, चैनपुरस्थित चेपाङ संग्रहालयको रोटरी क्लब अफ मकवानपुरको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको हो । चेपाङ समुदायले विगतमा प्रयोग गर्दै आएका विभिन्न किसिमका लोपोन्मुख सामग्रीहरू राखिएका चेपाङ संग्रहालयको भवन भूकम्पले भत्काएको थियो ।
वैशाख १२ गते आएको भूकम्पले मुलुकको एकमात्र चेपाङ संग्रहालयको भवन भत्किएपछि सामानहरू एक ठाउँमा थुपारेर राखिएको थियो । चेपाङहरूको पहिचान, संस्कृति एवं सभ्यतासँग जोडिएको उक्त संग्रहालय पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउन रोटरी क्लब अफ मकवानपुरले आर्थिक सहयोग गरेको थियो ।