• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
साप्ताहिकको २२ वर्षे यात्रा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

किशोर नेपाल

साप्ताहिकको २२ वर्षे यात्रा
जेष्ठ १३, २०७४

 

जमानाका पाइतालाहरू कति छिटो–छिटो सर्छन् । यसै अंकदेखि साप्ताहिक २२ वर्ष पूरा गरेर २३ वर्षमा प्रवेश गरेछ । यो २३ वर्षमा धेरै विषयमा धेरै परिवर्तन आइसकेको छ । सहरका बाटाघाटाहरू फराकिला भएका छन् । खाने, पिउने, लाउने र गाउने जस्ता मानिसका नितान्त निजी चाहनामा समेत परिवर्तनले छलाङ लगाइसकेको छ ।

 

यस क्रममा साप्ताहिकले सूचना र मनोरञ्जनको जुन बाटो बनाएको थियो त्यो अझ फराकिलो भएको छ । साप्ताहिकजस्ता प्रकाशनको आवश्यकता धेरैले महसुस गर्न थालेका छन् । बजारमा प्रकाशनका नयाँ–नयाँ अवतारहरू देखिएका छन् । २२ वर्षअघि साप्ताहिक प्रकाशनको अवधारणा बनाउँदा सम्भावित परिवर्तनका दृश्यहरू स्पष्ट भैसकेका थिएनन् । पाठकले रुचाउलान् कि नरुचाउलान् ? मनमा धुकचुक त थियो, त्योभन्दा बढी उत्साह थियो हामीमा ।

 

हो, हामीमा । त्यतिबेला साप्ताहिकको सानो सम्पादकीय टिमको संयोजन मैले नै गरेको थिएँ । ‘साप्ताहिक’ यो नाम पनि मैले नै सुझाएको थिएँ व्यवस्थापनलाई । हामीबीच यस विषयमा निकै छलफल भएको थियो, कान्तिपुर पब्लिकेशन्सका प्रबन्ध–निर्देशक कैलाश सिरोहिया र निर्देशक विनोद ज्ञवालीसँग । सुरुमा ‘साप्ताहिक’ नाम अलिकति अटपटा नै देखियो । मैले भनें— ‘हामीले साप्ताहिकको बजारमा आक्रमण गर्ने हो । अरू साप्ताहिकका अरू नै नाम छन् । हामी ‘साप्ताहिक’ कै नामबाट चलाउँछौं साप्ताहिक पत्रिका । त्यसपछि विधिवत् दर्ता भयो— साप्ताहिक ।

 

यसका कर्ता–धर्ता थिए— सुवास ढकाल, संजीवन महर्जन, मुकुन्द बोगटी, सन्तोष आचार्य र नवराज वाग्ले । हामी डमीको निर्माणमा जुट्यौं । आएका विचारहरूको कोअर्डिनेसन सुवासको जिम्मा थियो । अन्तत: डमी प्रकाशनको दिन आयो । हामीले नायिका वर्षा खड्काको आकर्षक ब्लोअपसहित साप्ताहिकलाई बजारमा पुर्‍यायौं ।

 

बजारले अनपेक्षित स्वागत गर्‍यो ‘साप्ताहिक’ लाई— हामीले सोचेभन्दा बढी । साताका प्रत्येक दिन प्रकाशित हुने साप्ताहिक पत्रिकाहरूमा अर्थ न बर्थका लामा–लामा राजनीतिक समाचार र भाषण पढ्दा–पढ्दा उक्ताएका पाठकहरूले साप्ताहिकमा नयाँ स्वाद पाए । चिटिक्क परेको टेब्लोइड साइजमा समाचार, विचार र मनोरञ्जनको मिक्सचर : पाठकहरूका लागि रोचक अनुभव थियो । साप्ताहिकमा सबै विषय समेटिएका थिए— गम्भीर विश्लेषणदेखि चुट्किलासम्म, जसमा पाठकहरू खुबै रमाए । यस्तो अनुभव हामी सम्पादकीय टिमले मात्र होइन, व्यवस्थापनले पनि गरेको थियो । हामी त यसै पनि ‘हाम्रो प्रोडक्ट राम्रो छ’ भन्ने दाबी गर्ने थियौं नै, तर व्यवस्थापनले यसको नाफा–नोक्सान हेरेर भविष्य उज्ज्वल देखेपछित भैहाल्यो ।

 

हामीले साप्ताहिकलाई एउटा यस्तो प्लेटफर्मका रूपमा विकसित तुल्याउने प्रयत्न गर्‍यौं जुन प्लेटफर्ममा आएर युवा वर्ग खुसी होस् । हामीले त्यस्ता युवा वर्गका लागि सामग्री चयन गर्‍यौं जो काठमाडौंबाहिर बस्छ । काठमाडौंका फिलिङ्स, ह्याप्पेनिङ्स र थ्रिल्स अनुभव गर्न चाहन्छ । आफूलाई अपडेट राख्न चाहन्छ । साथी–भाइसँग इन्टरयाक्ट गर्न चाहन्छ र आफूलाई अभिव्यक्त गर्ने अवसरको खोजीमा हुन्छ । त्यो बेला पारस्परिक सञ्चारका माध्यम थिएनन । न पेजर थियो, न मोबाइल । त्यो जमानामा साप्ताहिकले युवावर्गलाई लक्ष्य बनाएर अनेक स्तम्भको विकास गर्‍यो । सन्देश एउटा सशुल्क स्तम्भ थियो, साथीभाइ वा प्रेमी–प्रेमिकासँग संकेतमा कुरा गर्ने । पत्रमित्रता त त्यति बेलाको सार्‍है लोकप्रिय स्तम्भ थियो । आफ्ना सफल वा असफल प्रेमका कथा सेयर गर्न चाहनेहरूका लागि हाम्रो स्तम्भ थियो— ‘जीवनको गोरेटोमा’ ।

 

साहित्य, कला, सिनेमा, नाटक र हास्यलगायतका कुनै पनि विधालाई हामीले छोडेनौं । साप्ताहिकको प्रारम्भिक अवस्थामा नायक भुवन केसीको लामो अन्तर्वार्ता गरेका थियौं मैले र सुवासले । खुब चल्यो त्यो अन्तर्वार्ता । खुब खुलेका थिए भुवन त्यसमा ।

 

साप्ताहिक बेला–बेलामा विवादमा पथ्र्याे । यस्ता विवादहरू सुल्झाउने गजबको खुबी थियो सुवासमा । एकपटक विवाद पर्‍यो, साप्ताहिकको एउटा समाचार टिप्पणीमा । निकै चर्किन लागेको थियो त्यो विवाद । नेपाली समाजको चरित्रअनुसार नै यस्ता विवाद आइ नै रहन्थे । समाजमा सेक्सलाई हेर्ने दृष्टिकोण नकारात्मक थियो । सेक्सका बारेमा केही लेख्यो वा कुनै तस्बिर छाप्यो भने कतिपय पाठक पहिले त्यसलाई पढेर, हेरेर आनन्द लिन्थे । त्यसपछि विवाद निकाल्थे । हाम्रो समाजको उक्त

चरित्रमा अहिले पनि कुनै ठूलो परिवर्तन आएको छैन ।

 

न्यू मिडियाको आगमनसँगै साप्ताहिकको स्वरूप पनि बदलिन थालेको छ । नेपाली युवाहरूको रुचिमा समेत प्रशस्त परिवर्तन आएको छ । यसका साथै, साप्ताहिकको आवश्यकता अझ बढेको छ । नेपालका युवा–युवतीहरूलाई हेर्ने र पढ्ने दुवै थरीका सामग्री समेटिएको ‘साप्ताहिक’ चाहिएको छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik