• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
हनिमुन गन्तव्य
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

नरेन्द्र रौले

हनिमुन गन्तव्य
पुस ११, २०७५

गुगलमा हनिमुन लेखेर टाइप गर्ने हो भने सबैभन्दा धेरै खोजिएका शब्दका रूपमा देखा पर्छन्– हनिमुन डेस्टिनेसन्स, बेस्ट हनिमुन डेस्टिनेसन्स, बेस्ट हनिमुन डेस्टिनेसन्स–२०१८ । विवाह बन्धनमा बाँधिएका जोडीहरू हनिमुनका लागि सुन्दर गन्तव्यको खोजीमा हुन्छन् । स्वदेश होस् वा विदेश, सुन्दर ठाउँ छानेर हनिमुनलाई अविस्मरणीय बनाउने रहर सबैमा हुन्छ । कतिपय नेपालीहरू आफ्नो बजेट अनुसार विदेश नै रोज्छन् । विदेशीहरू पनि हनिमुनका लागि नेपालका विभिन्न ठाउँहरू पुग्छन् ।

 

मनाङ

हिमाल पारीको सुन्दर जिल्ला मनाङको सुन्दरताप्रति स्वदेशी पर्यटक मात्र होइन विदेशीहरू समेत आकर्षित हुन्छन् । संसारको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल, गुम्बा, माने, ताल तथा चाँदीझैं टल्कने हिमालहरूले जोसुकैलाई आकर्षित गर्छ । त्यति मात्र होइन आधा दर्जन हिमालसँगै मनास्लु, लार्के, चियो, पूर्ति हिमाल, तिल्चे पिक, रत्नचुली, हिमलुङका दृश्य हेर्नुको मज्जा शब्दमा बयान गर्न सकिँदैन । मनाङ आसपास र टाढा–टाढाका जिल्लाबाट घुमघामका लागि आउने आन्तरिक पर्यटकहरूको संख्या दिनानुदिन बढ्दैछ । हिजोआज विदेशीहरूले मनास्लु हिमालको काखमा रहेको ४ हजार १ सय मिटरको उचाइमा अवस्थित पोङ्कर ताललाई हनिमुन गन्तव्य बनाउने गरेका छन् । 

पोङ्कर ताल नेपालको नक्सा आकारमा फैलिएको छ । यहाँबाट हिमालका सुन्दर दृश्य नियाल्न सकिन्छ । बिहान सूर्योदयको समयमा सूर्यका किरणहरू तालमा पोखिदाका दृश्य मनमोहक देखिन्छ । त्यही दृश्य हेर्न पर्यटकहरू बिहानै तालमा पुग्छन् । तालसम्म पुग्नुअघि रंगीबिरंगी फूल, पहाड र हिमालका दृश्य एवं झरना अवलोकन गर्न सकिन्छ । खान र बस्नका लागि त्यहाँ होटलको सुविधा छ । लमजुङको सदरमुकाम बेंसीसहर हुँदै मनाङको धारापानी, थोंचे, तिल्चे, भिमथाङ हँुदै पोङ्कर ताल पुग्न सकिन्छ । 

इलाम

झापाको भद्रपुरबाट तीन घण्टा ड्राइभ गरेपछि इलाम पुगिन्छ । यहाँका चियाबारीले धेरैको मन तान्छ । यहाँबाट नेपाल, भारत तथा भुटानका हिमाल हेर्न पाइन्छ । कन्याम, अन्तुडाँडा, माइपोखरी, सन्दकपुर, ढापपोखरी इलामका धेरै घुमिने ठाउँ हुन् । इलाम पुगेपछि लेप्चा, लिम्बू र राई जातिको मौलिक रहनसहन तथा जीवनशैली अवलोकन गर्न सकिन्छ । त्यसैगरी इलाम अदुवा, चिया, अम्रिसो, अलैंची, जडीबुटी, दूध र तरकारीका लागि समेत प्रख्यात छ । इलाममा पर्याप्त होटल तथा रिसोर्ट छन् । 

जिरी

काठमाडौंबाट १ सय ८८ किलोमिटर पूर्वमा रहेको जिरीसम्मको यात्रा रोमाञ्चकारी हुन्छ । नेपालको 

स्विट्जरल्यान्ड भनिने जिरी एकपटक पुग्नै पर्ने पर्यटकीय गन्तव्य हो । यहाँ रैथाने जिरेल समुदायको रहनसहन, शेर्पा जातिको बसोबास तथा स्विस सरकारले गरेको विकास निर्माण हेर्नलायक छन् । जिरी नव–विवाहित जोडीहरूले एकपटक पुग्नै पर्ने ठाउँमध्ये एक हो ।

रारा

काठमाडौंबाट नेपालगन्ज र नेपालगन्जबाट मुगुको ताल्चा विमानस्थल ओर्लिएर केही घण्टा हिँडेपछि रारा पुग्न सकिन्छ । सुर्खेत, दैलेख हुँदै कर्णाली राजमार्गको बाटो भएर निजी तथा सार्वजनिक सवारी साधनमा रारा पुग्न सकिन्छ । मुलुकका प्रमुख सहरहरूबाट अग्रिम बुकिङ गरेर प्याकेजमा रारा घुम्न सक्ने सुविधा उपलब्ध हुन थालेको धेरै भएको छैन । राराको सुन्दरता अवर्णनीय मानिन्छ । यो ताललाई पैदल, घोडा वा साइकलबाट फन्को मार्न सकिन्छ । यहाँ बस्नका लागी होटल तथा रिसोर्टहरूको व्यवस्था छ ।

पोखरा

प्रकृतिको अनुपम नमुना हो— पोखरा । तालतलैया, मन्दिर, चाँदी झै टल्कने हिमाल तथा सांस्कृतिक सम्पदा पोखराका आकर्षण हुन् । पोखराको नाइट लाइफ पनि निकै रमाइलो हुन्छ । गजल– दोहोरी, लाइभ म्युजिक, डिस्को आदिले यहाँ जो–कसैलाई झुमाउँछ । यहाँ साहसिक खेल प्याराग्लाइडिङ, जिप फ्लायर तथा अल्ट्रालाइटको समेत मजा लिन सकिन्छ । पोखरामा भनेजस्ता र सुविधासम्पन्न होटलहरू उपलब्ध हुन्छन् । हनिमुनका लागि पोखरा पहिलो रोजाइमा पर्छ । 

सौराहा

सौराहाको आफ्नै रौनक छ । चाहे पारिवारिक घुमघाम होस् वा हनिमुन, सौराहा निकै चर्चित छ । खासगरी सौराहामा वन्यजन्तुलाई नजिकबाट नियाल्न सकिन्छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने क्रममा विभिन्न जनावर तथा पन्छीहरू अवलोकन गर्न सकिन्छ । हात्ती सफारी, राप्तीमा डुङ्गा सयर, सूर्यास्तको दृश्यवलोकन, थारु संस्कृतिको अवलोकन यहाँका मुख्य आकर्षण हुन् । जाडो महिना सौराहा घुम्न उपयुक्त मौसम पनि हो ।

लोमान्थाङ

विदेशी पर्यटकहरूले अत्यधिक रुचाएको ठाउँ हो— मुस्ताङको लोमान्थाङ । त्यहाँ पुग्न पोखराबाट जोमसोमसम्मका लागि हवाईजहाजको सुविधा छ । त्यसपछि पैदल यात्रा गरेर तीन दिनमा लोमाङथाङ पुगिन्छ । जिपमा जाने हो भने जोमसोमबाट एकै दिनमा पुग्न सकिन्छ । यहाँ खान र बस्न केही महँगो छ । लोमान्थाङमा सुविधासम्पन्न होटलहरूको कमी छैन । यो यात्राका क्रममा मुक्तिनाथको दर्शन एवं  पदयात्रासमेत गर्न सकिन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik