साप्ताहिक संवाददाता
रसियाकी चर्चित डिजे हान्ना साइनले काठमाडौंमा प्रस्तुति दिदैछिन् । बिगत ७ वर्षदेखि विभिन्न देशमा प्रस्तुती दिइसकेकी हान्ना यस पटक काठमाडौं आउन लागेकी हुन् । आज शुक्रबार ठमेलस्थित क्लब फरेनहाइटमा राती ८ बजे उनको प्रस्तुतिमा रम्न सकिनेछ । डिजे हान्ना प्रोड्युसर, म्युजिसियन तथा साइन प्रोडक्सनकी सञ्चालकसमेत हुन् । उनको आकर्षण र कलाले धेरैलाई लठ्ठ बनाउँछ । यो कार्यक्रममा हान्नासँगै डाइनामिक्स ब्यान्डले पनि लाइभ प्रस्तुति दिनेछ ।
हिपहप एण्ड आरएनबि नाइट
आज शुक्रबार अरुण थापा चोक, झम्सिखेलस्थित बेस क्याम्प : आउटडोर लाइफस्टाइलमा हिपहप एन्ड आरएनबि नाइट हुँदैछ । साँझ ७ बजे प्रारम्भ हुने यो कार्यक्रममा डिजे भाइटलका साथै अन्य कलाकारहरूले समेत प्रस्तुति दिनेछन् ।
टर्टल लाउन्जमा भारतकी क्लब क्विन
भारतमा क्लब क्विनका रूपमा चर्चित छिन्— डिजे शिरिन । बलिउड तथा हलिउडका गीतमा उनले डिजेको भूमिकासमेत निर्वाह गर्दै आएकी छिन् । तिनै क्लब क्विन शिरिन आज काठमाडौं
आउँदै छिन् ।
आज शुक्रबार नरसिंह चोक, ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा उनको धमाकेदार प्रस्तुतिसँगै लोडिङ ब्यान्डसँगसमेत रमाउन पाइनेछ ।