• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
पाँच दशकपछि नीर शाह
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

किशोर नेपाल

पाँच दशकपछि नीर शाह
माघ १६, २०७५

दार्जीलिङमा शिक्षित नीर शाहलाई अभिनयको क्षेत्रमा ऊर्जाशील बनाउने दार्जीलिङ नै थियो । उनी प्रारम्भिक दिनहरूमा अर्थात् २०२२ तिर नाटकमा अभिनय गर्थे । झन्डै ३ सय सिनेमामा अभिनय गरिसकेका शाह सिनेमाको लिचलिचे विकाससँग सन्तुष्ट हुन सकेका छैनन । नेपाली सिनेमा यथार्थवादी भैदिएको भए शायद नीर शाह अभिनयको खोजमा नाटकतिर आउन समय नै पाउने थिएनन ।

शिल्पी थिएटरले नाटक ‘बाथटब’को प्रचार–प्रसार धूमधडाकाका साथ गरेको छ । कुमार नगरकोटीको यो नाटकलाई घिमिरे युवराजले निर्देशित गरेका छन् । नगरकोटी र घिमिरेको कुरा सुन्दा नाटक ‘बाथटब’ प्रयोगधर्मी हो, तर नाटकको शीर्षक आकर्षक छ— ग्राहकको मन सोझै तान्ने खालको । यो नाटकमा कलाकार नीर शाह विशिष्ट भूमिकामा देखिँदैछन् । 

कतिपय चालू सिनेमा र कतिपय विशिष्ट सिनेमाका नायक तथा निर्देशक नीर शाहको बाथटबमा उपस्थितिको पनि बेग्लै अर्थ छ । अर्को विशेष भूमिकामा ब्रजेश खनालले कस्तो अभिनयगर्दा रहेछन् ? मानिसहरू कौतूहल छन् । अर्की कलाकार भूषिताको कुरै नगरौं, उनलाई दर्शकहरूले पर्खिइरहेका छन् । नाटकको व्यवसायिक प्रदर्शन आजैदेखि सुरु हुँदैछ । यो अवस्थामा नाटकका सम्बन्धमा धेरै बोल्नु उचित हुँदैन । नाटकलाई राम्रो वा नराम्रो भन्ने अधिकार दर्शकको हो । यसको उल्लंघन कतैबाट हुनु हुँदैन ।

यद्यपि, नाटकका सबै कलाकारको अभिनयप्रति दर्शकले उम्मेद राखेका हुन्छन, तैपनि बाथटबमा धेरै दर्शकको जिज्ञासा स्वभावत: नीर शाहप्रति छ । नीर शाह नेपाली नाटक र सिनेमा क्षेत्रका सेलिब्रिटी हुन् । उनी गुपचुप सेलिब्रिटी हुन् । अरु सेलिब्रिटीजस्तो हरेक एक्सनमा रियाक्सन खोज्दैनन् उनी । नेपाली सिनेमा क्षेत्रका थोरै गुणी र परिपक्व अभिनेताका रूपमा उनको नाउँ चम्किएको छ ।

रमाइलो कुरा नीर शाह ५३ वर्षपछि नाटक संसारमा फर्किएका छन् । नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको रजत समारोहमा उनले मुटुको व्यथा नाटकमा अभिनय गरेका थिए । त्यतिबला उनका निर्देशक थिए : हरिहर शर्मा । नाटकका कलाकारहरूमा शकुन्तला गुरुङ, लक्ष्मी श्रेष्ठ र स्वयं हरिहर शर्मा थिए । ५३ वर्षपछि, बाथटबमा पनि उनी हरिहर शर्मासँगै अभिनय गर्दै थिए । संयोगवश, हरिहर शर्मा संगीत नाटक एकेडमीको उपकुलपति भएपछि नाटकका लागि समय संयोजन गर्न सकेनन् । त्यो भूमिकामा ब्रजेश खनाल आए ।

दार्जीलिङमा शिक्षित नीर शाहलाई अभिनयको क्षेत्रमा ऊर्जाशील बनाउने दार्जीलिङ नै थियो । उनी प्रारम्भिक दिनहरूमा अर्थात् २०२२ तिर नाटकमा अभिनय गर्थे । झन्डै ३ सय सिनेमामा अभिनय गरिसकेका शाह सिनेमाको लिचलिचे विकाससँग सन्तुष्ट हुन सकेका छैनन । नेपाली सिनेमा यथार्थवादी भैदिएको भए शायद नीर शाह अभिनयको खोजमा नाटकतिर आउन समय नै पाउने थिएनन । उनी अहिले कुमार नगरकोटीको जुन नाटकमा अभिनय गरिरहेका छन्– बाथटब, त्यसमा नीर शाहकै लागि भूमिका लेखिएको भने हुन्छ भन्छन् नाटककार कुमार नगरकोटी । नीर शाह सहमत छन् यसमा । उनको र कुमारको कुरा पनि मिल्छ । नीरलाई निर्देशक घिमिरे युवराजको कामगर्ने शैली मन परेको छ : उनी शिक्षित र दीक्षित निर्देशक हुन । उनलाई आफू के गर्दैछु भन्ने विषयको राम्रो ज्ञान छ ।

नाटककार कुमार नगरकोटीका अनुसार यो नाटकका पाठक र दर्शक दुवै छन् । नाटकमा पाठक र दर्शक दुवैका लागि पर्याप्त मसला छन्, तर पाठकले जे पढ्छन् दर्शकले त्यो हेर्न पाउँदैनन । दर्शकले जे हेर्छन, पाठकले त्यो पढ्न पाउँदैनन् । नाटकको गतिशीलता यही हो । निर्देशक घिमिरे युवराज निकै उत्साहित छन्, निर्देशनका लागि एउटा नियोजित नाटक पाएकोमा । अभिनयका लागि भने पनि थिएटरमा यस्तो अभ्यास कमै भएको छ । 

‘बाथटबमा कमेडी छ’, कुमार भन्छन्, अहिले कमेडीका नाममा जे देखिने गरेको छ त्यो ट्रेजेडीका विरुद्ध हो यो । नाटकमा निर्देशकका रुपमा युवराजको हस्तक्षेप निकै छ, तर त्यसमा कुनै कलाकारले पनि चित्त दुखाएका छैनन् । नीर शाह त भैहाले । नयाँ लटका ब्रजेश र भूषिता पनि कम्फर्टेवल छन् । ब्रजेश सिरियल किलरको भूमिकामा फिट भएको भनाइ छ निर्देशक घिमिरेको ।

नगरकोटी र घिमिरे दुवै आशावादी छन् । नाटक उनीहरूले गर्न चाहे जस्तो छ । नयाँ स्वाद छ । यसले नाटक हेर्ने दर्शक बढाउनेछ । ‘नाटक आँखा खोलेर भन्दा चिम्लिएर बढी देखिन्छ,’ नगरकोटी भन्छन्, ‘यो नाटक भन्दा पनि त्राटक बढी होला भन्ने पीर छ मलाई ।’ त्यसपछि उनी मस्तले हाँस्छन् ।

नीर शाहको भनाइ रमाइलो छ । उनी भन्छन्, ‘गरिखाने खालको निर्देशकले नाटक बुझेको हुन्छ, नाटक मात्र बुझेर हुँदैन, नाटकपछिका क्षण पनि बुझनुपर्छ । नाटकपछिका क्षण भनेको प्रतिक्रिया हो । दर्शकबाट आउने प्रतिक्रिया नै निर्देशकको ज्यान हो । घिमिरे युवराजले मेरो उमेरमा ५३ वर्ष घटाएर मलाई तरुनो बनाए । उनको महिमा यसमै छ । म नाटककार नगरकोटी र यी तन्नेरी निर्देशक घिमिरेको प्रशंशक भएको छु ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik