साप्ताहिक संवाददाता
माघ १८, २०७५
थाइल्यान्डकी चर्चित डिजे फाइलियो आज शुक्रबार काठमाडौंमा हुनेछिन् । उनले ठमेलस्थित क्लब फरेनहाइटमा प्रस्तुति दिँदैछिन् । आज साँझ ८ बजे प्रारम्भ हुने यो कार्यक्रममा परिवर्तन ब्यान्डले समेत प्रस्तुति दिँदैछ । डिजे फाइलियोले भोलि पनि त्यही ठाउँमा दर्शकहरूलाई झुमाउनेछिन् ।
विकेन्ड लिट्रेचर
साहित्यमा रुचि राख्नुहुन्छ ? त्यसमा पनि छन्द कविता सुन्न रुचाउनुहुन्छ भने आज शुक्रबार ३ बजे छन्द–तरंग कार्यक्रममा सहभागी बन्न सक्नुहुनेछ । डा. रामप्रसाद ज्ञवाली तथा डा. देवी नेपाल कार्यक्रम संयोजक रहेको छन्द–तरंगमा सुदेश सत्याल, दिव्यलक्ष्मी पोखरेल तथा प्रह्लाद पोखरेलले छन्द कविताहरू सुनाउनेछन् ।
स्थान : कुञ्ज थिएटर, नयाँ बानेश्वर, थापागाउँ, सिडिओ टोल
आयोजक : लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल)