साप्ताहिक संवाददाता
माघ २६, २०७५
आज शनिबार लोकप्रिय गायक दीपक बज्राचार्य बृहत् एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएका छन् । रस लाइट मेडियाले ‘मन मगन यात्रा’ अन्तर्गत ‘मन मगन भक्तपुर–२०७५’ शीर्षकको एकल गायन कार्यक्रम आयोजित गर्न लागेको हो ।
भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा प्रस्तुत यो विशेष सांगीतिक कार्यक्रमले ‘कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा संगीत’ भन्ने नारा बोकेको छ जसमा गायक दीपक बज्राचार्यलाई उनको म्युजिकल ब्याण्ड रिदमले साथ दिनेछ ।
कार्यक्रममा बाल गायिका समीक्षा अधिकारी पनि विशेष आकर्षणका रूपमा रहने छिन् भने फेसन शो कार्यक्रमको अर्को आकर्षण हो ।
समय : दिउँसो १२:३० बजे । आयोजक : रस मिडिया