• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
गण्डकी प्रदेशमा १ सय १० पर्यटकीय गन्तव्य
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राजाराम पौडेल

गण्डकी प्रदेशमा १ सय १० पर्यटकीय गन्तव्य
जेष्ठ १५, २०७६

 

गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका १ सय १० वटा पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशका ११ जिल्लामध्ये प्रत्येक जिल्लाबाट १० वटा पर्यटकीय गन्तव्य पहिचान गरी तिनको नाम सार्वजनिक गरेको हो । 

यसरी सार्वजनिक गरिएको पर्यटकीय गन्तव्यमध्ये बाग्लुङको जैमिनीधाम–माइस्थान–हाँडीकोट, बाग्लुङ–कालिका, पन्चकोट–शालिग्राम संग्रहालय तथा रंगबेंकटेस मन्दिर, ढोरपाटन, उत्तरगंगा क्षेत्र, घुम्टेको लेक, गाँजाको दह (रुद्रताल), भैरव मन्दिर तथा भकुन्डे, सत्यवती मन्दिर, गाईघाट झरना, भुलेनी, बिउकोट, शिवधुरी–हिमालयन भ्यू प्वाइन्ट र रामकोट छन् । 

कास्कीका पर्यटकीय गन्तव्यहरूमा अन्नपूर्ण बेसक्याम्प, पाताले छाँगो, विश्व शान्ति स्तूप, गुफाहरू (गुप्तेश्वर, चमेरे, महेन्द्र, इन्द्र, शान्ति), फेवाताल, तालबाराही मन्दिर, बेगनास ताल, रूपा तालसहितका तालहरू, विन्ध्यवासिनी मन्दिर, सराङकोट, कोटहरू (रुपाकोट, पुम्दीकोट, कास्कीकोट, स्यालुङकोट, ठूलाकोट) एवं काहुँडाँडा छन् । 

मुस्ताङका पर्यटकीय गन्तव्यमा लो–घेकर गुम्बा, दामोदर कुण्ड, लोमाङथाङ दरबार, मुक्तिनाथ, कागवेनी, कुछप तेरेङका गुम्बा र गुफाहरू, धौलागिरी आइस फल, लियोपार्ड क्याम्प (ठिनी), टिटी ताल तथा जोमसोम छन् । 

मनाङका पर्यटकीय गन्तव्यमा तिलिचो ताल, पोङकर ताल, डोना ताल, गंगापूर्ण ताल, अन्नपूर्ण हिमाल १, २, ३ र पदमार्ग, छो–कर्णताल, थोन्चे–लार्के पदयात्रा, मनाङ–थोराङपास पदयात्रा, नारफू–काङला पदयात्रा तथा तिब्बती खम्पाका बंकर छन् ।

म्याग्दीका पर्यटकीय गन्तव्यमा धौलागिरी बेसक्याप, धौलागिरी आइसफल, गलेश्वर धाम, पुलस्त्याश्रम, जगन्नाथ मन्दिर, पुला ढोलठाना, टोडर्के धुरी र हिमाल, पुन हिल र घोरेपानी, मालिका धुरी, रुप्से छहरा र अन्ध गल्छी, सिंगा तातोपानी एवं खोप्रा लेक छन् । 

पर्वतका पर्यटकीय गन्तव्यमा भमरकोट माटे, जलजला, हम्पाल, कालान्जार पर्वत, पन्चासे पन्चधाम, डहरे–नीलकण्ठ पर्वत, प्राकृतिक टावर, चिसापानी, कालिका, पैयुँकोट, महाशिला, सेतीवेणी शालिग्राम, कुस्मा मोदीवेणी, गुफा र नेपालकै अग्ला लामा पुलहरू, महाभीर छहरा, बन्जीजम्प, स्काई साइक्लिङ तथा स्वीङ छन् । 

स्याङ्जाका पर्यटकीय गन्तव्यमा शाल्मेडाँडा–गोर्खा स्मारक, नुवाकोट कालभैरव मन्दिर, सिरुवारी पर्यटकीय गाउँ, आलमदेवी मन्दिर, स्वरेक मैदान प्यराग्लाइडिङ, मिर्मी सेतीवेणी उच्च तथा स्टिमर यात्रा, चण्डीथान, गर्‍हौकालिका, छायाँ क्षेत्र (छ्याङछ्याङदी) राम्दीधाम तथा अन्धाअन्धी छन् । 

लमजुङका पर्यटकीय गन्तव्यमा काउलेपानी, लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ सार्क भिलेज, घनपोखरा, ईशानेश्वर महादेव, करापुटार, दूधपोखरी (गोर्खा र लमजुङको सिमाना) सिउरुङ गाउँ तथा भुजुङ गाउँ छन् । 

तनहुँका पर्यटकीय गन्तव्यहरूमा बन्दीपुर, देवघाट, ढोरबाराही, छाब्दी बाराही, व्यास गुफा, घाँसी कुँवा, तनहुँसुर कालिका तथा दरबार क्षेत्र, भानुभक्तको जन्मस्थान, छिम्केश्वरी मन्दिर, बूढी देवता मन्दिर आँधिमुल बाराही तथा मिर्लुङकोट छन् । 

गोरखाका पर्यटकीय गन्तव्यहरूमा गोर्खा दरवार र गोर्खा संग्रहालय, मनकामना मन्दिर र केलवकार, श्रीनाथकोट मण्डली, अजिरकोट, गोरखकालिका, बारपाक र लारपाक (२०७२ को भूकम्पको केन्द्रबिन्दु), मनास्लु हिमाल र संरक्षण क्षेत्र, लिगलिगकोट, छेकम्पारा तथा लार्केपास छन् ।

 नवलपुरका पर्यटकीय गन्तव्यमा मौलाकालिका, लोसेधारा, कैलाश आश्रम, देवचुली, वरचुली, त्रिवेणी गजेन्द्र मोक्ष धाम, मान्यबिन्दु, कैलाश पर्वत, घुमाउरीघाट (कामधेनु क्षेत्र), शाश्वत धाम, अकलादेवी तथा दाउन्ने देवी छन् । 

यसका साथै प्रदेश सरकारले केही साहसिक पर्यटकीय गन्तव्यहरूसमेत सार्वजनिक गरेको छ । प्यराग्लाइडिङ, अल्ट्रालाइट, जिप फ्लायर, र्‍याफ्टिङ, घोडचढी, स्किइङ, बन्जीजम्प, साहसिक पिङ (स्विङ), हर्ट एयर वेलुनिङ तथा जंगल सफारी आदि साहसिक पर्यटकीय गन्तव्य सार्वजनिक गरिएको हो । 

गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षका रूपमा मनाइरहेको छ । यही समयमा यी पर्यटकीय गन्तव्य घोषणा हुँदा पर्यटन प्रवर्द्धन तथा आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । आन्तरिक पर्यटन वर्ष– २०१९ मा १५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ १ सय १० पर्यटकीय गन्तव्य पहिचान गरी घोषणा गरिएको हो । यसअन्तर्गत प्रदेश सरकारले १५ लाख आन्तरिक पर्यटक भित्र्याउने तथा तीमध्ये ५० प्रतिशत पर्यटकलाई प्रदेशका नयाँ–नयाँ गन्तव्यसम्म पुग्ने वातावरण तयार गर्ने लक्ष्य राखिएको छ ।

मुस्ताङमा लोमन्थाङ महोत्सव

मुस्ताङको लोमन्थाङमा जेठ १६ गतेदेखि महोत्सव सञ्चालन हुने भएको छ । ऐतिहासिक तथा पर्यटकीय स्थल लोमन्थाङको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लोमन्थाङ गाउँपालिका एवं अन्नपूर्ण संरक्षण क्षेक्र, इलाका संरक्षण कार्यालय लोमन्थाङको संयुत्त आयोजनामा जेठ १९ गतेसम्म लोमन्थाङ–१ झोङ गुफामा महोत्सव हुन लागेको हो । महोत्सवमा कृषि एवं हस्तकलाको प्रदर्शनसँगै स्थानीय परिकारका १७ वटा स्टल रहने लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशीलकुमार अर्यालले बताए । चार दिन चल्ने महोत्सवमा उपल्लो मुस्ताङको ऐतिहासिक पर्व तिजी मेलासमेत अवलोकन गर्न पाइनेछ । 

महोत्सवमा याकको सवारी, मौलिक घोडादौड प्रतियोगिता, खुल्ला भलिबल प्रतियोगिता, कोरला नाका भ्रमणको अवसर, होर्तो प्रतियोगिता, तिर हान्ने प्रतियोगिता, स्थानीय परिकारको उत्सव, विविध सांस्कृतिक कार्यक्रम आदि आकर्षणमा रहनेछन् । 

पोखराबाट दुई दिनको सडक यात्राबाट उपल्लो मुस्ताङ पुग्न सकिन्छ । पहिलो दिन मुस्ताङको जोमसोममा बास बसेपछि दोस्रो दिन महोत्सव स्थल लोमन्थाङमा पुगिन्छ । लोमन्थाङमा हाल करिब २० वटा होटल छन् भने महोत्सवको अवसरमा पर्यटक बढी भए स्थानीय घरहरूमा होम–स्टेको व्यवस्था मिलाइने बताइएको छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik