• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
ग्रुप राइडिङको क्रेज
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

एकराज सुवेदी

ग्रुप राइडिङको क्रेज
श्रावण २८, २०७६

 

गत असार महिनाको अन्त्यमा डब्लूआरडब्लूआर अर्थात् विमेन राइडर्स वर्ल्ड रिले नेपाल आइपुग्यो । बेलायतबाट प्रारम्भ भएको उक्त रिले सुनौली हुँदै नेपाल भित्रिएको थियो । भारतीय महिला बाइक राइडरहरूले आफूसँग लिएको बेटन लुम्बिनीमा एक कार्यक्रमका बीच नेपाली महिला राइडरहरूलाई हस्तान्तरण गरे । नेपालको लेगमा हिमालयन जिप्सिजकी राइडर अमान्दा लुइस ग्रेगोरी र राइडर्स युनिफाइड/फोर तथा हिमालयन जिप्सिजकी राइडर मेरिना श्रेष्ठ सहभागी थिए । उनीहरूलाई अस्ट्रेलियाकी राइडर कोलेटल तथा स्पेनकी राइडर मारले साथ दिएका थिए । 

टिम नेपाल पहिलो दिन चितवन र दोस्रो दिन लहान पुगे भने उनीहरू इटहरी हुँदै अन्तिम स्टपका रूपमा काँकडभिट्टा पुगेका थिए । त्यहाँ उत्तर–पूर्वी भारतका लेडी राइडरहरूले बेटन प्राप्त गरे जहाँबाट उनीहरू काँकरभिट्टाबाट बंगलादेशको सिमानासम्म पुगे । मोटरस्पोर्टमा महिलाहरूलाई प्रोत्साहित गर्न यो विश्वव्यापी रिलेको स्थापना गरिएको हो । यसलाई इतिहासकै सबैभन्दा ठूलो मोटरबाइक रिले मानिन्छ । 

फोर नेपाल अर्थात फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपालको आयोजनामा आगामी माघ महिनामा बबएमसी राइडर मेनिया नेपालमै हुने भएको छ । विभिन्न राइडर क्लबहरूले संयुक्त रूपमा आयोजना गर्ने राइडर मेनिया नेपालमा पहिलो पटक हुन लागेको हो । आफूलाई टुर अपरेटरका रूपमा परिचित गराउन रुचाउने राइडर प्रमोद श्रेष्ठ ‘गुफी’ नेपालका प्रसिद्ध राइडर हुन् ।

उनी फोर र द हिमालयन इन्फिल्डर्समार्फत तिब्बत तथा नेपालका विभिन्न भागमा अन्य देशका राइडरहरूलाई बाइकमार्फत घुमाउने काम गर्छन् । राइडरहरूलाई एक प्रकारको गाइड टुर गराउँछन् उनी । यसका लागि श्रेष्ठले मेकानिक्स र लजिस्टिक सपोर्ट समेत उपलब्ध गराउँछन् । आफूले विश्वका विभिन्न देशबाट आएका पर्यटकहरूलाई बाइकमै पोखरा, चितवन, मुस्ताङ आदि स्थानमा मात्र होइन, तिब्बतसम्म पुर्‍याउने गरेको श्रेष्ठले बताए । उनी आवद्ध संस्था फोर नेपालले हाल सम्म तेस्रो संस्करणको नेपाल राइडर्स मिट सम्पन्न गरिसकेको छ । 

बाइक राइडरहरूलाई प्रोत्साहित गर्न विभिन्न कम्पनीहरूले समेत क्लब स्थापना गरिरहेका छन् । उनीहरूले एक वा दुई दिनको छोटो यात्राका लागि उनीहरूलाई प्रोत्साहित गर्छन् । नेपालमा टीभीएस बाइक बिक्री–वितरण गरिरहेको जगदम्बा मोटर्सले अपाचे सिरिजका बाइक धनीहरूको एउटा समूह निर्माण गरेको छ । यसको नाम ‘एओजी’ अर्थात अपाचे ओनर्स ग्रुप राखिएको छ । टीभीएसका अपाचे सिरिजका बाइक रेस मेसिनका रूपमा लोकप्रिय छन् । विशेष गरी रेसिङकै फ्लेवरका साथ डिजाइन गरिएका यी बाइकका सौखिन युवाहरू नै हुन्छन् । यस्ता युवाहरूलाई सधै सहयोग गर्न पाइयोस् भन्ने उद्देश्यले कम्पनीले विभिन्न राइड कार्यक्रमको संयोजन गर्छ । एओजी राइड नाम दिएर राइडरहरू काठमाडौंदेखि स्वीजरल्यान्ड पार्क, नागार्जुन आदि स्थानसम्म पुगेका छन् । त्यसैगरी राइडरहरू पोखरादेखि स्याङ्जा अनि त्यस्तै विभिन्न स्थानमा पुगेका छन् । 

युवाहरू विशेष गरी शनिबार घुम्न मन पराउने र कम्पनीको लक्ष्य पनि युवाहरूलाई सधै सहयोग गर्नुपर्छ भन्ने भएकाले उनीहरूका लागि विशेष सुविधा दिँदै आएको जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइराला बताउँछन् । दुई अपाचे राइडर जहाँ भेट भए पनि आत्मीयताको सम्बन्ध होस् भनेर यस्ता कार्यक्रम सञ्चालन गरिएको पनि कोइरालाले बताए । 

रोयल इन्फिल्ड बाइकको नेपालका लागि आधिकारिक वितरक विवेक अटोमोबाइल्सले युवा लक्षित विभिन्न राइड कार्यक्रम समय–समयमा आयोजना गर्ने गरेको छ । कम्पनीले हेरिटेज राइड, ट्रेजर हन्ट राइड, स्याटर्डे राइड, ब्रेकफास्ट राइड, वान राइड आदि आयोजित गर्छ । यी राइड धेरैजसो एक दिनका हुन्छन् वा एक रातसम्म लम्बिन सक्छन् । विशेष गरी रोयल इन्फिल्ड बाइक प्रेमीहरूमा भ्रातृत्वको विकास गर्न यस्ता प्रकारका कार्यक्रम आयोजित गरिने विवेक अटोमोबाइल्सका ब्रान्ड म्यानेजर अनुज मल्ल बताउँछन् । यी सबै प्रकारका राइडमा रोड सेफ्टी र ट्राफिक नियम पालनालाई अनिवार्य गरिएको हुन्छ । त्यसैले बाइकरहरू विभिन्न राइडिङ गियर पहिरेर अनुशासित रूपमा बाइक कुदाउँछन् । 

बाइकमा लामो यात्रा सम्पन्न गर्न नासा बुलेट क्लबले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । उक्त क्लबका राइडरहरू बुलेट अर्थात् रोयल इन्फिल्डका बाइकमा काठमाडौंदेखि रारा, मनाङ तथा उपल्लो मुस्ताङसम्म पुगेका छन् । एक सातादेखि तीन साता लामो यात्रा समेत उनीहरूले यही बाइकमा सम्पन्न गरेका छन् । 

नासा बुलेट क्लबले आगामी सेप्टेम्बर २७ तारिखदेखि विश्व पर्यटन दिवसके अवसरमा नेपालबाट भारतको लद्दाखसम्मको बाइकको याक्रा गर्ने कार्यत्रम तय गरेको क्लबका अध्यक्ष प्रकाश लिम्बुले बताए । यही राइडका लागि अमेरिकामा रहेका हार्ले डेभिडसन बाइक राइडर रसोज श्रेष्ठ समेत नेपाल आउँदै छन् । २० दिनको प्याकेजमा सञ्चालन हुने उक्त राइड बुलेट क्लबका लागि अर्को एउटा उपलब्धि हुने प्रकाशले बताए । 

नेपालका राइडरहरूले समेत विभिन्न समूह निर्माण गरी अरूलाई पनि राइडिङ र रेसिङका लागि प्रोत्साहित गरिरहेका छन् । विभिन्न रेसिङ प्रतियोगिताका विजेता राजकुमार कार्कीको ‘वान डाउन फाइभ रेसिङ टिम नेपाल’ नामक टिम छ । उनीहरू समय–समयमा सिन्धुली, चितवन, धुलिखेल आदि स्थानमा पुगेर रमाइलो गर्छन् । कार्की भन्छन्, ‘हामी रेसिङ सिक्न पनि विभिन्न प्रकारका टिम निर्माण गर्छौं र एक–अर्कासँग नजानेको–नबुझेको कुरा सिक्छौं ।’ काठमाडौंमा उनीहरूका ३० जना सदस्य छन् । बुटवल, पोखरा र चितवन गरी करिब ६० जना यो समूहमा आबद्ध छन् ।

पोखरामा बबएमसी राइडर मेनिया

माघ १० देखि १३ सम्म पोखराको पामेमा बबएमसी राइडर मेनिया नेपाल–२०२० हुने भएको छ । उक्त राइडर मेनियामा नेपाल, भारत तथा भुटानका साथै विश्वका विभिन्न देशका करिब ३ हजारभन्दा बढी बाइक राइडरले सहभागिता जनाउने बताइएको छ । विशेष गरी रोयल इन्फिल्ड बाइक राइडर सहभागी हुने उक्त राइडर भेलामा क्लासिक, भिन्टेज तथा एडीभी बाइक राइडर समेत सहभागी हुनेछन् । 

फोर नेपाल अर्थात् फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपालले आयोजना गर्ने यो कार्यक्रम राइडर मेनियाको १९ औं संस्करण हो । बबएमसी अर्थात् ब्रदरहुड अफ बुलेटियर्स मोटरसाइक्लिङ कन्सोर्टियमअन्तर्गत बबएमसी राइडर मेनिया प्रत्येक वर्ष आयोजित गरिँदै आएको छ । 

ऊक्त कार्यत्रममा मोटरसाइकलसँग सम्बन्धित विभिन्न मनोरञ्जक तथा साहसिक खेल तथा प्रतियोगिताहरू समेत सम्पन्न गरिनेछन् । उक्त अवसरमा नेपालको लोकसंस्कृति, वेशभूषा एवं जातजाति झल्काउने नाचगान तथा झाँकी प्रस्तुत गरिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूद्वारा लाइभ ब्यान्ड तथा डीजेको प्रस्तुतिसमेत समेटिनेछ । सबै गरी २० भन्दा बढी खेल तथा प्रतियोगिता हुने र उत्कृष्ट सहभागीहरूलाई नेपालको हस्तकला प्रवर्द्धनमा टेवा पुर्‍याउने खालको पुरस्कार तथा ट्रफीको व्यवस्था गरिने आयोजकहरूले बताएका छन् ।

एफजेड चलाउन सजिलो 

अभिनेता सलोन बस्नेतको पहिचान केबल अभिनयमा मात्र सीमित छैन् । उनी बाइकका विभिन्न मोडल कुदाउने सौख राख्छन् । ११ वर्ष अघिदेखि बाइक कुदाउन थालेका सलोनले हालसम्म विभिन्न ब्रान्डका बाइक चढिसकेका छन् । हालसम्म उनीसँग चारवटा ब्रान्डका बाइक चढेको अनुभव छ । 

पहिलो बाइक 

मैले पहिलोपटक कुदाएको बाइक इन्टाइसर हो । हाल म एफजेट चढिरहेको छु । मैले इन्टाइसर पछि पल्सर तथा अपाचे बाइक पनि चलाएँ । मलाई सजिलो चाहिँ एफजेट नै लाग्यो । 

महँगो बाइक 

मैले अहिलेसम्म किनेको महँगो बाइक एफजेट नै हो । यो बाइक खरिदमा चार लाख रुपैयाँ खर्च भयो । पल्सर बाइक चाहिँ उपहार पाएको हुँ ।

बाइकका फाइदा

काठमाडौंमा बस्ने जोकोहीका लागि बाइक फाइदाजनक नै हुन्छ । पानी परेको समयमा चाहिँ बाइक कुदाउन निकै अप्ठ्यारो पर्छ । 

बाइकका बारेमा जानकारी 

म काठमाडौंमा प्रत्येक वर्ष हुने नाडा अटो शोमा सहभागी हुन्छु । त्यहाँ गएर के–कस्ता नयाँ बाइक आइरहेका छन् भनेर जानकारी लिन्छु ।

बाइक एड्भेन्चर 

एड्भेन्चर्स जर्नी पनि रुचाउने भएकाले मैले काठमाडौंबाट जोमसोमसम्मको यात्रा बाइकबाटै सम्पन्न गरेको छु । 

बाइकमा दुर्घटना

बाइकमा म धेरैपटक दुर्घटनामा परेको छु तर निकै गम्भीर दुर्घटना चाहिँ केही वर्षअघि टेकुमा भएको थियो । सिमेन्टको डिभाइडरमा बाइक ठोक्किँदा घाइते भएर चाबहिलको ओम अस्पतालमा झन्डै एक साता बस्नुपर्‍यो ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik