• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
नारायणगढको खास स्वादिष्ट तास
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रमेशकुमार पौडेल

नारायणगढको खास स्वादिष्ट तास
भाद्र ८, २०७६

तीन दशकअघि चितवनबाट सुरु भएको ‘तास’ अहिले नेपालका धेरै क्षेत्रमा फैलिसकेको छ । जिल्लाको व्यस्त बजार नारायणगढमा ‘तास’ बेच्ने रेस्टुराँ प्रशस्तै छन् । सहिद चोकको ‘भेटघाट रेस्टुराँ’ले तास बेच्न थालेकै ३० वर्ष भयो । सञ्चालक गोविन्द तिवारी यो परिकारको नाम तास नै आफूले जुराएको दाबी गर्छन् । कास्की लेखनाथबाट बसाइँ सरेका तिवारीले वि.सं. २०४४ साल बैशाखदेखि सहिदचोकमा ‘तास’ बेच्न थालेका हुन् । उनले पहिलो दिन पाँच किलो मासु बेचे । एक प्लेट तासको ८ रुपैयाँ लिन्थे, अहिले २ सय ७० रुपैयाँ पर्छ । 

‘कास्कीबाट चितवन आएर सुरुमा किराना व्यापार गरेका तिवारीले किराना व्यापार जम्न नसकेपछि केही नयाँ गर्ने योजना बनाए । त्यतिबेला खाजाका लागि मासुको झोल र भुटुवाबाहेक अरू परिकार उपलब्ध थिएनन् । सेकुवा खासै चल्तीमा थिएन । मासुमा मसलाको सुगन्ध थपेर नौलो परिकार बनाउने धुनमा उनले एक वर्ष बिताए । ‘अनेक थरी मसला तयार गरेँ । ति मसला चाख्दा कहिले जिब्रो खुइलियो, कहिले तर्कुले खुइलियो । पखला चल्यो, ज्वरो पनि आयो’ तिवारीले परीक्षणकालको कथा सुनाए ।

मसलाको परीक्षण सफल भएपछि तिवारीले तीन किलो मासु ल्याए । मसलामा मोलेर केही घण्टा भिज्न छाडिदिए । मज्जाले भुटेपछि साथीहरूलाई बोलाएर चखाए । उनीहरूले निकै मिठो मानेर खाएपछि त्यही परिकार उनले ४४ सालको वैशाख १६ गतेदेखि बेच्न थालेका हुन् ।

‘हामी जिवन चलाउनै धौ–धौ अवस्थामा पुगेका थियौं । तास पसलले सहज बनायो । तिवारीका तीन सन्तानमध्ये छोरी र कान्छा छोरा चिकित्सक छन् । जेठा छोराले एमबीए गरेर भरतपुरमै नेपालकै ठुलो फनपार्क सञ्चालनमा ल्याएका छन् । यो सबै तासकै बलमा सम्भव भएको हो’ तिवारी भन्छन् । तासमा उनी १७ थरी मसला मिसाउँछन् । मसला मोलेर मासुलाई चार घण्टा फ्रिजमा राख्छन् । त्यसपछि ठूलो तावामा तातेको तेलमा मज्जाले भुटेपछि तास तयार हुन्छ ।

भुटेर रातो भएको मासु तथा १७ थरी मसलाको सुगन्धमा ग्राहकहरू लोभिने गरेका छन् । भुजामाथि भुटेको मसलाको थोरै भाग हुन्छ । मसलामा भुजा मोल्दै मासु र अचारसँग खाँदा प्लेट रित्तिन बेर लाग्दैन । मुलाको चानालाई टमाटारमा पकाएर तयार गरिएको अचार पनि धेरैलाई नौलो लाग्ने गरेको छ । भेटघाटका साथै अहिले नारायणगढमा संगम, मामा, साइनो, कर्मा, पोखरा, ढकाल तथा जमघट जस्ता रेष्टुराँ पनि तासका लागि प्रशिद्ध छन् ।

भेटघाटमा १० वर्ष काम गरेका कृष्णप्रसाद भट्टले ६२ सालको चैतमा जमघट खोले । तासका बारेमा भट्टको पनि आफ्नै ब्याख्या छ । ‘खेल्ने तासमा चार थरी पत्ती हुन्छ, हुकुम, इँटा, पान र चिडी । हाम्रो तासमा पनि भुटेको मासुसँगै सलाद, अचार र भुजा हुन्छ । ‘काम खोज्दै नवलपुरको दलदलेबाट नारायणगढ छिरेको हुँ । महिनाको ६ सय रुपैयाँमा भेटघाटमा काम सुरु गरे । त्यहाँ १० वर्ष काम गरेर छाड्ने बेलामा तलब आठ हजार पुगेको थियो । त्यसपछि आफैंले रेस्टुराँ चलाए । भरतपुरमा घर–घडेरी छ । साथीहरू मिलेर एउटा होटल पनि खोल्दैछौं । भट्ट होटल संघ चितवनका उपाध्यक्ष पनि हुन् ।

नारायणगढमा तास मात्र बेच्ने होटल १५/२० वटा भए पनि विविध परिकार बेच्ने अन्य रेस्टुराँको मेनुमा पनि तास अनिवार्य हुने भट्टले बताए ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik