
साप्ताहिक संवाददाता

रेडियो कान्तिपुरको मासिक कार्यक्रम ‘सलाम जिउँदो इतिहासलाई’ को असोज महिनाको श्रृंखलामा गीतकार तथा चलचित्रकर्मी नीर शाहलाई सम्मान गरिने भएको छ । शनिबार पुल्चोकस्थित रेडियो कान्तिपुरको स्टुडियोमा बिहान ८ बजे प्रारम्भ हुने सम्मानसहितको सांगीतिक कार्यक्रममा नीर शाहद्वारा रचना गरिएका गीतहरू प्रस्तुत हुनेछन् ।
रेडियो कान्तिपुरका स्टेसन म्यानेजर दिनेश डिसीका अनुसार कार्यक्रममा नीर शाहद्वारा रचित गीतहरू दीपक खरेल, शैलेश सिंह, समुन श्रेष्ठ, सुवानी मोक्तान, सरिता शाही, सुरज थापा तथा भविन ढुंगानाले प्रस्तुत गर्नेछन् । चलचित्र निर्देशक तथा अभिनेताका रूपमा समेत सक्रिय शाहले कुसुमे रुमाल, प्रेमपिण्ड, नाता रगतको, वसन्ती, बासुदेव जस्ता सफल चलचित्र निर्देशन गरिसकेका छन् ।