• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
घुम्नैपर्ने १० गाउँ 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

ध्रुव सिम्खडा

घुम्नैपर्ने १० गाउँ 
आश्विन ७, २०७६

ध्रुव सिम्खडा ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) का अध्यक्ष हुन् । ग्रामीण पर्यटन प्रवद्र्धनमा सक्रिय सिम्खडाले नेपालका धेरैजसो गाउँ घुमेका छन् । उनले त्यहाँका स्थानीय कला–संस्कृतिलाई नजिकबाट नियालेका छन्, आतिथ्यता ग्रहण गरेका छन् । स्थानीय परिकारहरूको स्वाद उनको जिब्रोमा बसेको छ । साप्ताहिकले सिम्खडासँग नेपालका घुम्नैपर्ने १० गाउँको सूची मागेको थियो । उनले गाउँको खानपान, संस्कृति, सौन्दर्य, हावापानी आदिका आधारमा यो सूची उपलब्ध गराएका हुन् । 

काउलेपानी, लमजुङ 

बेसीसहरबाट एक घण्टा उकालो लागेपछि काउलेपानी पुगिन्छ । गाउँको स्वच्छ हावापानी एवं सुन्दरताको दृश्यावलोकन मात्र होइन्, आँखै अगाडि हिमश्रृखलाको स्वाद लिन काउले रोजाइको गन्तब्य हो । काउलेपानी आतिथ्यताका हिसाबले पनि उत्कृष्ट गन्तब्य हो । एक पटक सबैले पुग्नैपर्ने यो ठाउँमा स्थानीय परिकारको स्वादसँगै होमस्टेको आनन्द उठाउन पाइन्छ । 

चित्लाङ, मकवानपुर 

काठमाडौंको उकुसमुकुसबाट उन्मुक्तिका लागि नजिकैको सुन्दर गन्तव्यको खोजी गर्नेहरूको पहिलो रोजाइ हुन सक्छ— चित्लाङ । यो रमणीय भ्यालीमा स्वच्छ हावापानीमा रमाउन सकिन्छ । यहाँ कृषि फार्म तथा बाख्रा फार्म पनि छन् । चित्लाङमा होमस्टेसँगै बस्नका लागि होटल तथा रिसोर्टको व्यवस्था समेत छ । 

राइनासकोट, लमजुङ 

लमजुङको राइनासकोट एकदम रमणीयस्थल हो । यहाँको हिमालको उत्कृष्ट भ्यू अनि उत्कृष्ट ल्यान्डस्केपले जो कसैलाई मोहित तुल्याउँछ । यो संस्कृतिका हिसाबले पनि एकदमै एकदमै धनी ठाउँ हो । यहाँबाट १ सय ८० डिग्रीमा बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वान्टी नाइन, गणेश, माछापुच्छ्रे, लमजुङ आदि १८ वटा हिमशृंखला हेर्न सकिन्छ । पुरातात्विक महत्वको ऐतिहासिक राइनासकोट किल्ला, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिर र अन्य कोट, किल्ला तथा गढी आदि इतिहास बोकेका स्थलहरू पनि यहाँ छन् । राइनासकोट घुम्न जानेहरूका लागि त्यहाँ होमस्टे उपलब्ध हुन्छ ।

ताङतिङ, कास्की 

गुरुङ कला–संस्कृतिले भरिपूर्ण पर्यटकीय गाउँ हो, कास्कीको मादी गाउँपालिकामा पर्ने ताङतिङ गाउँ । यो होमस्टेको ट्रेकिङ ट्रेल सुरु भएको ठाउँ पनि हो । यहाँ एक होमस्टेबाट अर्को होमस्टेमा जान ट्ेरकिङ ट्ेरल बनाइएको छ । यो लोकल खानपिन तथा हिमाली दृश्यका लागि सुन्दर ठाउँ हो । 

अमलटारी, नवलपरासी 

थारु संस्कृतिको अमूल्य निधी भएको ठाउँ हो नवलपरासीको—अमलटारी । यहाँ थारु संस्कृतिको जानकारी हासिल गर्न सकिन्छ । थारु नृत्यसहित थारु परिकारको स्वादले मन भुलाउँछ । यहाँ होमस्टेहरू सञ्चालनमा छन् ।

 

पितलेक, स्याङ्जा

स्याङ्जाको पितलेक गाउँको मुख्य आकर्षण कृषि हो । यहाँ ‘एक गाउँ, एक उत्पादन’ अन्तर्गत कफी खेती गरिएको छ भने ‘घर एक घार’ अन्तर्गत प्रत्येक घरमा मौरी पालन गरिएको छ । गुरुङ, मगर, ब्राह्मण तथा दलितहरूको बसोबास रहेको यो गाउँमा गुरुङ तथा मगरहरूको संस्कृति एवं रहनसहन अर्को आकर्षण हो । यहाँ अग्र्यानिक खानेकुरा पाइन्छ भने लोकल कुखुरा यहाँको विशेषत हो । पितलेकमा होमस्टेमा बस्न सकिन्छ भने होटलहरू पनि बनिरहेका छन् । यहाँ दृश्यावलोकन र वर्ड वाचिङ पनि गर्न पाइन्छ । भनिन्छ, यहाँबाट १२ वटा जिल्ला देखिन्छ ।

मार्मा, मुगु 

स्वर्गकी अप्सरा नामले प्रख्यात मुगुको रारा तालको काखैमा अवस्थित गाउँ हो– मार्मा । कर्णालीको जीवनशैलीसँगै राराको सुन्दरता हेर्न जानेहरूका लागि यो गाउँ पहिलो रोजाइ हुनसक्छ । कर्णालीका मानिसहरूले पाहुनालाई उत्कृष्ट आतिथ्यता प्रदान गर्छन् । 

दोरम्बा, रामेछाप 

रामेछापको दोरम्बा गाउँ घुमघामका दृष्टिले उत्कृष्ट गन्तव्य हो । यो युद्ध पर्यटनसँग जोडिएको घुम्नैपर्ने ठाउँ हो । दोरम्बा धार्मिक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिले पनि धनी छ । सैलुङजस्तो मनोरम क्षेत्र पनि यही ठाउँमा पर्छ ।

 

तनहुँसुर, तनहुँ 

तनहुँको तनहुँसुर मगर संस्कृतिका लागि प्रसिद्ध छ । यो दृश्यावलोकनका दृष्टिले पनि धेरै उपयुक्त गाउँ हो । व्यास नगरपालिकामा पर्ने तनहुँसुर चौबिसे राज्यकालमा तनहुँको केन्द्र भएको बताइन्छ । यहाँ दरबारको भग्नावशेष, टुँडिखेल, गढी, हात्ती बााध्ने ढुंगा, गद्दी चौतारो, ढुंगेसाँघु, जारकाटे ढुंगा आदि छन् । तीनवटा थुम्का रहेको यो गाउँबाट धौलागिरी, अन्नपूर्ण, मनास्लु आदि हिमश्रृंखला अवलोकन गर्न सकिन्छ भने सूर्योदय र सूर्यास्तको आनन्द उठाउन पाइन्छ । यो गाउँका केही घरमा होमस्टेको व्यवस्था छ ।

गाभरभ्याली, बाँके 

बाँकेको गाभरभ्याली स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षकको केन्द्र हो । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित गाभरभ्यालीमा सामुदायिक होमस्टे सञ्चालित छ । जैविक विविधता, थारु संस्कृतिको अवलोकन तथा थारु परिकारको स्वाद लिन यो ठाउँ उपयुक्त हुन सक्छ । गाभरभ्यालीमा ढिक्री, कोदो, ढिडो, घोंघीजस्ता परिकारको स्वाद लिन पाइन्छ भने अनुपम प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik