• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
इच्छाकामनाको छांगोमा क्यानोनिङ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

हरिहरसिंह राठौर

इच्छाकामनाको छांगोमा क्यानोनिङ
आश्विन ९, २०७६

धादिङसँग जोडिएको चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनास्थित जलबिरे झरना बिदाको दिन युवाहरू रमाउने तथा आनन्द लिने ठाउँ भएको छ ।भीर, पहरा, छाँँगा र छहराको संंयोग, मनोरम प्राकृतिक दृश्यले भरिपूर्ण जलबिरे झरना (लामो झरना) चितवनकै उत्कृष्ट पर्यटीकीय गन्तव्यमध्ये एक हो । चितवनमा पहिचान गरिएका ४० उत्कृष्ट पर्यटकीय आकर्षकमध्ये जलबिरे झरना उत्कृष्ट गन्तव्यमा पर्छ । 

इच्छाकामना–६, जलबिरेस्थित उक्त झरना १ सय २ मिटरभन्दा बढी लामो छ । युवाहरू निकै टाढाटाढाबाट पनि यो लामो झरनाको आनन्द लिन आउँछन् । विशेष गरी गर्मीमा झरनाको छालसँग रमाउनेहरू बढी हुन्छन् ।

‘जाडोयामको पुस, माघ र साउनमा झरना हेर्ने आउनेहरूको कमी हुन्थ्यो, तर यसपालि साउनमै पनि मानिसहरू आए, एकै दिनमा ११ सय जनाले झरना हेर्न टिकट काटेको रेकर्ड छ,’ झरना व्यवस्थापन समितिका अध्यक्ष स्थानीय शिक्षक देवकुमार गुरुङले बताए । त्यहाँ दैनिक १ सय जना आउने गरेको कुरा बताउँदै गुरुङ भन्छन्— नारायणगढ बजार बन्द हुने दिन सोमबार तथा सार्वजनिक बिदा एवं शनिबार भीड थेग्न गाह्रो हुन्छ । झरना हेर्न मात्र होइन, झरनामा छाँगारोहण (क्यानोनिङ) गर्न पनि सम्पर्कका आठवटा कम्पनीले वर्षमा ५ सयजति खेलाडी युवाहरू ल्याउने गरेका छन् । 

झरनामा गीत–संगीतको छायाङ्कन गर्ने तथा टिकटक भिडियो बनाउनेहरूको आकर्षण पनि उत्तिकै छ । यो झरना हेर्न व्यवस्थापन समितिले नेपालीसँग ५० तथा विदेशीसँग १ सय रुपैयाँ लिने गरेको छ । उक्त झरनाबाट संकलित रकम यवस्थापन समितिले वार्षिक १५ लाख स्थानीय तहलाई बुझाए पनि व्यवस्थापन खर्च भने नपाएको स्थानीय बासिन्दाहरू बताउँछन् ।

नारायणगढ–मुग्लिन सडकको जलबिरे मन्दिरबाट ५ सय मिटरमै ग्रामीण सडक हुँदै झरना पुग्न सकिन्छ । मुग्लिनबाट यसको दूरी ७ किलोमिटर छ । पूर्वाधारबिना पर्यटकको चहलपहल बढेको जलबिरे झरना आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्ला केही वर्षको प्रयासमा त्यहाँ शौचालय, चेन्जिङ रुम, पौडी पोखरी, पार्क तथा सिंढी निर्माणले आकर्षण थपेको छ । 

झरनामाथि रहेको गुरुङगाउँ याकराङमा होमस्टे (घरवास) पनि सुरु भएको छ । उक्त होमस्टेबाट देखिने नागबेली परेको त्रिशूली र नारायणगढ मुग्लिन सडकको दृश्यले जो–कसैको मन जित्छ ।

इच्छाकामनामा लामो झरना मात्र होइन, वि.सं. २०१६ सम्म चितवन जिल्लाको सदरमुकाम रहेको वडा नम्बर–७ स्थित उपरदाङ गढी पनि छ । पृथ्वीनारायण शाहका नाति शत्रुभञ्जन शाहले २ सय ५५ वर्षअघि निर्माण गरेको फौजी किल्ला त्यहाँ हालसम्म उस्तै छ । उक्त ऐतिहासिक किल्लाबाट नारायणगढ र गैंडाकोट बजारसम्म छर्लङ्ग देखिन्छ । उक्त स्थानमा आधा दर्जन होमस्टे पनि छन् । सडक सुधार भएलगत्तै त्यहाँ आन्तरिक पर्यटक वृद्धि हुने निश्चित छ ।

गोरखाको मनकामनाबाट सिधै दक्षिणतर्फको डाँडामा मनकामनाकै बहिनी इच्छाकामनाको ऐतिहासिक मन्दिर छ । मुग्लिन–नौबिसे सडकखण्डको फिस्लिङबाट १७ किलोमिटर ग्रामीण सडक पार गरेपछि १८ सय मिटरको उचाइमा अवस्थित इच्छाकामना मन्दिरबाट पनि हिमश्रृंखला, नागबेली मनोरम सडक तथा चितवनका विशाल फाँटहरू देख्न सकिन्छ । यहाँको सिराइचुली सूर्योदयका लागि प्रसिद्ध छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik