• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
छायांकन गन्तव्य इलाम
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

माधव घिमिरे

छायांकन गन्तव्य इलाम
मंसिर ८, २०७६

कृषिमा अग्रणी । प्राकृतिक सुन्दरताको खानी । सफा, हराभरा । महत्वपूर्ण धार्मिक, पर्यटकीय स्थलहरू । जैविक विविधतायुक्त पहाडी–लेकाली भूभाग । यी अनेक विशेषताले भरिपूर्ण पूर्वको आकर्षक गन्तव्य इलाम पछिल्लो समय म्युजिक भिडियो र चलचित्र छायांकनका लागि पनि छनोटको केन्द्र बन्न थालेको छ ।

केही समयअघि अभिनेता दयाहाङ राईसहितको टोलीले मुख्य पर्यटकीयस्थल सन्दकपुर क्षेत्र पुगेर ‘आप्पा’ चलचित्र छायांकन गरेको थियो । यो स्थानबाट सगरमाथा, कञ्चनजंघासहितका हिमशृंखला मनोरम देखिने भएकाले चलचित्रका लागि छायांकनको उत्कृष्ट गन्तव्य बनेको छ । दयाहाङको टिमले ‘हाइवे’, ‘मेरो एउटा साथी छ’ जस्ता चलचित्र छायांकनमा पनि इलामकै विभिन्न स्थान रोजेको थियो । जताततै प्राकृतिक सुन्दरताले भरिएको इलाममा अरू नयाँ चलचित्र छायांकनको योजना रहेको दयाहाङको भनाइ छ ।

दुई दशकभन्दा अघि सरोज खनालको चलचित्र ‘दिदी’ कन्यामको चियाबारीबीच छायांकन गरिएको थियो । त्यससता दर्जनौं चलचित्रले इलामको सुन्दरतालाई समेटेका छन् । ‘म यस्तो गीत गाउँछु २’, ‘मेरो एउटा साथी छ’, ‘प्रेम दिवस’, ‘क्याप्टेन’, ‘नाइ नभन्नु ल ५’, ‘नोटबुक’, ‘राधा’, ‘झिल्के’जस्ता अनेकौं चलचित्रको छायांकन इलामको प्राकृतिक छटाबीच भएका छन् । चलचित्रमात्र होइन, अनेकौं म्युजिक भिडियो निर्माणकर्ताले छायांकन स्थल इलामलाई नै रोजेका छन् ।

पर्यटकीय महत्वका स्थानहरूमा चलचित्र र म्युजिक भिडियो छायांकन हुनुले यस क्षेत्रको प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको इलामे युवा हरि गुरुङ बताउँछन् । उनीसहितको टिमले पर्यटकीय गन्तव्यको सूचीमा थपेको भालुढुंगा क्षेत्र पनि छायांकनका लागि छनोटमा पर्न थालेको छ ।

‘पर्यटनका लागि सिनेमा’ नारा लिएर चलचित्र ‘प्रेम दिवस’ बनाएका निर्देशक योगेश घिमिरे आफ्नो चलचित्र सन्दकपुरमा छायांकन गरेपछि त्यहाँ जान चाहनेको फोन आफूलाई आउन थालेको बताउँछन् । ‘हामीले पर्यटनका लागि सिनेमा नारा लिएर चलचित्र बनाएका थियौं । त्यही कारण पनि नारा जस्तै नयाँ सुन्दर लोकेसनमा चलचित्र खिचेका हौं’, निर्देशक घिमिरे भन्छन्, ‘नेपाल आफैंमा प्राकृतिक स्टुडियो हो । यही प्राकृतिक स्टुडियोको भरपुर उपयोग गर्दै ऐतिहासिक तथा पर्यटकीय क्षेत्रमा चलचित्र सुटिङ गरेका हौं ।’

झापाको चारआलीबाट उकालिँदै सुनमाइ, कोलबुङ, हर्कटे हुँदै थुम्काथुम्कामा हरियाली छरिएको कन्याम पुगिन्छ । कन्याममा रहेको चियाबारीको हरियाली, त्यसभन्दा पूर्वको अन्तुडाँडा र उत्तरको सन्दकपुरबाट देखिने उदाउँदै गरेको ‘कलिलो’ सूर्य र हिमाल, पहाड, तराईका मनोरम दृश्यहरूले लोभ्याउँछन् ।

सूर्योदय हेर्न अन्तु डाँडा पुग्दा त्यहाँ स्थानीय बासिन्दाले सञ्चालन गरेको घरबास (होमस्टे) मा बस्नुको रमाइलो बेग्लै हुन्छ । केही वर्ष अघिदेखि सुरु गरिएको होमस्टे अचेल विस्तार भएको अन्तुका धनबहादुर आले बताउँछन् । पहिलेभन्दा आगन्तुकको संख्यासमेत बढेको उनको भनाइ छ । पछिल्लो समय यस क्षेत्रमा चलचित्र सुटिङका लागि आउने समूहहरू बढेको उनले बताए ।

उत्तरी लेकाली क्षेत्रको जैविक विविधतायुक्त माइमझुवा, माइपोखरी, जमुनालगायत क्षेत्रले पनि आगन्तुकलाई तान्ने गरेको छ । त्यसक्षेत्रमा पाइने दुर्लभ वनस्पति र जीवजन्तुले घुमन्तेमात्र होइन अनुसन्धानकर्ताहरूलाई पनि आकर्षित गर्ने गरेको उत्तरी इलामको जमुनाका उमेश गुरुङले बताए । ‘अचेल त चलचित्र छायांकनका लागि पनि यो क्षेत्र आकर्षण बनेको छ,’ उनले भने ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik