• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
सबैको रोजाइमा मुस्ताङ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

नेमिष गौतम

सबैको रोजाइमा मुस्ताङ
पुस २, २०७६

एक समय नेपाली चलचित्रका रोमान्टिक दृश्य पोखरा र क्लाइमेक्स काठमाडौंको चोभारमा खिचिन्थे । चलचित्रकर्मीले चलचित्रमा सुन्दरता खोज्न पोखरालाई नै प्राथमिकता दिन्थे । अहिले भने चलचित्रकर्मीको ध्यान पोखराबाट पर हिमालपारिको जिल्ला मुस्ताङ पुग्न थालेको छ । त्यसैकारण नेपालमा निर्माण भएका वा भैरहेका अधिकांश चलचित्रको सुटिङ गन्तव्य मुस्ताङ बनिरहेको छ । मुस्ताङले स्वदेशीमात्र नभई विदेशी चलचित्रकर्मीहरूलाई पनि तानेको छ । बलिउड अभिनेता अमिताभ बच्चन तथा अभिनेत्री श्रीदेवी अभिनीत चलचित्र ‘खुदागवाह’ एवं भोजपुरी स्टार दिनेशलाल यादव निरहुआ अभिनीत ‘शेर ए हिन्दुस्तान’ को छायांकन मुस्ताङमै गरिएको थियो । अमिताभले समय–समयमा नेपाल सम्झँदा मुस्ताङको अनुभव छुटाउँदैनन् । 

छायांकन रहर पूरा गर्न मुस्ताङ

भूषण दाहाल, निर्देशक

मुस्ताङमा गएर चलचित्रको छायांकन गर्ने रहर थियो । मेरा लागि त्यो रहरसँगै आवश्यकता पनि थियो । किनभने हामीले कागबेनीको कथा पनि त्यहीअनुसार तयार पारेका थियौं । हामी अलिक फरक लोकेसन र फरक विषयमा चलचित्र बनाउन चाहिरहेका थियौं । त्यही चाहना पूरा गर्न हामी मुस्ताङ गयौं । अब अहिलेका चलचित्रकर्मीहरू किन मुस्ताङ जान्छन् भन्ने कुरा त थाहा भएन, तर मलाई लाग्छ, धेरैलाई मुस्ताङको सुन्दरताले तानेको छ । किनभने मुस्ताङ आफैंमा सुन्दर ठाउँ हो । 

मुस्ताङको सुन्दरताले सबैलाई तान्छ

सुदर्शन थापा, निर्देशक

मुस्ताङमा चलचित्र छायांकन गर्नुको कारण त्यहाँको सौन्दर्य नै हो । त्यहाँको सुन्दरताले सबैलाई तान्छ । मैले ‘प्रेमगीत’ छायांकन गर्दा चलचित्रको कथाले तल्लो मुस्ताङ मागेको थियो । चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सुटिङका लागि म अपर मुस्ताङ पुगेको थिएँ । चलचित्रको ‘भन्छु आज मनको कुरा’ गीतलाई भर्जिन लोकेसन चाहिएको थियो । त्यसैले मैले अपर मुस्ताङ रोजें । आर्थिक रूपले मुस्ताङ जति महँँगो छ, सौन्दर्यका दृष्टिले पनि उस्तै महँगो छ । मुस्ताङ कसैलाई मन पर्ला, कसैलाई नपर्ला तर मलाई मुस्ताङ असाध्यै मन पर्ने स्थान हो । 

हरेक ठाउँ नयाँ लाग्छन्

आकाश अधिकारी, निर्देशक

सडक मार्गबाट मुस्ताङ पुग्न निकै गाह्रो छ, तर त्यहाँ पुगेपछि हरेक कोणबाट मुस्ताङ राम्रो लाग्छ, जता फर्कियो उतै भर्जिन लोकेसन । मुस्ताङको मुख्य बाटो छोडेर दायाँबायाँ लागेपछि हरेक ठाउँ नयाँ लाग्छन् । लोभ्याउने किसिमको ठाउँ भएकाले पनि मुस्ताङ सबैको प्यारो ठाउँ बनेको हो । त्यहाँ खाने–बस्ने सबै सुविधा छ । पोखरा तथा म्याग्दीबाट सामान लगिने भएकाले त्यसको ढुवानी खर्चका कारण मुस्ताङ केही महँगो पनि छ । चलचित्र छायांकनका लागि मुस्ताङ किन सजिलो छ भने काठमाडौंमा जस्तो झन्झट बेहोरिरहनु पर्दैन । धेरै ठाउँमा सुटिङ गर्दा कलाकारलाई पर्खनुपर्ने, कलाकार खोज्नुपर्ने अवस्था आउँछ, तर त्यहाँ सबैजना एकै ठाउँमा भइने हुनाले हरेक काम सजिलो हुन्छ । समयको व्यवस्थापन पनि हुन्छ । एक ताका मुस्ताङ पुग्न सिन्डिकेट थियो, तर अहिले त्यो व्यवस्था हटिसकेको छ । सरकारले मुस्ताङ पुग्ने बाटो व्यवस्थित गरिदिनुपर्छ । भारतीय तथा विदेशी पर्यटकका लागि मुस्ताङ उपयुक्त पर्यटकीय गन्तव्य हो भने यो हनिमुनका लागि स्वीजरल्यान्डभन्दा उपयुक्त छ ।

जता हेर्‍यो उतै रमाइलो

हेमराज बीसी, निर्देशक

पहिलो कुरा मुस्ताङको खाना नै मीठो छ । अहिले धेरै चलचित्रकर्मीले मुस्ताङमा चलचित्र खिच्न थालेका छन् जसले गर्दा नयाँ निर्माता तथा निर्देशकलाई त्यो स्थान पुग्न मन लाग्छ । मुस्ताङ आफैंमा प्राकृतिक रूपमा सुन्दर थलो हो । त्यहाँ पुगेपछि निर्देशक तथा छायाँकारलाई कुन कोणमा, कुन फ्रेम क्यामेरामा कैद गरौं भन्ने चिन्ता हुँदैन । किनभने त्यहाँ जता हेर्‍यो, उतै रमाइलो लाग्छ । हामी दर्शकलाई कति एउटै लोकेसन मात्र देखाइरहने भनेर चलचित्र ‘जेरी’ खिच्न मुस्ताङ पुगेका थियौं । त्यहाँ लामो समय बस्दा स्वास्थ्यमा समस्या सिर्जना हुन सक्छ । खास गरी घाम तथा चिसोले छाला डढ्ने समस्याले सताउँछ । दिउँसो १२ बजेदेखि ठूलो हावा चल्ने भएकाले  इन्डोर सुटिङ मात्र गर्न सकिन्छ । घुम्नकै लागि जानेहरूका लागि पनि मुस्ताङ निकै रमाइलो छ । 

मुस्ताङ मिनी स्टुडियो

दिवाकर भट्टराई, निर्देशक

मैले ड्रिम्स, ऐश्वर्या र क्याप्टेनको गीतको छायांकन मुस्ताङमा गरेको छु । गीत सुटिङका लागि उपयुक्त लोकेसन भनेको मुस्ताङ नै हो, किनभने त्यहाँ हरियाली, खोलानाला, मरुभूमि र हिमाल सबै छन् । त्यहाँ पुग्न हवाई यातायातसँगै सडक यातायातको सुविधा पनि छ । मुस्ताङमा थुप्रै चलचित्रको छायांकन भइरहने भएकाले स्थानीयस्तरमा चलचित्रकर्मीहरूका लागि वातावरण पनि राम्रो छ । चलचित्रको एउटा गीत होस् वा पूरै प्याकेजका लागि मुस्ताङ सबै दृष्टिले उपयुक्त थलो हो । मेरो नजरमा मुस्ताङ चलचित्रका लागि मिनी स्टुडियो नै हो ।

संसारकै सुन्दर थलो 

भुवन केसी, अभिनेता/निर्देशक/निर्माता

म अफ्रिकासहित अन्य एक–दुई देशबाहेक संसारका प्राय: सबै देश पुगिसकेको छु । ती सबै देश पुग्दा मलाई संसारकै सबैभन्दा सुन्दर देश नेपाल नै लाग्यो । त्यसमा पनि मुस्ताङको सुन्दरता अन्य मुलुकमा पाइँदैन । हाम्रो दुर्भाग्य के छ भने नेपालकै सुन्दर ठाउँ भएर पनि मुस्ताङलाई नेपाली समुदायले नै देख्न पाएको छैन । त्यही कारण त्यहाँको सुन्दरतालाई दर्शकमाझ ल्याउन मैले चलचित्र ड्रिम्सको केही दृश्य मुस्ताङमा छायांकन गरें । मुस्ताङको पर्यटन प्रवद्र्धनमा नेपाली चलचित्रको ठूलो हात छ । अमेरिकामा भएका मेरा कतिपय साथीहरू मेरै चलचित्र हेरेर मुस्ताङ घुम्न आएका छन् । सरकारी तवरबाट त्यहाँ बाटोघाटो र होटलको राम्रो व्यवस्था गरिदिए अझ बढी पर्यटक मुस्ताङ पुग्न सक्छन् । त्यहाँको सुन्दरता खिचिएका नेपाली चलचित्रलाई अंग्रेजी सबटाइटल गरेर विश्व समुदायमाझ पुर्‍याउन सके मुस्ताङको मूल्य अझ बढ्ने निश्चित छ । सरकारले नेपालमा निर्माण भएका चलचित्रलाई सहुलियत, सुविधा दिए मुस्ताङजस्ता धेरै भर्जिन पर्यटकीय गन्तव्यको विकास हुने थियो । 

पर्दामा मुस्ताङ देखेर ताली बजाए

एभरेस्ट सूर्य बोहोरा, निर्देशक

मेरो चलचित्र भैरेको छायांकन उपल्लो मुस्ताङ र तल्लो मुस्ताङमा भएको हो । मुस्ताङमा सुटिङ गर्नुपर्ने कारण पनि छ । अहिले दर्शकहरूको स्वाद फेरिएको छ । उनीहरू नयाँ परिवेश र नयाँ ठाउँको अनुभव गर्न चाहन्छन् । काठमाडौं, चितवन, भक्तपुर, पोखरा हेर्दा–हेर्दा चलचित्रकर्मी तथा दर्शक दिक्क भइसकेका छन् । मेरो चलचित्रको कथा मुस्ताङको मुक्तिनाथबाटै सुरु भएको थियो । नेपालमा अनगिन्ती प्राकृतिक गन्तव्य छन् जहाँ आम व्यक्तिले चाहेजसरी पुग्न सम्भव छैन । भैरेको प्रदर्शन क्यानाडा, अमेरिकामा गर्दा मुस्ताङको लोमान्थाङ, मुक्तिनाथ देखेर दर्शकहरूले ताली बजाए । मेरो अहिलेको प्रोजेक्ट हेल्लो जिन्दगी पनि मुस्ताङको मुक्तिनाथबाटै सुरु हुन्छ । मेरो अनुभवमा मुस्ताङ खासै महँगो पनि छैन । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik