• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
मोहक मैदान
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अजित तिवारी

मोहक मैदान
पुस १५, २०७६

त्रेतायुगका राजा जनकको राजधानी रहेको जनकपुरमा सीताको मुगलशैलीको आलिशान मन्दिरदेखि मिथिला पेन्टिङ प्रदेश २ का मुख्य आकर्षणका रूपमा रहेका छन् ।  

 

भारत, उडिसा भुवनेश्वरका कात्तिके माहभाद्र परिवारका सबै सदस्यसहित जनकपुरको जानकी मन्दिर आइपुगे । उडिसामै हिन्दू आस्थाको ठूलो मन्दिर जगरनाथपुरी रहे पनि उनीहरूलाई जनकपुरको धार्मिक महात्म्य लोभ्याइहाल्यो । ‘जनकपुर हिन्दूको अस्थाको ठूलो केन्द्र हो,’ माहभाद्रले भने, ‘यहाँ नपुग्दा धार्मिक भ्रमण अपुरो रहन्छ ।’ 

त्रेतायुगका राजा जनकको राजधानी रहेको जनकपुरमा सीताको मुगलशैलीको आलिशान मन्दिर छ । त्रेतायुगकै भारत, अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र राम र सीताबीच भएको वैवाहिक सम्बन्धले पनि जनकपुर आउने भारतीय पर्यटकको भीड बढेको छ । त्रेतायुगमा राम र सीताबीच भएको वैवाहिक विधि र कार्यक्रमका सबै स्थल अझै जनकपुरमा छन् । रामले धनुष उचालेर तीन टुक्रा पारेको स्थल जनकपुरको रंगभूमि मैदान हो । रामले त्यहाँ भाँचेको धनुषको तीन टुक्रामध्ये एक टुक्रा आकाशमा, अर्को पताल (पृथ्वीमुनि) मा र तेस्रो धर्तीमा झरेको थियो । धर्ती (जमिन) मा झरेको भनिएको धनुषको तेस्रो टुक्रा जनकपुरभन्दा १४ किलोमिटर पूर्वमा रहेको धनुषाधाममा अझै छ । धनुष आकारको माटोको ढिस्को अझै त्यहाँ छ । राम–सीताको वैवाहिक विधि सम्पन्न भएको मणिमण्डप जनकपुरको पिडारीमा छँदैछ । 

जानकी  मन्दिरसँगै रहेको रामजानकी विवाहमण्डपले धेरैलाई आकर्षित पार्छ । गंगा सागरको डिलमा हरेक साँझ हुने आरती हेर्नेको भीड लाग्छ । शंखको एकनास ध्वनि र आरतीले त्यहाँ पुग्ने जो–कोही रोमाञ्चित महसुस गर्छन् । गंगासागरमा बोटिङको पनि सुविधा छ । गंगासागरनजिकै रहेको स्वर्गद्वारी पनि हेर्न लायक स्थल हो ।

धनुषाको धनुषाधाम मन्दिरको आफ्नै धार्मिक आस्था छ । सीतासँग विवाहका लागि रामले धनुष भाँच्दा एउटा टुक्रा धनुषाधाममा खसेको मान्यता छ । धनुषाधाम मन्दिरको परिसरमा रहेको धनुष आकारको माटोको ढिस्को हेर्न आउनेको संख्या बर्सेनि बढ्दो छ । जनकपुरमा नयाँ निर्माण भएको रेल्वे ब्रोडगेज प्लेटफर्म र न्यारोग्रेड रेल्वेको पुरानो इन्जिन र डब्बा पनि अवलोकन गर्न सकिन्छ । जनकपुरमा सुविधासम्पन्न होटल, लज र धर्मशालाहरू छन्, जहाँ एक रातमा करिब १ हजारभन्दा बढी पर्यटक बसोबास गर्न सक्छन् । जनकपुरमा नेपाली, भारतीय, थकाली र अन्य परिकारको खाना पनि उपलब्ध छ । यहाँको माछाले मुखै रसाउँछ ।

प्रदेश २ मा घुमफिरका लागि धार्मिक स्थलदेखि ऐतिहासिक महत्त्वका थुप्रै स्थान छन् । जनकपुरको भ्रमणपछि नछुटाउने अर्को धार्मिक स्थल हो— महोत्तरीको जलेश्वरधाम । धार्मिक आस्थाको केन्द्र जलेश्वरधाममा दर्शन गर्ने पर्यटकको संख्या बढ्दो छ । महोत्तरीको बर्दिवासस्थित मुसहरको नमुना बस्तीमा घुम्न जानेको संख्या पनि बढ्दो छ । 

प्रदेश २ मा घुमफिर गर्ने रमणीय र मनमोहक स्थल जिल्लापिच्छे नै छ । सप्तरीको छिन्नमस्ता र कंकालनी मन्दिरबाट धार्मिक यात्रा थाल्ने पर्यटकका लागि भारतको जयपुर सहरको शैलीमा बसाइएको राजविराज प्लान सिटीले आकर्षण गर्नेछन् । मुखै रसाउने राजविराजको पान नछुटाउनुहोला । सिरहाको फूलबारी सलहेश मन्दिर पनि घुमफिर गर्ने स्थल छ । लहान सहरबाट छोटो दूरीमा रहेको यो मन्दिरमा नयाँ वर्षका दिन मात्र फुल्ने फूलका बोटहरू छन् । 

सर्लाहीको चन्द्रनगरस्थित नाडिमन ताल अर्को पर्यटकीय स्थल हो । ५२ बिघामा फैलिएको यो ताल प्रदेश २ को सबैभन्दा ठूलो ताल हो, जहाँ बोटिङको सुविधा पनि छ । तालपरिसरमा रहेको महावीर मन्दिर पनि आकर्षणको केन्द्र मानिन्छ । नाडिमल तालनजिकै खाना र खाजा खाने होटल रहे पनि बास बस्नका लागि सर्लाहीको लालबन्दी पुग्नुपर्छ । रौतहटको नुनथर इलाकाले पनि पर्यटकलाई आकर्षित गरिरहेको छ । चुरे पहाडमा रहेको नुनथर क्षेत्रमा घुम्न, पिकनिक खान र परिवारसहित टहलिन पुग्नेको ताँती नै लाग्छ । बाराको ऐतिहासिक स्थल सिम्रौनगढ र धार्मिक स्थल गढिमाई तथा चुरिया माईको मन्दिर पनि घुम्नलायक ठाउँमा पर्छ । 

सिम्रौनगढमा अहिले पनि युद्धकालको अवशेष छँदैछ । ठूला इँटा, पोखरी र जलेको चामल त्यहाँ संरक्षण गरेर राखिएको छ । यो हेर्न पनि त्यहाँ ठूलो संख्यामा मानिसहरू पुग्छन् । बारा पुग्नेले त्यहाँको झिर (खसीको सेकुवा), कटियाको मासु, पकौडा र मिठाई मीठो मानेर खान्छन् । बाराको कलैया, निजगढ, सिमरामा बास बस्ने राम्रा होटलहरू छन् । तराई–काठमाडौं जोड्ने फास्टट्रयाकको प्रस्थान बिन्दु हेर्न पनि निजगढ पुग्छन् । 

पर्सा वन्यजन्तु आरक्षमा हात्ती सफारीको सुविधा छ । ५० रुपैयाँ शुल्क तिरेर आरक्षभित्र हात्ती सफारी गर्न सकिन्छ । निकुञ्जभित्र रहेको रामभौरी मन्दिर पनि आकर्षणको केन्द्र मानिन्छ । वीरगन्जमा घडिअर्वा पोखरी, भिस्वा डाँडा, विन्ध्यवासिनी मन्दिर, आईसीपी र ड्राइपोर्ट पनि घुम्न मिल्ने स्थल छ । भिस्वा डाँडामा रहेको बौद्ध गुम्बाहरूले धेरै पर्यटकलाई लोभ्याउँछ । 

खानपिनमा पनि प्रदेश २ मा उत्तिकै विविधता पाइन्छ । धेरै परिकार रहने मिथिलाको खानाको भने जनकपुरमा व्यावसायिक कारोबार भएको पाइँदैन । दाल, भात, तरकारी, विभिन्न प्रकारको तरुवा, तिरौली, फुलौरी, माछा, दही, मखान मिथिलाको लोकप्रिय खाना हो । जनकपुर आउने पर्यटक र आगन्तुकले यहाँको माछा स्वाद मानी–मानी खान्छन् । 

मिथिला पेन्टिङ यो प्रदेशको अर्को आकर्षण हो । जनकपुरको कुवाराममा रहेको नारी विकास केन्द्रले मिथिला पेन्टिङको व्यावसायिक उत्पादन गर्छ । अमेरिकामा मात्रै वार्षिक १५ लाख रुपैयाँको मिथिला पेन्टिङ निर्यात हुन्छ । जनकपुरको जानकी मन्दिरमा कलाकार सुनैना ठाकुरले मिथिला पेन्टिङको ग्यालरी नै खोलेकी छन् । कलाकार अजित साहले जनकपुरमा मिथिला पेन्टिङको व्यावसायिक उत्पादन गर्छन् । जनकपुरको रेल्वे स्टेसन, रंगभूमि मैदान र रामजानकी विवाह मण्डपको पर्खालमा कँुदिएको मिथिला पेन्टिङ सबैलाई लोभ्याउँछ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik