• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
पर्यटन वर्षको उत्सव
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

किशोर नेपाल

पर्यटन वर्षको उत्सव
पुस १९, २०७६

 

‘म:म भन्नुस्, मोमो भन्नुस् वा म:मचा, सहरका बाल–वृद्ध, युवा–युवती र महिला–पुरुष– सबैको पहिलो प्राथमिकतामा पर्ने त म:म नै हो । ’

कान्तिपुर सहर फैलिएको छ । देशको संघीय राजधानीका जनता आरामपसन्द भएका छन् । सहरमा सुविधाहरू बढेका छन् । खल्तीमा पैसा छ भने पिज्जाहट पनि टाढा छैन, केएफसी पनि टाढा छैन । फुडमाण्डु, फुड मारियो, भोजडिल, भोक लाग्यो । कम, मिल नेपालजस्ता सेवाप्रदायक संस्थाहरूले रातबिरात जुनसुकै समयमा पनि र जुनसुकै रेष्टुराँबाट पनि खाना ल्याइदिन्छन् । खल्तीमा पैसा हुनेले भोको बस्नु पर्दैन । मीनपचासको जाडोमा अजबको आइसक्रिम खान मन लाग्यो । इच्छा गर्नुहोस्– १२ बजे पनि तयार छ । जेठको प्रचण्ड गर्मीमा तपाईंलाई इटलीको कफी पिउन मन लाग्यो– त्यो पनि तयार छ जुनसुकै समयमा । 

हिजोसम्म काँठ भनेर हेपिएका कान्तिपुर सहरका बत्तीसपुतली, नयाँ– पुरानो बानेश्वर, चाबहिल, बौद्ध, तीनकुने, महाराजगन्ज, ठिमी, भक्तपुर, ललितपुर र कीर्तिपुर– रमाइला उत्सवहरूका लागि सुबिधायुक्त रेस्टुराँको कमी छैन । बत्तीसपुतलीमा बाजेको सेकुवाले नयाँवर्षको उत्सव मनायो भव्य ढंगले । सिद्धार्थ फुडल्यान्ड– २०२० को स्वागतमा निकै जगमगायो । गौशाला चोकमा खुलेको शानदार होटल इम्पेरियलको आफ्नै तजबीज थियो नयाँवर्ष मनाउने । द्वारिका होटलमा नयाँवर्ष भव्य हुने नै भयो ।

देशमा अहिले ल्होत्सारको पनि उत्तिकै बिगबिगी छ । मंगलबारदेखि सुरु भएको छ तमु ल्होत्सार । नेपालका विभिन्न क्षेत्रमा बस्ने विभिन्न धर्म र सम्प्रदायका जनजातिहरू, जो यहाँ बसोबास गरिरहेका छन, अहिले यता, यही कान्तिपुर सहरतिर, मनाउँछन् नयाँवर्ष । यी उत्सवको आयोजना टुँडिखेलमा हुन्छ । यी उत्सवहरूका लागि भव्य फराकिलो पाटन चाहिन्छ । ठूलो मेला नै लाग्छ संघीय राजधानीमा । विभिन्न जनजातिका आकर्षक पहिरन र आभूषण देखेर कान्तिपुरका निवासी चकित पर्छन् । खानाको विविधता उत्तिकै रहर लाग्दो हुन्छ । मानिसको मुखमा पानी भरिने खालका खानाले सबैलाई लोभ्याउँछ नै । 

उत्सवहरूको बहार सुरु भएको छ कान्तिपुरमा । दरबार मार्ग र ठमेलको कुरा छाडौं । यी दुवै ठाउँ आधुनिक उत्सवहरूका लागि गतिला मानिन्छन् । दरबार मार्गमा रेस्टुराँको कमी छैन । चलेका र नचलेका दुवैथरि रेस्टुराँको भीड छ । दायाँबायाँ दुवैतिर पाँचतारे होटल छन् । बिरयानी र कबावजस्ता पारम्परिक लोकप्रिय खानाको चल्ती घटेको चाहिँ होइन, अहिले कान्तिपुर सहरमा चिनियाँ, कोरियन, भियतनामी, क्याम्बोडियन, मेक्सिकन खानाहरू लोकप्रिय भएका छन् । कान्तिपुर सहरमा अंग्रेजी बोलीमा बार्बेक्यू भनिने र नेपालीमा सेकुवा भनिने परिकारको लोकप्रियता हलक्क बढेको छ । जाडोको मौसममा म:म त म:म भई हाल्यो । म:म भन्नुस्, मोमो भन्नुस् वा म:मचा, सहरका बाल–वृद्ध, युवा–युवती र महिला–पुरुष– सबैको पहिलो प्राथमिकतामा पर्ने त म:म नै हो । मानिसहरू घाँटी रसाउनु अघि म:म खाएर आफ्नो ‘स्टामिना’ बढाउँछन् । त्यसपछि मात्रै ‘अझ अगाडि’ बढ्ने कुरा आउँछ । अगाडि काल्र्सबर्गमा बढ्ने कि टुबोर्गमा, नेपाल आइस रोज्ने कि गोर्खा स्ट्रङ्ग, यो तपाईंकै च्वाइस हो ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik