• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
पैदलयात्रुको लस्कर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रमेशचन्द्र अधिकारी

पैदलयात्रुको लस्कर
माघ ३, २०७६

चार दशकयता गाउँमा छिटपुटबाहेक नयाँ अनुहार पुग्दैनथ्यो । तर, वर्षौं पछि गावैं ठोक्किने गरी लामबद्ध मानिसको लस्कर देखेपछि सर्वसाधारण अचम्मित नै बने । 

गायिका तारादेवीको चर्चित ‘साँगुरी पारी नि हौ, त्यो धारापानी’ बोलको गीतको उद्गम स्थान धारापानी गाउँका स्थानीय शनिबार अनौठो मान्दै दृश्य नियाल्दै थिए । उक्त गाउँमा एकै दिन ३ सयभन्दा बढीले पैदलयात्रा (हाइकिङ) गरेका छन् । गावैं ढाक्ने गरी मानिसको ओइरो देखेका स्थानीयले जब वास्तविकता बुझे, तब फूलमाला र टीका लगाएर पाहुनाको स्वागतसमेत गरे । 

कोसी राजमार्गको धरान–धनकुटा सडक बन्नुअघि वि.सं. २०३६ सालअघि धरानदेखि धनकुटासम्म भरियालाई बोकाएर दैनिक उपभोग्य वस्तु लैजाने गरिन्थ्यो । उक्त बाटोलाई पुन: पैदलयात्राको गन्तव्य बनाइएको छ, जसमा पहिलो पटक पैदलयात्रा गरिएको थियो । गाउँमा धेरै मान्छे एकै पटक देख्दा सुरुमा त अनौठो लागेको स्थानीय मनश्वरी राईले बताइन् । ‘पहिले त राजा, मन्त्रीदेखि अरू ठूला मान्छे पनि पैदल हिँडेर हाम्रो गाउँ आएका थिए,’ उनले भनिन्, ‘फेरि हिँडेरै धेरै मान्छे गाउँमा आउँदा औधी खुसी लाग्या छ ।’ उनले पाहुनालाई आफ्नो घरअगाडि रातो टीका र फूलले स्वागतसमेत गरिन् । धारापानी गाउँकी धनजी राई पनि वर्षौं पछि चहलपहल देखेर दंग थिइन् । ‘पहिले दिनदिनै भरियाले खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो,’ उनले भनिन्, ‘यति धेरै पाहुना हिँडेर गाउँमा आउँदा टीका लगाएर स्वागत गरें ।’ 

नेपाल भ्रमण वर्ष–२०२० भित्रिएसँगै पहिलो पटक जिल्लामा यस प्रकारको कार्य गरिएको पैदल मार्गको आयोजक वरख गण सल्लेरीका प्रमुख सेनानी भगवान थापामगरले बताए । करिब १० किलोमिटरको हाइकिङ तीन घण्टामा सम्पन्न गरिएको छ । प्रमुख गन्तव्य भेडेटार नजिकको ऐतिहासिक साँगुरीगढी भन्ज्याङदेखि फेदीसम्म उक्त सामूहिक पैदलयात्रा गरेको थियो । पृथ्वीनारायण शाहले पूर्वी पहाड एकीकरण गर्ने क्रममा प्रयोग गरेको किल्ला साँगुरीगढीमा भेला भएर यात्रा टोलीले खोला, बगर, वनजंगल, भीरपाखा छिचोल्दै अन्तिम गन्तव्यका रूपमा रहेको फेदीसम्म यात्रा गरेको थियो । साँगुरीगढीकी तीर्थमाया राईले भ्रमण वर्षमा आफ्नो गाउँसमेतलाई पैदलयात्राको गन्तव्य बनाएकोमा उत्साह जागेको बताइन् । 

सोही स्थानलाई एकीकरण मार्ग नामकरण गरेर पैदलयात्रा थालिएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा उक्त मार्ग भएर पूर्वी पहाडमा प्रवेश गरेका कारण एकीकरण मार्ग नामकरण गरिएको जनाइएको छ । धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेतले पैदलयात्रा गर्ने गन्तव्यका रूपमा विकास गर्न तथा ऐतिहासिक स्थलको संरक्षणमा स्थानीय तहले साथ दिने बताइन् । भेडेटार–साँगुरीगढी–फेदीसम्म उपप्रमुख बस्नेत, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंग याखा, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरे, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, पत्रकार, सेवक समूह, नागरिक समाज, उद्यमी, राजनीतिक दल, लेडी जेसिसलगायत विभिन्न संघसंस्थामा आबद्ध व्यक्ति यात्रामा सहभागी थिए । ‘एकीकरण पदमार्गको संरक्षण, समृद्ध धनकुटाका लागि पर्यटन’ भन्ने नाराका साथ यात्रा थालनी गरिएको छ । साँगुरीगढी गाउँपालिकाले यात्रीलाई स्वागत तथा भोजन गराएको छ । नेपाल रेडक्रसले प्राथमिक उपचारको टोली व्यवस्थापन गरेको रेडक्रस मन्त्री हरि राईले बताए । साँगुरीगढी किल्ला र पृथ्वीनारायण शाहको एकीकरण मार्गबारे इतिहासविद् ठाकुर बरालले जानकारी गराएका थिए ।

हाइकिङमा चासो बढ्दै

विगतमा गाडी नचल्दा पैदलयात्रा गर्दाका पुराना बाटोमा यति बेला सर्वसाधारणको चासो बढ्दै गएको छ । खासगरी पछिल्लो पुस्तामा हाइकिङको नाममा पैदलयात्रा गर्नेको आकर्षण बढेसँगै धनकुटाका अधिकांश स्थानका पुराना मार्ग खोजी गर्न थालिएको हो ।

नेपाल भ्रमण वर्ष–२०२० भित्रिएसँगै यस्ता मार्गको खोजी गर्ने र समूहगत रूपमा हाइकिङ गर्नेको संख्या बढ्दै गएको लामो समयदेखि यस क्षेत्रमा सक्रिय मनोजनारायण श्रेष्ठ बताउँछन् । खासगरी छोटो दूरीमा पनि सवारी साधनमा यात्रा गर्ने र हिँड्न अल्छी गर्दा मोटोपन बढ्ने तथा कलिलै उमेरमा जटिल स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने भन्दै सावधानी अपनाएर पैदलयात्राको क्रम ह्वात्तै बढेको उनको तर्क छ । ‘विगतमा पैदल हिँड्ने समूह जुटाउनै मुस्किल थियो’, उनले भने । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik