फागुन ३० मा नगरकोटस्थित होटल कन्ट्रि भिल्लामा ‘आर्टिस्ट नेपाल फेसन रनवे एण्ड म्युजिकल नाईट’ शीर्षकको फेसन शोसहितको मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुँदैछ ।
फेसन शोमा १२ मोडलहरुले विभिन्न फेसन डिजाइनरका पहिरनहरु क्याटवाकमार्फत प्रस्तुत गर्नेछन् । कार्यक्रममा आधा दर्जन गायक गायिकाहरुले सांगीतिक प्रस्तुति समेत दिने छन् ।
फेसन शोमा क्रियटिभ ईन्स्टिच्यूट अफ फेशन टेक्नोलोजीका अफिसियल डिजाईनमा वे–आउट ब्युटी सलुनको मेकअपमा मोडेल तथा कलाकारहरुले प्रस्तुति दिन लागेका हुन् ।
‘मन्जुश्री चाईल्ड केयर सेन्टर’ को सहयोगार्थ आयोजना हुन लागेको उक्त फेसन शोमा मोडलहरु सदा थापा, सजु पौडेल, बिपना थापा, आयुष्मा गिरि, पुजा सिलवाल, सुस्मिता श्रेष्ठ, हिमानी गुरुङ, निमा शेर्पा, अनिता बम्जन , कबिता कोईराला , शेलिना भुजेल, मनिषा छेत्रीले क्याटवाक गर्दैनछन् । फेसन शोको शो स्टपर्समा चन्दा थापा तथा अरुणी वाईबा छन् ।
सांगीतिक प्रस्तुतिमा गायक तथा नायक कोसिस छेत्री, सन्तोष लामा, नेपाल आईडल बुद्ध लामा, बिनोद ढकाल, कमेडियन महादेव त्रिपाठी , डिजे रुकेन श्रेष्ठ, आरडी, प्रिती रति लगायत छन् ।
यो कार्यक्रमलाई आर्टिष्ट नेपाल स्टुडियोजले आयोजना गर्न लागेको हो ।