• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
चरम यौन आनन्दको माध्यम हस्तमैथुन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. सुमनराज ताम्राकार

चरम यौन आनन्दको माध्यम हस्तमैथुन
मंसिर १, २०७४

 

युवायुवतीहरूले आफ्नो जीवनमा पहिलो पटक चरम यौन आनन्द लिने माध्यम नै हस्तमैथुन हो भन्दा फरक पर्दैन । हस्तमैथुन यति नै पटक गर्न मिल्छ वा गर्नुपर्छ भन्ने निश्चित मापन छैन ।  

 

युवायुतीहरूले राख्ने यौन जिज्ञासालाई विश्लेषण गर्दा हस्तमैथुन र यससँग सम्बन्धित खुल्दुली एक नम्बरमा पर्न आउँछ । स्वप्नदोष, शिघ्र पतन, लिङ्गको आकार तथा यसको लम्बाइ, वीर्य स्खलन नहुने समस्या, लिङ्ग उत्तेजित नहुने समस्याजस्ता विषय युवाहरूका यौन समस्या वा जिज्ञासाका विषय हुन् भने युवतीहरूमा चाहिँ कौमार्य, योनि सुख्खा हुने समस्या, यौनेच्छा कमी हुने समस्या, योनी संकुचन हुने समस्या, स्तनको आकार, असुरक्षित यौनसम्पर्क, आकस्मिक गर्भ निरोध आदि हुन् ।

कुनै पनि व्यक्तिले आफ्नो जननेन्द्रिय चलाई यौन आनन्द लिने क्रियालाई हस्तमैथुन भनिन्छ । संस्कृत भाषामा हस्तको अर्थ हात र मैथुनको अर्थ यौनकार्य भन्ने बुझिन्छ । केटाहरूले चाँडै र सजिलै सिक्ने भएकाले नेपालमा किशोरहरूले बढी हस्तमैथुन गर्छन् । विश्वका करिब ९० प्रतिशत युवा तथा ६० प्रतिशत युवतीले हस्तमैथुन गर्ने गरेका छन् । युवतीहरूले खुलेर भन्न नचाहने अर्थात् लजाउने भएकाले हस्तमैथुन गर्नेहरूको संख्या वास्तविकताभन्दा कम देखिएको हो । 

 युवतीहरूको दाँजोमा युवाले बढी हस्तमैथुन गर्ने भएर होला, नेपाली समाजमा हस्तमैथुनलाई लिएर विशेष गरी युवाहरूमा अनेक थरीका शंका उपशंका तथा अन्धविश्वास व्याप्त छ । हस्त मैथुन गर्नाले मुखमा डन्डिफोर आउने, आँखा कमजोर हुने, उचाइ नबढ्ने, दुब्लाउने, लिङ्ग बाङ्गो हुने, शीघ्र पतन हुने, वीर्य निख्रिने, भविष्यमा नपुंसक हुने, विवाहपछि यौन सन्तुष्टि नमिल्ने जस्ता भ्रम छन् । 

युवावस्थामै शरीरमा अन्य परिवर्तनसँगै स्वभाविक रूपमा डन्डिफोर आउँछ भने शरीरका अन्य अङ्गजस्तै व्यक्तिपिच्छे लिङ्गको आकार तथा लम्बाइमा पनि भिन्नता हुन सक्छ । पुरुषमा वीर्य उत्पादन निरन्तर रूपमा भैरहन्छ । प्राकृतिक तवरले यौनसम्पर्क राख्ने बेलामा जस्तै हातको सहायताले स्खलित गर्ने कार्यले वीर्य निख्रिने, शीघ्र स्खलन हुने भन्ने हुँदैन । त्यसो हुँदो हो त विवाहित व्यक्तिहरूमा यी समस्या नदेखिनु पर्ने हो । नपुसंकताका पुरुषजन्य तथा महिलाजन्य आ–आफ्नै कारण छन् । राम्रोसँग जाँच–पड्ताल गराएको खण्डमा विगतमा असाध्य तवरले हस्त मैथुन गरिसकेको भए पनि खासै फरक पर्दैन । नपुसंकताका आफ्नै उपचार विधि छन् अर्थात् हस्त मैथुन गर्ने बानीसँग त्यसको खासै सम्बन्ध छैन । 

त्यसो त हस्तमैथुनका आफ्नै फाइदा पनि छन् । यौनजन्य हिँसाका घटना दिनानुदिन बढिरहेको परिप्रेक्ष्यमा आफ्नो यौनेच्छा शान्त पार्ने अर्थात् यौन आनन्द लिने अत्यन्त राम्रो विकल्प हस्तमैथुन नै हो । पटक पटकको हस्तमैथुनपछि हीनताबोध नगर्ने वा यससम्बन्धी अन्धविश्वास नपाल्ने हो भने यसले यौन अपराधलगायत अनावश्यक गर्भधारण, यौनरोग तथा एड्स संक्रमण घटाउन सघाउँछ । 

हातका अतिरिक्त अन्य तरिकाले आफ्नो यौनाङ्गलाई घर्षण गराई यौन आनन्द प्राप्त गर्नेहरू पनि छन् । यसका लागि तकिया, बेलुन, नरम खालका वस्तु वा खेलौना आदि पनि प्रयोग गरिँदै आएको छ । युवायुवतीहरूले आफ्नो जीवनमा पहिलो पटक चरम यौन आनन्द लिने माध्यम नै हस्तमैथुन हो भन्दा फरक पर्दैन । हस्तमैथुन यति नै पटक गर्न मिल्छ वा गर्नुपर्छ भन्ने निश्चित मापन छैन । यो व्यक्तिविशेषको यौनेच्छामा भर पर्छ । दिनमै दुई–तीन पटकदेखि हप्ता, पन्ध्र दिनमा एकपटक हस्तमैथुन गर्ने व्यक्तिहरू पनि छन् । त्यसैले यो व्यक्तिविशेषले आफ्नो यौनेच्छामाथि नियन्त्रण गर्न सक्ने क्षमतामा पनि भर पर्छ । विवाहपछि यो बानीमा कमी आए पनि धेरै दिनसम्म यौनसम्बन्ध राख्न नपाएको वा नमिल्ने अवस्थामा विवाहितहरूले पनि एकाध पटक हस्तमैथुन गर्ने गरेका छन् । 

हस्तमैथुन गरेर पछुताउनुभन्दा हस्तमैथुन गर्ने बानीलाई नियन्त्रण गर्नु उपयुक्त हुन्छ । बढीजसो एक्लै बसेको अवस्थामा, यौनजन्य पत्रपत्रिका पढेको तथा चलचित्र हेरेको, यौनजन्य कुरा सोचेको अवस्थामा हस्तमैथुन गर्न बल पुग्ने हुनाले एकान्त ठाउँमा बस्नु हुँदैन भने यौन उत्तेजना बढाउने यौनजन्य साहित्य तथा पत्रपत्रिका पढ्न कम गर्नुपर्छ । हस्तमैथुन गर्न मन लाग्नेबित्तिकै यो अवस्थालाई छल्न घुमघाममा निस्कनुपर्छ वा मानिसहरूको चहलपहल भएको ठाउँतिर जानुपर्छ । अध्ययन वा आफ्नो व्यवसाय बेगरको फुर्सदिलो समयलाई रचनात्मक काम एवं खेलकुदमा लगाउनुपर्छ, तर यौन तनाव जबर्जस्ती दबाउन खोजियो वा यौन तनावबाट मुक्त हुने कुनै उपाय अपनाइएन भने स्वप्न दोषका रूपमा पनि शरीरमा संचित वीर्य बाहिरिन्छ । 

हस्तमैथुन प्राय:जसोले गर्ने एउटा प्राकृतिक अभ्यास नै हो । कसैले घमन्ड गरेर मसँग यो बानी छैन भन्यो भने ऊ झूट बोलिरहेको छ वा उसले आफ्नो यौनेच्छा जबर्जस्ती दबाइरहेको छ भन्ने बुझ्नुपर्छ । हो, नेपाली समाज अझै पनि यौनप्रति त्यति उदार भैसकेको छैन । त्यसो भन्दैमा यौनजन्य गतिविधि हुँदै नहुने होइन । कतिपय अवस्था निकै गम्भीर परिणाम ल्याउने गरी यौन गतिविधि भैरहेकै छ तसर्थ यौनलाई लाजको विषय मानेर होइन कि अरूसँग यथोचित छलफल परामर्श गरेर आफ्नो मनलाई, बानीलाई वशमा राख्न सक्नुपर्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik