• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनोज रोक्का

नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल
जेष्ठ ३, २०७७

नेपालवाट हङकङका लागि विमान चार्टर हुने भएको छ । शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितीको बैठकले जापान र हङकङको भिषा भएकाहरुलाई जान अनुमति दिने निर्णय गरेसँगै विमान चार्टरको सम्भावना बढेको हो ।

एनआरएनए हङकङ अध्यक्ष टीका गुरुङ्ले विमान चार्टरको लागि पहल गरेपछि हङकङको ट्राभल एजेन्सीहरुको साझा संगठनले विमान चार्टरको लागि पहल गरेको हो । समितीका प्रवक्ता नारायणप्रसाद विडारीले जापान र हङकङमा स्थायी बसोबास भएकाहरुलई आफ्नै खर्चमा सम्बन्धित देशमा जान अनुमती दिएको बताए । 

आफ्नै ब्यवहारिक कारण र कोरोना संत्रासले गर्दा नेपाल गएकाहरु लकडाउनका कारण नेपालमै अड्किएका थिए । कोभिड–१९ को तिव्र संक्रमण बढेसँगै हङकङमा विद्यालय, ब्यवसायिक कम्पनीहरु केही समयसम्मका लागि बन्द गरिएका थिए । कम्पनी बन्द भएकै कारण हजारौं नेपालीहरुले रोजगारी समेत गुमाए । विद्यमान परिस्थितीलाई मध्यनजर गर्दै केहि समय नेपाल गएकाहरुलाई अहिले हङकङ फर्केने चटारो परेको छ । 

नेपालमा कोरोना संक्रमणको संख्या तिव्ररुपमा बढिरहेको छ । निरन्तर २ महिनादेखिको लकडाउनले दैनिकी कठिन बन्दै गईरहेको छ । तुलनात्मकरुपमा हङकङमा कोरोना संक्रमणको संख्या शुन्यप्राय भईसकेको छ भने बन्द भएका सम्पुर्ण क्षेत्रहरु क्रमश: खुल्ने क्रममा छन् । ३ महिनाबाट बन्द भएका विद्यालयहरु खुलेसँगै अभिभावकहरुमा हङकङ फर्कर्नै पर्ने आवश्यकता बढेर गएको हो । 

करिब दुई दशकदेखि हङकङलाई कर्मथलो बनाएका निर्मल गुरुङ हङकङमा कोरोना कहर बढेसँगै रोजगार विहिन बनेका थिए । समयको सदुपयोगसँगै आफ्न्तहरुसँग भेटघाटका लागि नेपाल गएका उनी लकडाउनका कारण तनावग्रस्त अवस्थामा बसिरहेका छन् । हङकङका ब्यवसायीक कम्पनी र विद्यालय खुल्ने भएपछि उनी अहिले के गर्ने दोधारमा परिरहेका छन् । उनी भन्छन् कम्पनीले काममा पनि बोलाईरहेको छ, नानीहरुको विद्यालय पनि शुरु हुन लागिसक्यो के गर्ने होला ? 

उनी जस्तै संम्झना राई पनि लकडाउनको कारण आफ्नै गाउँ पुर्वमा छिन् । एकमहिनाको लागि नेपाल गएकी उनी तीन महिना वितिसक्दा पनि फर्कन पाएकी छैनन् । घरभाडा तिर्न पाएको छैन, हङकङ एजेन्सीले ईमेल गरेको गऱ्यौ छ, कसरी हङकङ फर्कने हो ? 

यि त भए प्रतिनिधी आवाज मात्र । करिब हजार भन्दा बढि हङ्कङेली नेपालीहरु अहिले नेपालमै छन् । नेपालले अन्र्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएसँगै उनीहरु हङकङ फर्कन पाएका छैनन् ।   

बिमान चार्टरमा किन अन्यौल ? 

नेपाल र हङकङ दुवैतिरबाट विमान चार्टरको लागि पहल गरिदा यात्रुहरुमा अन्यौता सिर्जना भएको हो । नेपालबाट एनआरएनए अध्यक्ष टीका गुरुङले हार्बेस्ट मुन ट्राभल्स एजेन्सीसँग सहकार्य गर्दै बिमान चार्टरको सम्पुर्ण प्रक्रिया पुरा भएको बताईरहेकी छिन् । उनले मेई २२ मा दुई, २३, २४ र २५ मा एकएक फ्लाईट हिमालयन एअरलाईन्सबाट हुने पक्का भएको बताईन् । गुरुङ्ले फेसबुक मार्फत ६३ हजार रुपैंया प्रतिब्यक्ति रकममा उडान भरिने चार्टर फ्लाईटको लागि यात्रुहरुको विवरण समेत तयार भईसकेको र यात्रुहरुलाई रकम जम्मा गर्नका लागि जानकारी समेत दिईरहेकी छिन् । 

हङकङमा रहेका ट्राभल्स एजेन्सीहरुको साँझा संगठन हङकङ नेप्लिज ट्राभल्स कम्युनिटीले हङकङबाट नेपाल गएकाहरुको सम्पुर्ण रेकर्ड आफुहरुसँग भएको र बिमान चार्टरको प्रक्रिया लगभग पुरा भईसकेको बताउँदै आएको छ । 

हङकङ नेपाल उडान भर्नेे एकमात्र नेपाल एयरलाईन्सबाट चार्टरको सम्पुर्ण प्रक्रिया पुरा भएको र चाँडै उडान भर्ने मिति सार्वजनिक गर्ने कम्युनिटीले बताउँदै आएको छ । ट्राभल्स कम्युनिटीका एक सदस्य भन्छन्– हामीले सवैलाई सहज हुने प्रकृतिले काम गरिरहेका छौ । 

चार्टर टिकटको मुल्यमा विविधता 

हङकङका ट्राभल्सहरुले ६ हजार ५ सय ८० हङकङ डलर (९८ हजार ७०० रुपैया)मा धमाधम टिकट विक्री गरिरहेका छन् । उनीहरुले नेपालमा चार्टरको सवै तयारी पुरा भएको भन्दै मिति समेत सार्वजनिक गरेका छन् । एनआरएनए अध्यक्ष टिका गुरुङ्ले सहजीकरण गरिरहेको हिमालयन एयरलाईन्सले बिमान चार्टर एजेन्सी हार्बेस्ट मुन ट्राभल्सले हङकङ डलर ४,२०० (६३ हजार रुपैया) मा टिकट विक्री गरिरहेको छ । 

एनआरएनए अध्यक्ष गुरुङ् भन्छिन् मैले मात्र सहजिकरण गरेको हुँ । १६० जना यात्रुलाई चार्टर गरेको विमानले हामीले सार्वजनिक गरेको मितिमै हङकङ उडान भर्नेछ । नाफा, घाटा मलाई केहिपनि थाहा छैन, सम्बन्धित ट्राभल्स र एयरलाईन्सबीचको निर्णय पछि हामीले ६३ हजार प्रतिब्यक्ति शुल्क कायम गरेका हौ । अन्य कुनैपनि शुल्क नलिने, प्रतिब्यक्ति ६३ हजार नेपाली रुपैयामा नेपालबाट हङकङ उडान भर्नेछौ । निस्वार्थ सामाजिक सेवाको लागि एनआरएनएले सहजिकरण गरेको हो । 

हङकङमा बिमान चार्टरको प्रक्रियामा निरन्तर लागिरहेका हिमालयन ट्राभल्सका निर्देशक रत्न काफ्ले भन्छन् हामीलाई कसैसँग आग्रह पुर्वाग्रह राखेका छौनौं, हामी हाम्रा यात्रुहरुका लागि काम गरिरहेका छौ । चार्टर उडानमा यात्रुहरुले तिर्ने ६ हजार ५ सय ८० डलरमा उहाँहरुले लगेज र ब्यागेज गरी ४५ केजीसम्म बोक्न पाउँने सुविधा दिने तयारी गरेका छौ । यसलाई नाफा, घाटा भन्दा पनि सकारात्मक पहल भनेर ठानिदिनुहोला, उनी भन्छन् ।

हङकङमा बसोवास गर्ने नेपालीहरुले सर्वाधिक राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाईन्सकै प्रयोग गर्दै आएका छन् । अहिले नेपाल एयरलाईन्सवाट नेपाल आएका ब्यक्तिहरु चार्टर गरेर फर्किएमा उनीहरुको टिकट के हुन्छ भनेर नेपाल एयरलाईन्सका कन्ट्री म्यानेजर नवराज उपाध्यायलाई सोध्दा उनी भन्छन्– जसले हङकङ फर्किने टिकट लिएर नेपाल जानु भएको थियो, यदि उहाँहरु विमान चार्टर गरेर हङकङ आउनु भयो भने पनि नेपाल एयरलाईन्सले उहाँहरुको टिकट र्फिता गर्नेछ । यो बिषयमा हामी नेपाल सरकार र निगमको निर्णय पर्खिरहेका छौ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik