विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बिहिवारसम्म २ लाख ९८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । २ सय १२ देशमा फैलिएको यो महामारीबाट विश्वभर ४४ लाख ५२ हजारभन्दा बढी मानिस संक्रमित छन् । कुल संक्रमितमध्ये ६.७ प्रतिशत को मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ । वल्र्डओमिटरका अनुसार १६ लाखभन्दा बढी संक्रमित उपचारपश्चात् निको भएका छन् । जुन कुल संक्रमितको ३६.७ प्रतिशत हो ।
शक्तिमान देश नै बढी प्रभावित
२०१९, डिसेम्बरको अन्तिममा चीनको वुहान सहरबाट फैलिएको कोभिड–१९ का कारण अमेरिकामा हालसम्म ८५ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने १४ लाख ३० हजार भन्दा बढी मानिस संक्रमित छन् । संक्रमितमध्ये करिब ३ लाख १० हजार मानिस उपचारपश्चात् निको भएका छन् । ३३ करोडभन्दा बढी जनसंख्या रहेको अमेरिकामा करिब १ करोड मानिसमा कोरोना परीक्षण गरिएको वल्र्डओमिटरले जनाएको छ ।
अन्य देशको तुलनामा यहाँ उपचारपश्चात् निको हुनेको संख्या कम छ । स्पेनमा २ लाख ७२ हजारभन्दा बढी संक्रमित भएकोमा १ लाख ८६ हजारभन्दा बढी मानिस उपचारपश्चात् निको भएका छन् भने करिब २७ हजार मानिसको मृत्यु भएको छ । स्पेनपछि बेलायतमा कोरोनाको प्रकोप बढी देखिएको छ । जहाँ हालसम्म २ लाख २९ हजारभन्दा बढी मानिस संक्रमित छन् भने करिब ३३ हजार मानिसले ज्यान गुमाएका छन् । बेलायतमा हालसम्म उपचारपश्चात् निको हुनेको संख्या सार्वजनिक भएको छैन ।
त्यस्तै रसियामा २ लाख ७२ हजारभन्दा बढी मानिस संक्रमित छन् भने २ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । जहाँ हालसम्म ५३ हजारभन्दा बढी मानिस उपचारपश्चात् निको भएका छन् । इटालीमा २ लाख २२ हजारभन्दा बढी संक्रमित छन् भने करिब ३१ हजार मानिसले ज्यान गुमाएका छन् । जहाँ हालसम्म १ लाख १२ हजारभन्दा बढी मानिस निको भएका छन् । फ्रान्समा १ लाख ७८ हजारभन्दा बढी संक्रमित छन् भने २७ हजारले ज्यान गुमाएका छन् । ब्राजिलमा १ लाख ९० हजारभन्दा बढी संक्रमितमध्ये १३ हजारभन्दा बढीको मृत्यु भएको छ । यस्तै जर्मनीमा १ लाख ७४ हजारभन्दा बढी संक्रमित छन् भने ७ हजार ८ सयभन्दा बढीको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ ।
कहाँ कति संक्रमित, कतिको मृत्यु ?
जर्मनीपछि सबैभन्दा बढी संक्रमण टर्कीमा देखिएको छ । जहाँ १ लाख ४३ हजारभन्दा बढी संक्रमित छन् भने करिब ४ हजार मानिसले ज्यान गुमाएका छन् । यस्तै, इरानमा १ लाख १४ हजारभन्दा बढी संक्रमित छन् भने ६ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ ।
कोभिड–१९ को उद्गमस्थल चीनमा भने पछिल्लो समय संक्रमितको संख्या खासै बढेको छैन । जहाँ हालसम्म ८२ हजार ९ सय २९ जना मानिस संक्रमित भएका छन् भने ४ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । जहाँ अहिलेसम्म ७८ हजारभन्दा बढी निको भएका छन् । अहिले चीनमा १ सय १ जना संक्रमितको उपचार भइरहेको छ ।
पछिल्लो समय भारतमा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । जहाँ बुधबारसम्म ७८ हजार ८ सयभन्दा बढी संक्रमित छन् भने २ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । २६ हजार ६ सयभन्दा बढी मानिस उपचारपश्चात् निको भएका छन् । पेरुमा संक्रमितको संख्या ७६ हजारभन्दा बढी छ भने २ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । यस्तै, क्यानाडामा ७२ हजार, बेल्जियममा ५४ हजार, नेदरल्याण्डमा ४३ हजार र साउदीमा ४४ हजार संक्रमित भएको तथ्यांक छ । ती देशहरूमा क्रमश: ५ हजार, ८ हजार, ५ हजार र २ सय बढीको मृत्यु भएको जनाइएको छ । ४० हजार बढी संक्रमित भएको मेक्सिकोमा ४ हजार बढीले ज्यान गुमाएका छन् । पाकिस्तानमा ३५ हजारभन्दा संक्रमितमध्ये ७ सयभन्दा बढीको मृत्यु भएको छ ।
यस्तै, चिलीमा ३४ हजारभन्दा बढी संक्रमितमध्ये ३ सयभन्दा बढीको मृत्यु भएको छ भने इक्वेडरमा ३० हजारभन्दा बढी संक्रमितमा २ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । ३० हजारभन्दा बढी संक्रमित स्विट्जरल्याण्डमा १ हजार ८ सयभन्दा बढीको मृत्यु, पोर्चुगलमा करिब २८ हजार संक्रमितमध्ये १ हजारभन्दा बढीको मृत्यु र स्विडेनमा २७ हजारभन्दा बढी संक्रमितमध्ये ३ हजारभन्दा बढीको मृत्यु भएको जनाइएको छ ।
यस्तै, कतारमा २८ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने १४ जनाको मृत्यु भएको छ । २६ हजारभन्दा बढी संक्रमित बेलारुसमा १ सयभन्दा बढी, २६ हजारभन्दा बढी संक्रमित सिंगापुरमा २१ र २३ हजारभन्दा बढी संक्रमित आयरल्याण्डमा १ हजार ४ सयभन्दा बढीको मृत्यु भएको तथ्यांक छ । संयुक्त अरव इमिरेट्समा २१ हजारभन्दा बढी संक्रमितमध्ये २ सयभन्दा बढी, पोल्याण्डमा करिब १७ हजार संक्रमितमध्ये ८ सयभन्दा बढी र बंगलादेशमा १८ हजारभन्दा बढी संक्रमितमा २ सय ८३ को मृत्यु भएको छ ।
१६–१६ हजार भन्दा संक्रमित इजराइल र युक्रेनमा क्रमश: २ सय ६४ र ४ सय ५६ को ज्यान गएको छ । जापानमा १६ हजारभन्दा बढी संक्रमित छन् भने ६ सय ७८ को मृत्यु भइसकेको छ । यस्तै, अस्ट्रियामा करिब १६ हजार संक्रमित छन् भने ६ सय २६, रोमानियामा १६ हजारभन्दा बढी संक्रमितमध्ये १ हजार ४६ र इन्डोनेसिया १६ हजारभन्दा बढी संक्रमितमा १ हजार ४३ को मृत्यु भएको छ ।
१२ हजारभन्दा बढी संक्रमित कोलम्बियामा ५ सय ३, ११ हजारभन्दा बढी संक्रमित फिलिपिन्समा ७ सय ९० र १२ हजारभन्दा बढी संक्रमित दक्षिण अफ्रिकामा २ सय १९ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा १० हजारभन्दा बढी संक्रमित, २ सय ६० को मृत्यु, डोमिनिकन रिपब्लिकमा ११ हजारभन्दा बढी संक्रमित र ४ सय ९ को ज्यान गएको छ । डेनमार्कमा १० हजार ७ सयभन्दा बढी संक्रमितमध्ये ५ सय ३३, कुवेतमा ११ हजारभन्दा बढी संक्रमितमा ८२, सर्बियामा १० हजारभन्दा बढी संक्रमितमा २ सय २२, इजिप्टमा १० हजारभन्दा बढी संक्रमितमा ५ सय ५६ को मृत्यु र पानामामा ८ हजारभन्दा बढी संक्रमितमा २ सय ५६ को मृत्युको भएको जनाइएको छ ।
त्यस्तै, चेज रिपब्लिक, नर्वे, मलेसिया, अर्जेन्टिना र मोरक्कोमा पनि हजारौंको सङ्ख्यामा संक्रमित छन् भने सयौंको मृत्यु भएको छ । ६–६ हजार संक्रमित अल्जेरिया र फिनल्याण्डमा क्रमश: ५ सय २२ र २ सय ८४ को ज्यान गएको छ । बहराइन र काजकिस्तानमा ५–५ हजार बढी संक्रमित छन् । ५ हजारभन्दा बढी संक्रमित घानामा २४ जनाको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ ।
यस्तै अफगानिस्तानमा संक्रमित ५ हजार, मृत्यु १ सय ३६, नाइजेरियामा संक्रमित ४ हजार र १ सय ६४ जनाको मृत्यु भएको छ । लक्जेम्बर्गमा ३ हजारभन्दा बढी संक्रमितमध्ये १ सय ३, ओमनमा ४ हजारभन्दा बढी संक्रमितमा १७, अर्मेनियामा ३ हजारभन्दा बढी संक्रमितमा ४९, हंगेरीमा ३ हजारभन्दा बढी संक्रमितमा ४ सय ३६ र थाइल्याण्डमा ३ हजारभन्दा बढी संक्रमितमा ५६ जनाको मृत्यु भएको छ । करिब ३ हजार संक्रमित बोलिभिया र इराकमा करिब १–१ सय जनाको भन्दा बढीको ज्यान गएको छ ।
त्यस्तै ग्रिस, अजरबैजान, क्यामेरुन, उज्बेकिस्तान, गुएना, क्रोएसिया, बुल्गेरिया, सेनेगल, क्युवा, आइसल्याण्डमा पनि कोरानाका कारण हजारौं प्रभावित भएका छन् । इष्टोनिया, सुडान, न्युजिल्याण्ड र लिथुवानियाको स्थिति पनि उस्तै छ । करिब एक हजारौंकैं हाराहारीमा संक्रमित हुने र एक सयभन्दा कम मानिसको ज्यान जाने देशहरूमा स्लोभाकिया, ग्वाटेमाला, सोमालिया, कीर्गिस्तान, साइप्रस, अल्बानिया, पाराग्वे, हाइटी, बुरुण्डीलगायत छन् ।
नेपाललगायत ३७ देशमा छैन मृत्यु
३७ देशमा भने हालसम्म कोरोनाका कारण मृत्यु भएको छैन । जसमा नेपालसँगै भियतनाम, रुवान्डा, दक्षिण सुडान, माडागास्कार, गिब्राल्टर, सेन्ट्रल अफ्रिका रिपब्लिक, कम्बोडिया, मोजाम्बिक, युगाण्डा, फ्रेन्च पोलिनेसिया, मकाउ, इरिट्रिया र टिमोर लेस्ते पर्छन् । मंगोलिया, लाओस, फिजी, न्यु–क्यालेडोनिया, डोमिनिका, नामिबिया, ग्रेनाडा, सेन्ट लुसिया, ग्रिनल्याण्ड, सेन्ट भिनसेन्ट, सेन्ट किट्स एण्ड नेभिस रभ्याटिकन सिटीमा कोरोनाका कारण कसैको मृत्यु भएको छैन । पपुवा न्युगिनिय, भुटान, सेसेल्स, सेन्ट बार्थ, वेष्ट्रन सहारा, क्यारिबियन नेदरल्याण्ड, एन्गुइल्ला, फेरो इजल्याण्डलगायत देशमा कोरोना संक्रमण देखिए पनि मृत्यु नभएको वल्र्डओमिटरले जनाएको छ । यद्यपि, ती देशहरूमा दिनानुदिन संक्रमितको संख्या बढ्दो छ । नेपालमा हालसम्म २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जना उपचारपश्चात् निको भएका छन् ।