असोज महिनामा प्रारम्भ भएको भोजपुर आइडलको तेस्रो चरणमा २० जना प्रतिस्पर्धी पुगेका छन्। शनिबार भोजपुर सामुदायिक भवनमा सम्पन्न दोस्रो चरणको प्रतिस्पर्धामा ३० जनाले भाग लिएका थिए। स्थानीय नवोदित कलाकारहरूलाई संगीतको मूल धारमा पुर्याउने लक्ष्यका साथ कटुन्जे युवा क्लब, धोद्लेखानी, भोजपुरले आइडलको आयोजना गरेको हो। नबिर्सौं आफ्नो जन्मभूमि नतोडौ हाम्रो भ्रातृत्व भन्ने नाराका साथ गत वर्षदेखि नै भोजपुर आइडल प्रारम्भ भएको हो। आइडलमा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीले नगदसहित एल्बममा गाउने अवसर पाउने अध्यक्ष आयोजक समितिका अध्यक्ष बाजेन्द्र किराँतीले बताए। आइडल यो दास्रो संस्करणको फाइनल चैतमा हुने बताइएको छ।